पढ्न भन्दा संस्था चलाउन गाह्रो



लावण्य÷साँखु १२ पुस मोर्गन इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत सामाजीक कार्यका विद्यार्र्थीहरुले काठमाडौंको बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक सेवा समाजमा वस्दै आएका अनाथ वालवालिकाहरुको एक दिने क्रियाकलाप अध्ययन तथा अनुगमन गरेका छन्
विद्यार्थीले त्यहाँ वस्दै आइरहेका वच्चाहरुको मनोसामाजीक अवस्था, संस्थाको दैनीक क्रियाकलाप वच्चाहरुको गतिविधिहरुवारे अध्यन गरेका थिए मोर्गन कलेजका विद्यार्थीहरु अनाथ आश्रम पुग्दा  बालबालिकाहरु सुतिरहेका थिए उनीहरुलाई विस्तारबाट उठाएर बालबालिकाहरुलाई विभिन्न उपहार दिई वच्चाहरुको विहानीको सुरुवात गराएका थिए
बालबालिकाहरुका लागि खाजा तयार गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो अनाथ आश्रममा बसेका बालबालिकाहरुले आफ्नै कलात्मक प्रस्तुति पनि गरेका थिए
प्रथम वर्षमा अध्ययनरत विशाल पौडेल भन्छन् कलेजका सुरुवातीदिन देखिनै दैनिक कक्षाहरु वाहेक विभिन्न विषयका विज्ञद्वारा सञ्चालित कक्षाहरुमा उपस्थिति जनाउन पाउदाँ प्रत्यक्ष अनाथालयमा रहेका वालवालिकाहरुको मनोविज्ञान वुझ्नपाउदाँ साह्यै हौसला प्रेरणा मिलेको वताँउछन्
त्यसै गरी दोस्रो वर्षमा अध्ययनरत प्रकाश सिंहले वच्चाहरुको अवस्थामा  सुधार ल्याउन जरुरी देखे उनले भनेयहाँ रहेका बच्चाहरुलाई अझै काउन्सिलिङको आवश्यकता संस्थाले वच्चाहरुका सन्दर्भमा राम्रो काम गरेतापनिउचित स्रोत साधनको अभाव रहेको पाएका छन् संस्था सञ्चालनमा संस्थाको फितलो व्यवस्थापनले बालबालिकाको मानसिक, शारिरीक विकासमा असर पुगेको उचितश्रोत साधन जुटाउन हेरचाहगर्नेकालागीआवश्यक विज्ञ टोलीको आवश्यक रहेको वताए
यस्तै तेस्रो वर्षकी कल्पना थापा भने कक्षा कोठामा संस्थादर्ता गर्ने प्रक्रिया संच्चालनगर्दा आवश्यकतत्ववारे अध्यन गरेको कुरा हुवहु नभएको बताइन्
संस्था सञ्चालनको तत्वमध्ये वजेट विज्ञ कर्मचारीको अभाव रहेकाले बालबालिकाहरुमा मनो बैज्ञानिक दवाब रहेको
उनी थप भन्छिन् सिहंदरवार गाँउगाँउमापुगेको समचारमा पढिरहदा काठमाण्डौको  बुढानिलकण्ठमा भने यस्तो अवस्था देख्दा सरकारको आखाँजान जरुरी ठान्छिन्
विद्यार्थीहरुले वच्चाहरुका लागि विभिन्न खेल तथा रमाइलो गराउने क्रममा वच्चाहरुको अन्तरनिहित प्रतिभा देख्दा छक्क परेको वताउ छिन् प्रथम वर्षकी सिमरन थापा मगर
विद्यार्थीहरुले अनाथालयमा रहेका बालबालिकाहरुका लागि आवश्यक खाद्यन्नका साथै पढाईका साम्रागी प्रदान गरेका थिए विद्यार्थीहरुले वच्चाहरुलाई विभिन्न खेलवाट मनोरञ्जन गराएका थिए सो अबसरमा मोर्गन कलेजका सामाजीककार्य विभागवाट किरण थापा, अनाया प्याकुरेल हेलेन सिलवालले सहजीकरण गरेका थिए

Post a Comment

0 Comments