यौन चर्चा - Nabina Rai

बिहानीपखको सेक्स रोगहरुको उपचार अधिकांश मानिसहरु रातको समयमै यौनसम्पर्क राख्न मन पराउँछन् साथै राख्ने गर्छन् । के यो शरीर, मनमस्तिष्कका लागि फाइदाजनक छ ? जसले यौन सम्पर्कलाई यौन प्यास मेटाउन माध्यम मात्र ठान्छ, जसका लागि यो समय ठीक उपयुक्त लाग्ला । तर, यौन सम्पर्कबाट शारीरिक तथा मानसिक फाइदा पनि लिन चाहन्छ भने अबदखि बिहानको समयमा यौन सम्पर्क राख्ने बानी बसाले हुन्छ । हालै बेल्फास्टको क्विन विश्वविद्यालयले गरेको एक सोधले दावी गरे अनुसार जुन दम्पतीले हप्तामा तीन पटक बिहानको समयमा यौन सम्बन्ध राख्छ, उनीहरु शारीरिक तथा मानसिक रोग लाग्नबाट धेरै मात्रामा बच्न सफल हुन्छन् । बिहान यौन सम्पर्क राख्नाका फाइदा – नियमित रुपमा बिहान मात्रै यौन सम्पर्क राख्नाले रक्त संचारमा सुधार आउनुको साथै उच्च रक्तचापमा पनि कमी आउँछ । – बिहान गरिने यौन सम्पर्कले माइग्रेन (टाउकोको एउटा भागतिर मात्र कडा पीडा हुने रोग) रोग निको गर्नमा ठूलो मद्दत गर्छ । – यौन सम्पर्क सबैभन्दा उत्तम व्यायाम हो । यो प्रक्रियामा झण्डै तीन सय क्यालोरी शक्ति खपत हुन्छ । यो व्यायामले गर्दा शरीरको तौलमा नियन्त्रण राख्नुको साथै यी जोडीलाई मधुमेह रोग लाग्ने खतरा पनि निकै कम हुन्छ । – यौन प्रक्रियाले कपाललाई बलिया र चमकदार बनाउनका साथै यौन प्रक्रियामा उत्पन्न हुने हार्मोन इस्टूोजेन तथा अर्को हार्मोनले अनुहारम चमक तथा निखार ल्याउँछ । – यौन सम्पर्कको बेलामा शरीरमा उत्पन्न हुने हार्मोन टेक्टोस्टोरोनले हड्डी तथा मांशपेशीलाई बलियो बनाउँछ । यसले गर्दा हड्डी कमजोर भएर गल्ने रोग ओस्टियोपोरासिस लाग्ने सम्भावना पनि न्यून हुन्छ । – अमेरिकामा यौन सम्पर्कमा सक्रिय तीन सयजना महिलाहरुमा गरिएको अनुसन्धानले बताए अनुसार जुन महिलाको पतिले कन्डोम प्रयोग नगरिकन यौन सम्पर्क गर्छ, उसलाई शीघ्र पतनको समस्या निकै कम मात्रामा हुने गर्छ । – यस स्कूल अफ मेडिसियनका सोधकर्ताहरुको अनुसार बिहान गरिने यौन सम्पर्कले महिलालाई गर्भावस्थाको अवधिमा हुने पीडाको असर एकदम न्यून रुपमा मात्र गर्छ । तर, याद राख्नुहोस्, सोधकर्ताहरुको अनुसन्धानले बताए अनुसार हप्तामा तीन पटकभन्दा बढी यौन सम्पर्क गर्नाले तपाईंको शरीरको रोग प्रतिरोधक शक्तिमा ¥हास आउँछ । त्यसैले आफ्नो शरीरको ख्याल राख्नु होस् । हप्तामा तीन पटक मात्र, त्यो पनि बिहान(बिहान मात्र यौन सम्पर्क राख्नु होस् र स्वस्थ बन्नु होस् । प्रथम सम्भोगको दुःखाई प्रथम सम्भोग कसैलाई कष्टकर हुन्छ भने कसैलाई सहज हुन्छ । पहिले नै योनिच्छेद च्यातिएको छ भने कति पनि दुख्दैन । यदि यौनिच्छेदन नफाटेको भए दुख्नु स्वाभाविकै हो । योनिच्छेद पातलो र लचिलो छ भने यो तन्किन्छ र अलिकति असजिलो भए पनि बाटो बनिहाल्छ । योनी विल्कुल सुख्खा छ भने पनि दुख्छ । यसरी योनिच्छेद च्यातिनाले अलिअलि रगत पनि आउन सक्छ तर उपचारको आवश्यकता पर्दैन । पहिले पहिले यसरी रगत आउनुलाई कुमारीत्वको चिन्ह मानिन्थ्यो । इस्लाम धर्मावलम्बीहरूमा खासगरी मध्यपूर्व र उत्तर अफ्रिकामा अझै पनि यस्तो चलन छ । कुनै कुनै महिलाहरू पहिलो रातमा सम्भोग गर्न तयार हुंदैन । त्यसो हुनाका दुई वटा कारण हुन्छन् । पहिलो कारण सम्भोग गर्न हुंदैन भन्ने कुरा सिकाएको हुन्छ दोस्रो कारण उनीहरुको मनमा डर उत्पन्न हुन्छ । पति विचारवान छ भने पत्नीलाई आश्वस्त पारेर मनाउन सफल हुन्छ । कहिलेकाहीं लामो समय लाग्न सक्छ आनन्दको सम्बन्धमा अनुभवहीन महिलाहरूले आनन्द लिन सक्दैनन् । कतिपय केही दिनसम्म आलिंगन गर्दा राम्रोसँग प्रतिक्रिया देखाउन सक्दैनन् । (प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments