
लावण्य/साँखु । शंखरापुर नगरपालिकामा १० जना काेराेना संक्रमितहरूले काेराेनालाई जितेका छन । अाइसुलेसनमा बसेका १० जना संक्रमितकाे शुक्रबार पुन गरिएकाे पि.सि.अार परिक्षणकाे रिपाेर्ट नेगेटिभ अाएकाे हाे । उनीहरूसहित १ सय १३ जनाकै पि.सि.अार परिक्षण रिर्पाेट नेगेटिभ अाएकाे शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले जानकारी दिनु भएकाे हाे ।
उहाँका अनुसार अघिल्लाे परिक्षणमा पाेजिटिभ देखिएर अाइसुलेसनमा बसेका १० जना निकाे भए संगै अब शंखरापुरमा ३ जना मात्र काेराेना संक्रमित बाँकी रहेकाे छ । २० जना संक्रमित पुगेकाेमा अब १६ जना निकाे भैसकेेकाे र एकजना बाराका संक्रमीत किर्तिपुर अाईसाेलेसनबाट भागेकाे थियाे ।
१४ भाद्र २०७७, आईतवार ०२:५२ मा प्रकाशित

0 Comments
Thanks for your concerns