चौँसठ्ठी लिङ्गेश्वर र चौँसठ्ठी योगिनी




प्रकाशमान सक्व

ऊँ नमः चतुषष्ठी शिवलिङ्गेम्यः ।।

१. आदिलिङ्ग श्री कुशेश्वर महादेव – श्री ब्रम्हाणी योगिनी स्थान पूर्व २ नं. दुम्जा, उचाई डेढ हात २ हात गोलाई ।

२. श्री भीमेश्वर महादेव – श्री चण्डिका योगिनी, स्थान दोलखा चरिकोट, १२ अंगुल उचाई डेढ हात गोलाई ।

३. श्री काफेश्वर महादेव – श्री रौद्री योगिनी स्थान बाह«बिसे पूर्व १ नं. १ हात उचाई डेढ हात गोलाई ।

४. श्री काश्येपेश्वर महादेव – श्री गौरी योगिनी, स्थान पूर्व १ नं. मन्दन ह्याँग्वापाटी, १४ अंगुल उचाई १ हात ३ अंगुल गोलाई ।

५. श्री स्फटिकेश्वर महादेव – श्री इन्द्राणी योगिनी, स्थान पूर्व १ नं. फटकशिला ३० हात लम्बाई चारपाते ८ हात उचाई ।

६. श्री चण्डेश्वर महादेव – श्री कौमारी योगिनी, स्थान पूर्व १ नं. भोटँ बनेपा, १ हात चार अंगुल उचाई २ हात गोलाई ।

७. श्री धनेश्वर महादेव – श्री भैरवी योगिनी, स्थान पूर्व १ नंं. भोटँ बनेपा , १ बित्ता उचाई ३ हात गोलाई ।

८. श्री विकटेश्वर महादेव – श्री दुर्गा योगिनी, स्थान साँगा, १ हात उचाई २.६ हात गोलाई ।

९. श्री इन्दे्रश्वर महादेव – श्री नारसिंही योगिनी, स्थान पनौती, १६ अंगुली उचाई १.८ हात गोलाई ।

१०. श्री भालेश्वर महादेव – श्री कालिका योगिनी, स्थान विहावर गाउँको चिण्डाग्राम, १ हाते चारपाते, ४ अंगुल उचाई ।

११. श्री गुप्तेश्वर महादेव – श्री चामुण्डा योगिनी, स्थान भाद्यौ पर्वत नौ खण्डे डाँडा, १ हात उचाई, १८ अंगुल गोलाई ।

१२. श्री तिलेश्वर महादेव – श्री शिवदूती योगिनी, स्थान लेले गाउँ, १६ अंगुल उचाई १ हात गोलाई ।

१३. श्री चम्पाकेश्वर महादेव – श्री वाराही योगिनी, स्थान लेले गाउँ १६ अंगुल उचाई २० अंगुल गोलाई ।

१४. श्री रामेश्वर महादेव – श्री कौशिकी योगिनी, स्थान टीका भैरव, ८ हाते उचाई, ६ हाते गोलाई ।

१५. श्री कालेश्वर महादेव – श्री माहेश्वरी योगिनी, स्थान लेले ठुंगन मिकुचो १० अंगुल उचाई २० अंगुल गोलाई ।

१६. श्री नटारंभेश्वर महादेव – श्री शांकरी योगिनी, स्थान महादेव खर्क मकवानपुर, २२ अंगुल उचाई, २० अंगुल गोलाई ।

१७. श्री उद्र्धालकेश्वर महादेव – श्री जयन्ती योगिनी, स्थान फर्पिङ्ग हाँसीडोल, ८ अंगुल उचाई १६ अंगुल गोलाई ।

१८. श्री गोपालेश्वर महादेव – श्री सर्वमंगला योगिनी, स्थान फर्पिङ्ग, १ हाते उचाई ३ हाते बदामी रंग गोलाई ।

१९. श्री चम्पेश्वर महादेव – श्री करालिनी योगिनी, स्थान चिसापानी ईलाका चिलिमे बिसिंखेल ।

२०. श्री उन्मत्तेश्वर महादेव – श्री मुक्तकेशी योगिनी, स्थान टिस्टुङ्ग खत्री गाउँ ।

२१. श्री नन्दिकेश्वर महादेव – श्री शिवा योगिनी, स्थान टिस्टुङ्ग ।

२२. श्री गोखुरेश्वर महादेव – श्री शाकंभरी योगिनी, स्थान टिस्टुङ्ग कुन्छा गाउँ ।

२३. श्री पाण्डुकेश्वर महादेव – श्री भीमा योगिनी, स्थान पालुङ्ग ।

२४. श्री कुटेश्वर महादेव – श्री शान्ता योगिनी, स्थान चिसापानी ईलाका आगरा महादेव खर्क ।

२५. श्री असितेश्वर महादेव – श्री भ्रामरी योगिनी, स्थान चिसापानी ईलाका महेश नदी भीरपानी महादेव व्यासी, १८ अंगुल उचाई १ हात गोलाई ।

