शंखरापुरमा सक्रिय सक्रमित घट्दै, निको हुनेको संख्या ८१ पुग्यो





लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या २ सय ५२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले १ सय ५९ मा सीमित भएकोछ ।

शंखरापुर नगरपालिकाको रेकर्ड अनुसार केही दिनयता संक्रमितको निको हुने दर बढ्दै गएको देखिन्छ । नगरपालिकाको जेष्ठ ९ गतेको डाटा अनुसार कोभिड १९ बाट ३ जना संक्रमित थपिए भने ६ जना संक्रमित निको भएका छन् । हालसम्म १२ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ५ जना महिला र ७ जना पुरुष रहेका छन् ।

त्यो रेकर्डमा नगरपालिका भित्र बसोबास नगर्ने मृतकहरुको संख्या भने उल्लेख छैन ।

दोस्रो लहर सुरु भएयता जम्मा २ सय ५२ जना संक्रमित भएका छन् । त्यसमा १११ महिला र १४१ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेको छ जसमा महिला ६७ र पुरुष ९२ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ८१ पुगेको छ । जसमा ३९ जना महिला र ४२ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १६ मात्रै रहेको छ जसमा १४ जना पुरुष र २ जना महिला रहेको छ ।

अहिलेसम्म होम आईसोलेसनमा रहेकाहरु १४३ जना छन् जसमा पुरुष ७८ र महिला ६५ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

Post a Comment

0 Comments