गागलफेदीमा पहिरोले पुरिएर एक युवकको मृत्यु

लावण्य /साँखु । श्रावण ४ २०७७ । कागेश्वरी मनहरा नगरपालिका वडा नं १ स्थित गागलफेदिकाे घट्टे डाँडामा  पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गाेबिन्द पन्थीले दिएकाे जानकारी अनुसार उक्त डाँडामा एक्कासी पहिराे जादाँ लमजुङ स्थायी बसाेवास भएका हाल कागेश्वरी मनाेहरा नगरपालिका वडा नं. १ बस्दै अाएका चाइनिज भनिने २१ बर्षिय नवराज गुरूङकाे घटना स्थलमै मृत्यु भएकाे हाे ।
८।९ जना केटाहरू माथि डाँडामा बसि रहेकाे बेलामा पिसाब फेर्न खाेल्साेमा गएकाे बेलामा एक्कासी पहिराे अाएर उक्त युवकलार्इ पुरिएकाे स्थानीय युवाहरूले बताए । पहिराे गएकाे थाहाँ पाउना उक्त युवकलार्इ सँगै रहेका साथीहरूले निकाल्ने प्रयास गरे पनि पुन पहिराे अाएकाेले उनिहरू समेत भागेर प्रहरीलार्इ खबर गरेकाे उनीहरूले बताए ।
स्थानीयले खबर गरेकाे केहि बेरमै घटना स्थलमा पुगि स्थानीयकाे सहयाेगमा ति युवककाे सव निकालिएकाे र पाेष्टमार्टमकाे लागि पठाएकाे प्रहरी निरिक्षक पन्थीले बताउनु भयाे ।   साभार : शंखरापुरन्यूज डटकमबाट

Post a Comment

0 Comments