पौष १४ गतेदेखि पौष २० गतेसम्मको राशीफल


– ज्योधनानन्द

मेष
ज्ञान बुद्धि बढ्नेछ पारिवारिक सुख पाईनेछ धन आर्जन प्रशस्त हुनेछ भाग्य बृछिको योग रहेको स्वास्थ्यमा ध्यान दिनुहोला
वृष
अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनेछ वैदेशिक यात्रा त्यति फलदायी छैन शरीरमा चोटपटक लाग्ने सम्भावना देखिन्छ
मिथुन
शत्रुपक्षबाट सतर्क रहनु होला यात्राको अवसर मिल्नेछ पत्नीबाट सहयोग पाईनेछ ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेष सतर्कता अपनाउनुहोला साताको अन्त्यमा विशेष कुराको प्राप्ति हुनेछ
कर्कट
घर परिवारमा कलह हुने योग मन शान्त गर्न पूजा पाठमा लाग्नुहोला विशेष कूलदेवता पूजा गर्नुहोला
सिंह
माता पिताको सहयोग पाइनेछ शत्रु बढेपनि विजय तपाइँको हुनेछ विश्वास गरेका साथीहरबाट धोका पाउने योग
कन्या
यात्रामा सतर्कता अपनाउनुहोला भाग्य वृद्धि हुनेछ काममा आएका बाधाअड्चनहरु हटेर जानेछ आय बढ्नेछ
तुला
माङ्गलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ खर्चिलो यात्रा गर्नुपर्ला सन्तानको सहयोग प्राप्त हुनेछ
वृश्चिकः
समय मध्यम रहेको कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ गरेको कार्यमा ढिलोमात्र जस प्राप्त हुनेछ यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको
धनु
यात्रामा सतर्कता अपनाउनुपर्नेछ विशेषगरी वाहन चलाउँदा विशेष ध्यान दिनुपर्नेछ धन कमाउने अवसर प्राप्त हुनेछ इष्टमित्रजनसँग सामञ्जस्यता अपनाउनुहोला कार्य सिद्ध हुनेछ खर्चमा मितव्ययी रहनुहोला
मकरः
घरपरिवारमा शान्तिको वातावरण सिर्जना गर्नुहोला पेटसम्बन्धी रोगहरु सिर्जना हुनसक्ने भएकोले औषधोपचार गराउनुहोला कार्यहरु विस्तारै पूरा हुनेछ
कुम्भ
अनावश्यक पीर नलिनुहोला व्यापारमा सुधार आउनेछ दाजुभाईसँग विवाद हुनसक्ने भएकोले विवाद नगर्दा राम्रो हुने देखिन्छ
मीनः
रोमाञ्चक यात्राको योग विपरितलिङ्गीबाट सहयोग पाइनेछ आय बढ्नेछ बोलीमा नियन्त्रण राख्नुपर्नेछ शत्रुपक्षबाट सतर्क रहनुहोला खर्चमा नियन्त्रण राख्नुपर्नेछ साताको अन्त्यमा पेटसम्बन्धी रोगले पिरोल्न सक्ने हुनाले खानपानमा सतर्कता अपनाउनु वेश हुनेछ

Post a Comment

0 Comments