२६. श्री भैरवेश्वर महादेव – श्री रुद्राणी योगिनी, स्थान पश्चिम १ नंं कविलास व्यासी देवीघाट, १ हात उचाई डेढ हात गोलाई ।

२७. श्री ब्रम्हेश्वर महादेव – श्री चण्डरुपिणी योगिनी, स्थान पश्चिम १ नंं कविलास व्यासी ब्रम्हपुर, डेढ हात चारपाते साढे २ हात उचाई ।

२८. श्री स्कन्देश्वर महादेव – श्री क्षमा योगिनीस्थान पश्चिम १ नं. कात्तिके, ९ हाते उचाई ३० हाते गोलाई ।

२९. श्री शतरुद्रेश्वर महादेव – श्री घात्री योगिनी, स्थान बागद्वार शिवपुरी यहाँ शतलिंगेश्वरहरु रहेका छन् ।

३०. श्री काकेश्वर महादेव – श्री स्वधा योगिनी, स्थान कागेश्वरी आलापोट १२ अंगुल उचाई ३ हाते गोलाई ।

३१. श्री मणिचुडेश्वर महादेव – श्री स्वाहा योगिनी, स्थान मणिचुड साँखु, दहभित्र विराजमान ।

३२. श्री योगेश्वर महादेव – श्री अर्पणा योगिनी, स्थान साँखु बज्रयोगिनी, चैत्य भित्र विराजमान ।

३३. श्री नारायणेश्वर महादेव – श्री महोदरी योगिनी, स्थान लप्से बोजेनी घट्टे फेदी मणिमति नदीभित्र विराजमान ।

३४. श्री ज्योतिर्लिङ्गेश्वर महादेव – श्री घोररुपा योगिनी, स्थान साँखु उत्तरपूर्वी ढोका बाहिर १८ अंगुल उचाई १ हात गोलाई ।

३५. श्री रत्नचुडेश्वर महादेव – श्री महाकाली योगिनी, स्थान नगरकोट डोलागिरी, पोखरीभित्र विराजमान ।

३६. श्री बागेश्वर महादेव – श्री विद्यूजिव्हा योगिनी स्थान भक्तपुर नगरकोट जाने बाटो बागिश्वरी, २२ अंगुल उचाई ८ अंगुल गोलाई ।

३७. श्री किलेश्वर महादेव – श्री कपालिनी योगिनी, स्थान चाँगुनारायण परिसरभित्र १ हात उचाई २ हात गोलाई ।

३८. श्री बाल्मिकेश्वर महादेव – श्री क्षभंकरी योगिनी, स्थान भक्तपुर हनुमान घाट, १२ अंगुल उचाई १८ अंगुल गोलाई ।

३९. श्री मंगलेश्वर महादेव – श्री महामाया योगिनी, स्थान भक्तपुर नासमना उलाछेँ टोल ।

४०. श्री बिमलेश्वर (डोलेश्वर) महादेव – श्री मेघमाला योगिनी, स्थान भक्तपुर सिपाडोल, २ हात उचाई ५ हात गोलाई ।

४१. श्री अन्त लिङ्गेश्वर महादेव – श्री बलाकिनी योगिनी, स्थान गुण्डु गाउँ, १८ अंगुल चारपाते लम्बाई १४ अंगुल गोलाई ।

४२. श्री विश्वरुपेश्वर महादेव – श्री शुष्कोदरी योगिनी, स्थान कटुञ्जे, ३ हात उचाई, १२ हाते गोलाई ।

४३. श्री सोमलिङ्गेश्वर महादेव – श्री चन्द्रघण्टा योगिनी, स्थान सोमलिङ्गटार मुलुकोट, १६ अंगुल उचाई डेढ हात गोलाई ।

४४. श्री गोभ्रातेश्वर महादेव – श्री महापे्रता योगिनी, स्थान लुभु, ३० अंगुल उचाई, ५ अंगुल उचाई २० अंगुल लम्बाई चारपाते डिजाईन ।

४५. श्री भृङ्गेश्वर महादेव – श्री प्रियंकरी योगिनी, स्थान सुनाकोठी, डेढ हात उचाई साढे २ हात गोलाई ।

४६. श्री त्रिलिङ्गेश्वर महादेव – श्री खरतुण्डी योगिनी, स्थान पाटन बहालुखा टोल ।

४७. श्री कुपितेश्वर (कापेश्वर) महादेव – श्री ऋक्षकर्णी योगिनी, स्थान पाटन मंगलबजार भीमसेन मन्दिर निरको ढुंगे मन्दिर, २ हात चारकुने १ हाते उचाई ।

४८. श्री सर्वेश्वर महादेव – श्री बलप्रमथनी योगिनी, स्थान पाटन कुन्ती महादेव २० अंगुल गोलाई ।

