यौनका कुरा



प्रस्तुती नविना राई
पार्टनरको आत्मविश्वास, धन आकर्षणमा भर पर्दछ महिलाको चरम आनन्द
सम्भोगको आधुनिक शैली तथा पुरुष जनेन्द्रीयको आकारले होइन कुनैपनि पुरुषले महिलालाई यौन सन्तुष्टि दिने कुरा उसको सेन्स अफ ह्यमुर, आत्मविश्वास तथा परिवारको आयमा निर्भर हुने एक अध्ययन ले देखाएको
अमेरिकाका मनोविज्ञहरुले कलेज पढ्ने छात्राहरुमा गरेको एक अध्ययन अनुसार सहवासमा महिलालाले प्राप्त गर्ने चरम आनन्द उनको पार्टनरको परिवारको आय, पार्टनरको आत्मविश्वास तथा उसको आकर्षणमा भर पर्छ
शोधकर्ता जर्ज ग्यालपले चरम आनन्दको मामिलामा त्यसको परिमाण भन्दा पनि गुणवत्ताले धेरै महत्व राख्ने भन्दै सम्भोगका बेला कतिचोटी चरम आनन्द आउँछ भन्ने भन्दा पनि कति गहिराईमा चरम आनन्द प्राप्त भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुने बताए
अध्ययनले अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लगाएको भने सहवासमा चरम आनन्दको विषय अभ्यासमा निर्भर हुन्छ जो महिलाले सानै उमेरमा सेक्सको अनुभव लिएका हुन्छ त्यसलाई निरन्तरता दिएका हुन्छन् उनीहरुले चरम आनन्दको अनुभुति बढि गर्दछन् साथै उनीहरु आफ्नो यौनसाथीसँग यौनिक रुपमा बढि सन्तुष्ट हुन्छन्
पुरुषको रोजाई २० वर्षे, महिलाको रोजाई पाको पुरुष
पुरुष चाहे त्यो १८ वर्षको होस् वा ३० वर्षको अथवा सो भन्दा माथिको सबै उमेर समूहका पुरुषको रोजाइमा २०२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको
फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको २०२५ वर्षे युवतीसँग सहवासका लागि सबैभन्दा धेरै इच्छा जाग्ने विचार पाको उमेरकाले व्यक्त गरेको पाइयो
१२ हजार सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको ? भन्ने खालका प्रश्न गरिएको थियो
यसको नतिजा नतिजा महिला पुरुषमा भिन्न भिन्न पाइयो महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौन सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो
अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर आफुबीचको उमेरको अन्तर कम चाहन्छन्
तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको
शोधकर्ताहरुका अनुसार महिला पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो
शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने ३५ वर्षपछि घट्दै जाने पाइएको यो सम्बन्धि शोध इभोलुसन एण्ड ह्युम बिहेभियर जर्नलमा छापिएको
स्वस्थ रहन यौन सम्बन्ध प्रभावकारी हुनु जरुरी
काम गर्दा वा अध्ययन गर्दाका अवस्थामा मानिसहरू को दिमाग एक ठाउँ केन्द्रित नहुने निष्कर्ष खोजकर्ताहरूको खोजकर्ताका अनुसार पढ्दा वा काम गर्दा मस्तिष्क यताउता डुल्न थाल्छ यसो हुनु स्वास्थ्यको लागि राम्रो होइन , यसबाट मुक्तिका लागि स्वस्थ यौनसम्बन्ध प्रभावकारी हुने निष्कर्ष खोजकर्ताहरू को अध्ययनहरू का अनुसार अधिकांश व्यक्ति दाँत माझ्दा वा अन्य काम गर्दा त्यसको करिब ५० प्रतिशत समय कल्पनामा खर्च भइरहेको हुन्छ यौन सम्पर्क गर्दा मात्र मस्तिष्क यताउता नभड्कने निष्कर्ष खोजकर्ताहरूको
हार्वड विश्वविद्यालयका म्याथ्यु किलिङ् सवर्थ उनका सहयोगी डेनियल गिलवर्टले यस विषयमा गरेको अनुसन्धानमा प्रायः व्यक्ति मुड बिग्रेका बेला कल्पनामा रमाउँछन्  तर मुड ठीक पार्न डेडिँ मिङ थोरै सहयोगी हुन्छ
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments