गजल- Ichchharam thapa

मैले ती चेहराहरु बिर्सिएको छैन अझै सपनीका अप्सराहरु बिर्सिएको छैन अझै झुक्याएर मेरो दिलको बगैँचामा आई रस, चुसी जाने भमराहरु बिर्सिएको छैन अझै मेरी सानु कस्ति होलिन् के गर्दैछिन् भनी सन्देश ल्याउने चराहरु बिर्सिएको छैन अझै सयौँ जुनि नछुट्ने वाचा कसम खाइ हामीले पार गरेका खतराहरु बिर्सिएको छैन अझै ।।

Post a Comment

0 Comments