४९. श्री गोलोकेश्वर महादेव – श्री मनोन्मथनी योगिनी, स्थान नैकाप भन्ज्याङ्ग बल्खु बिसंदेवी १ हात उचाई १ हात ८ अंगुल गोलाई ।

५०. श्री चन्दनभरातेश्वर (चन्द्र भागेश्वर) महादेव – श्री सर्वभूतदमनी योगिनी, स्थान थक्वा थानकोट महाद्य गां मातातीर्थ पूर्व १८ अंगुल उचाई ४ हात गोलाई ।

५१. श्री यक्षश्वर महादेव – श्री उमा योगिनी, स्थान हल्चोक आदिश्वर इचंगु गजुर आकार डेढ हात उचाई ।

५२. श्री चण्डिकेश्वर महादेव – श्री तारा योगिनी, स्थान टोखा, १६ अंगुल उचाई, १८ अंगुल गोलाई ।

५३. श्री धर्मेेश्वर महादेव – श्री महानिद्रा योगिनी, स्थान टोखा ईलाका लिविकोट सल्लाघारी, १६ अंगुल उचाई ३० अंगुल गोलाई ।

५४. श्री गोकर्णेश्वर महादेव – श्री विजया योगिनी, स्थान गोकर्ण महादेव, १२ अंगुल उचाई २ हात गोलाई ।

५५. श्री कोटेश्वर महादेव – श्री शैलपुत्री योगिनी, स्थान कोटेश्वर कुटीबहाल, ३ हात उचाई २ हात गोलाई ।

५६. श्री वाणेश्वर महादेव – श्री महोलका योगिनी, स्थान बानेश्वर काठमाडौँ ।

५७. श्री ज्ञानेश्वर महादेव – श्री त्रिशूलिनी योगिनी, स्थान ज्ञानेश्वर काठमाडौँ ।

५८. श्री पर्वतेश्वर महादेव – श्री अञ्जनप्रभा योगिनी, स्थान पशुपति काठमाडौँ ।

५९. श्री जलेश्वर महादेव – श्री कुष्माण्डा योगिनी, स्थान गुहेश्वरी घाट काठमाडौँ ।

६०. श्री गुह्येश्वर महादेव – श्री विश्वसन्त्रासा योगिनी, गुहेश्वरी मन्दिर परिसरभित्र ८ अंगुल उचाई २ हात बदामी आकारमा गोलाई ।

६१. श्री किरातेश्वर महादेव – श्री कात्यायनी योगिनी, स्थान श्लेषमान्तक मृगस्थली, डेढ हात उचाई २ हात गोलाई ।

६२. श्री भष्मेश्वर महादेव – श्री कालरात्री योगिनी, स्थान ग्वल (देवपाटन) पशुपति, १२ अंगुल उचाई १ हात गोलाई ।

६३. श्री भुवनेश्वर महादेव – श्री महागौरी योगिनी, स्थान ग्वल (देवपाटन) पशुपति १८ अंगुल उचाई १ हात गोलाई ।

६४. श्री रुद्रगारेश्वर महादेव – श्री वत्सला योगिनी, स्थान ग्वल (देवपाटन) पशुपति उत्तर कैलाश, १८ अंगुल उचाई १ हात गोलाई ।

श्रावणी पर्वको पावन अवसरमा चौसठ्ठी लिङ्गेश्वर र योगिनी सबैको दर्शन पूजन सबैले गर्न नसकेतापनि नाम मात्र लिए पनि कल्याण हुनेछ भनि शिवलिङ्ग तीर्थयात्रा महात्म्यमा वर्णन गरिएको छ । नेपाल महात्म्य स्कन्द पुराणको हिमवतखण्ड अनुसार चौसठ्ठीवटै लिङ्गेश्वर शिव महादेवको र चौसठ्ठीवटै योगिनी शक्ति महादेवीहरुको दर्शन गर्ने एक मात्र भक्त विरुपाक्ष थिए भने एक मात्र गुरु नेमुनी थिए । नेमुनी ऋषीको सल्लाह अनुसार कर्म विपाक कुष्ठरोगी विरुपाक्षलाई मातृगमनको पाप नाश गर्न नेपाल मण्डलका यी चौसठ्ठी लिङ्गेश्वर महादेव र शक्तिदेवी योगिनीहरुको दर्शन पूजनबाट दिव्य देह दिव्य ज्ञान प्राप्त भएको यो लिङ्गेश्वर महात्म्य नाम कथा पशुपति मृगस्थली स्थित श्री विश्वनाथको पुस्तकको आधारमा तयार गरिएको हो ।

विरुपाक्षको कलि अवतार भनिएको मूर्ति मृगस्थलीमा छ भने उसको गुरु नेमुनीको मूर्ति साँखु बज्रयोगिनी स्थानमा रहेको छ । जय शिवशक्ति पावन भक्ति ।।

(श्रावण महिनामा महादेवको विशेष दर्शन गरिने भएकोले पाठकहरुको जानकारीको लागि यो लेख पुनः प्रकाशित गरिएको हो । –सम्पादक)

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments