एलपी श्रेष्ठ नेकपा एसको काठमाडौँ जिल्ला अध्यक्ष




लावण्य/साँखु । शंखरापुर नगरपालिकाको मेयरमा निकटतम प्रतिस्पर्धी हुनुभएका नेकपा एसका नेता एलपी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीको काठमाडौँ जिल्ला अध्यक्ष चयन हुनुभएको छ ।

नेकपा एस काठमाडौँ जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । साथै सचिवमा धु्रबराज न्यौपानेको चयन गरेको छ । यो परिवर्तनसँगै नेकपा एसमा शंखरापुर नगरपालिकाको वर्चस्व स्थापित हुने अनुमान गरिएको छ ।

Post a Comment

0 Comments