प्रकाशमान सक्व साँखु शालिनदी स्वस्थानी साँगे पूर्णिमाका दिन सम्पूर्ण एक सय आठ पु¥याएर श्रीश्रीश्री माधव नारायण भगवानको मूर्तिको विधी न्यास पूजा गर्न अश्वमेघ यज्ञ गर्नु पर्ने प्रावधान रही आएको पाईन्छ । घोडालाई नियमानुसार पूजा गरी हज्जारौँ सशस्त्र सेना पछाडि पठाई छोडिने उक्त घोडा जहाँ जहाँ पुग्दछन् ती सबै जग्गा जमीन र राज्यका राजा, महाराजालाई परास्त गरी आफ्नै राज्यमा फर्केका सैनिकहरु र घोडालाई धुमधामले स्वागत गरी अन्तमा आफू छत्रपती महाराजधिराज भएको घोषणा गरी घोडालाई बली दिई घोडाको टाउको नै यज्ञमा होम गरी कार्य सम्पन्न गर्नुपर्नेलाई अश्वमेघ यज्ञ …
प्रकाशमान सक्व जुनसुकै विहारमा पनि भिक्षु भन्ते बर्षाबास बसेको खण्डमा बर्षाबास पछि कठिन दान गर्नुपर्ने नियम बुद्धको पालादेखि चल्दै आईरहेको कुरा बुद्धजीवनी कथामा लेखिएको छ । कठिन जीवनयापन गरि श्रावण पूर्णिमादेखि असोज पूर्णिमासम्म तीन महिना बर्षाबास पछि कार्तिक पूर्णिमाभित्र कठिन चीवर दान दिने गरिन्छ । यो बौद्धमार्गीहरुको नियम भित्र पर्दछ । साँखु नगरभित्र २०७९ सालमा श्री मणिचुड जन्मभूमी महाविहारको नामबाट पौराणिक शंखरापुर नगरभित्र वडा नं. ६ ईपाटोलमा स्थापना गरेको छ । त्यस महाविहारमा स्थानीय दयालक्ष्मी बुद्धाचार्यले श्री मुनिबिहार भक्तपुरबाट दिक…
साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म ३ (तीन) दिन हुने भएको छ । १२ भाद्र २०७९, मंगलवार लावण्य/साँखु । साँखुमा प्रत्येक वर्ष कागेअष्टमीका दिन निकालिने देवी नाच यो वर्ष भाद्र १९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । यस वर्ष नयाँ देवी सिकाइएको हुँदा देवी नाच निकालिनु अगाडि धुँलाटोलको नाट्यश्वर मन्दिरमा पञ्चवली पूजा गरि धुँला डबलीमा सर्वप्रथम नाच देखाउने परम्परा रही आएको छ । प्रत्येक वर्ष कागेअष्टमीको दिन रातभरि नचाइने देवी नाच यस वर्ष भने ३ दिन नचाइने भएको छ । प्रत्येक दिन धुँला डबलीमा नाच देखाएर …
– श्रीकृष्ण श्रेष्ठ, साँखु/कुमार लामा कागेश्वरी प्रत्येक वर्ष कागेअष्टमीको दिन कागेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । यसपाली पनि सो मेला भदौ १९ गते परेको छ । यस वर्ष मेला व्यवस्थापन भव्यरुपमा गर्ने निर्णय सो क्षेत्रका सरोकारवालाहरुको बैठकले गरेको छ । मेलामा विशेषतः गोसाइँकुण्ड, पाँचपोखरीको तीर्थ यात्रा गरेका तीर्थ यात्रीहरुले सो स्थानको जल कागेश्वर महादेवलाई चढाएपछि मात्र फल मिल्ने भन्ने जनविश्वास रहेको कारण पनि उक्त दिन कागेश्वर स्थानमा जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । मेलामा विशेषतः तामाङ समुदायका झाँक्री विद्या सिकेका व्यक्तिहरुको पूज…
प्रकाशमान सक्व ऊँ नमः चतुषष्ठी शिवलिङ्गेम्यः ।। १. आदिलिङ्ग श्री कुशेश्वर महादेव – श्री ब्रम्हाणी योगिनी स्थान पूर्व २ नं. दुम्जा, उचाई डेढ हात २ हात गोलाई । २. श्री भीमेश्वर महादेव – श्री चण्डिका योगिनी, स्थान दोलखा चरिकोट, १२ अंगुल उचाई डेढ हात गोलाई । ३. श्री काफेश्वर महादेव – श्री रौद्री योगिनी स्थान बाह«बिसे पूर्व १ नं. १ हात उचाई डेढ हात गोलाई । ४. श्री काश्येपेश्वर महादेव – श्री गौरी योगिनी, स्थान पूर्व १ नं. मन्दन ह्याँग्वापाटी, १४ अंगुल उचाई १ हात ३ अंगुल गोलाई । ५. श्री स्फटिकेश्वर महादेव – श्री इन्द्राणी योगिनी, स्थान पूर्व १ नं. फट…
- प्रकाशमान सक्व संस्कृति देशको गहना हो । कुनै पनि समुदायको आफ्नै मौलिक परम्पराहरु जस्तै जात्रा, मेला, पर्व आदि उनीहरुका सम्पदा र संस्कृति हुन् । त्यस परम्परा र संस्कृतिले उक्त जाति, समुदायहरुको सभ्यताको पहिचान गर्दछन् । हाल नेपाल मण्डल भित्र विभिन्न जात्रा, पर्व उत्सव चलिरहेका छन् । बसन्त महोत्सव श्री पञ्चमीदेखि सुरु हुने जात्रा पर्वहरु पनौतिको भद्रकाली र भैरवको जात्रा सम्पन्न भईसकेपछि मात्र अन्त्य हुन्छ । पिशाच चतुर्दशीदेखि काठमाडौँ उपत्यकाबाट सप्तमातृका देवीहरुको जात्रा सुरु भएपछि भक्तपुर, ठिमी, बोडे, साँखु, बज्रवाराही आदि स्थानमा देवी देवत…
– अमृतानन्द बज्राचार्य – नेपाल मण्डलको उत्पत्ति हुनुभन्दा अगाडि यस स्थान एक कालीनाग दहको रुपमा रहेको हामी विभिन्न पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाउँछौँ । यस दहलाई बोधिसत्व श्री महामञ्जुश्रीद्वारा आफ्नो खड्गहासको माध्यमबाट छेदन गरी यस क्षेत्रलाई मानव बसोबास योग्य बनाए र आफुसँगै ल्याएका शिष्य धर्मादित्यलाई राज्याभिषेक गरी आफु फेरी महाचीनतर्फ प्रस्थान भए भनेर विभिन्न ग्रन्थहरुमा उल्लेख गरिएको हामी पाउँछौँ । नेपाल मण्डलको प्राचिन नगर साँखुलाई स्थानीय नेपाल भाषामा “सक्व दे” भनिन्छ । जसको अर्थ “सँ देया क्वे” यानी ल्हासा मुनिको देश भनेर बुझिन्छ जुन…
सामाजिक संजाल