लावण्य सम्वाददाता – २०७७ कार्तिक ४ गते
लावण्य/साँखु । काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्र नंवर दुई र तिनको उत्तर पुर्वी भेग गोकर्णेश्वर, कागेश्वरी मनहरा र संखरापुर नगरापालीका जोड्ने सुन्दरीजल – सुर्यमण्डली – सांखु सडक अन्तर्गत पर्ने कागेस्वरी मनहरा वडा नं १ मा पर्ने सुवेदी गांउ – घट्टेखोला पुल – लाकिला खण्ड सञ्चालन गर्न सम्वन्धीत निकायले वेवास्ता गरेपछि सडक सञ्चालन गर्न जनता आफै जुटेका छन ।
गोकणेस्वर नगरपालिका वडा नं १ निवासी गोकुल रोक्का भन्छन् हाम्रो वडाको मालपोत कार्यालय सांखुमा पर्छ । सांखु जान अहिले जोरपाटी हुदै जानु पर्दा १९ किलोमिटर लामो बाटो छ । सुन्दरीजल सुर्यमण्डली सांखु सडक सञ्चालन भएमा ६ किलोमिटर यात्रामा सांखु पुगिन्छ । सम्वन्धीत निकायको ध्यान किन पुगेन हामि आश्चर्यमा छौं ।
शंखरापुर नगरपालिका वडा नं ९ निवासी क्याटरीङ व्यावसायी राधाकृष्ण श्रेष्ठको ससुराली गोकर्णमा छ । घट्टेखोलाको पुल बनिसके पछि छोटो समयमा माईती मावला गर्न पाउने श्रीमती छोरा छोरीमा उत्साह जागेको थियो । पुल बनेको ३ बर्ष सम्म पनि सम्वन्धित निकायले बाटो सञ्चालन नगर्दा जनताकै तर्फबाट बाटो सञ्चालन गर्ने अभियानमा व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता गरेको बताउँछन ।
शंखरापुर वडा नं ८ निवासी रघु के.सी भन्छन् । हाम्रो एरियाको मृत्यु पर्यन्त अन्तिम संस्कारको लागि बागमती घाटमा लास लैजाने बाटो यही हो । लास लैजाँदा राम्रो बाटो नभएको कारण लास सहित हामी धेरै पटक लडेका छौं । पुल बनेपछी केहि सहज भएको छ । पुल बनेको ३ बर्ष सम्म पनि बाटो सञ्चालनमा नआउँंदा दुःख लागेको छ । सम्वन्धित निकायको तत्काल ध्यान जानु पर्छ ।
पुल साथै बाटो बनोस भनि पुलको आसपास १०० मिटर क्षेत्रमा आफ्नो एकलौटी जमिन दिएको स्मरण गर्दै नेपाली सेनाका पूर्व कर्णेल राजेन्द्र खड्का भन्छन् । जनताको चाहना देखेर जमिन दिएको हुँ । पुल बन्दा धेरै खुसी लागेको थियो । बाटो सञ्चालन गर्न ध्यान दिएनन् त्यसैले जनताको बाटो सञ्चालन गर्ने अभियानमा आर्थिक सहयोग गरेँ ।
आर्थिक बर्ष २०७१÷७२ मा स्वीकृत भई डिभिजन सडक कार्यालय काठमाण्डौले टेण्डर गरी काम सुरु भएको पुल निर्माणको क्रममा अनुगमनमा कडाई गरेका कारण ठेकेदार पक्षले काम सम्पन्न गर्न ४ बर्ष लगाएको पुल सरोकार समितिका अध्यक्ष प्रद्युन्न खड्का बताउछँन । पुल बनिसके पछि सडक सञ्चालन नगर्ने सडक विभाग र सञ्चालनका निम्ति दुई चार थान क्रसिङ्ग ह्युम पाईप, दुई चार टिप ग्राभेल समेत स्थानीय तहले नदिएको कारण ब्यक्तिगत सहयोग जुटायर बाटो सञ्चालन गर्ने अभियान थालेको खड्काले बताएका छन । शंखरापुर नगरपालिकाले यो सडक मर्मतका लागि केही बजेट विनियोजन गरेको वडा नं ९ का वडा सदस्य भाईकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
२१ औं शताब्दीमा पनि आफूलाई राजधानी बासी भन्न लाज लाग्ने अवस्थामा रहेको भन्दै सबै तहका सरकार प्रति रोष प्रकट गर्छन युवा व्यावसायी तथा समाजसेवी अमृत खड्का । भन्छन सम्वन्धित निकायले गरेन त्यसैले हामी आफै गर्दैछौं ।
१५ बर्ष अघि शंखरापुर नगरपालिका वडा नं ९ साविक इन्द्रायणी गा.वि.स लाकिला देखि हाल बनेको घट्टेखोला पुल सम्म ट्रयाक खोल्न महत्वपुर्ण योगदान गरेका समाजसेवी स्याम श्रेष्ठ भन्छन ठुलो उत्साहका साथ बाटो बनाउन लागेको थिएँ अहिले हिँड्न नसक्ने भै सकेँ छिटो बनोस् भन्ने चाहना छ ।
पुल बनाउदा एप्रोच रोडको स्तरोन्नती तत्कालिन समयमा छुटेको, पछिल्लो निर्वाचन प्रणाली पछि यो जिम्मेवारी नगरपालिका र प्रदेश सरकारमा गएको आफुसँगको भेटमा डिभिजन सडक काठमाण्डौ १ का प्रमुख कुवेर नेपालीले बताएको नेपाली काँग्रेसका महासमिति सदस्य, तरुणदल काठमाण्डौका अध्यक्ष स्थानीय बासी कृष्ण जी खड्काले जानकारी दिएका छन् । उनी भन्छन् कुन तहले गर्ने भन्ने अन्यौलता र उदासीनताका कारण बाटो अलपत्र प¥यो । त्यसैले जनताको योगदानमा बाटो सञ्चालनको अभियान सुरु भएको हो ।
काठमाण्डौ निर्वाचन क्षेत्र नं. ३ प्रदेस ‘ख’ मा पर्ने उक्त सडक बनाउन जनताको पहलमा बाटो सञ्चालन अभियानको संयोजन कागेस्वरी मनोहरा वडा नं १ निवासी समाजसेवी बच्चुराम खड्काले गरेका छन् । सबै तहका सरकारलाई दवाव स्वरुप यो अभियान सुरु गरिएको हो । जनताको सहभागिता उत्साहजनक छ । उनी भन्छन् जनताले दिएको पैसाले उत्कृष्ट काम गरेर देखाउँछु र हिसाव किताव पारदर्शी गर्छु ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


0 Comments
Thanks for your concerns