माझी दाई ! – तारामाया राई, सोलुखुम्बु हाल साँखु

हिमालबाट झरेको हिउँ नदी बनी देउ सगरमाथा झै अटल सूर्य झैँ चम्कि देउ सधैँ सागर बनि संसारलाई ढाकी देउ झरनाबाट झरेको पानी, पोखरी बनी जमि देउ । साथी बनि दुई हात थापि देउ खोलाको किनारमा बसी बल्छी थापी देउ माछी भै बरु, म आई दिनेछु छाँगा भित्र जाल हानी देउ । माझी दाई माछा सधैँ जालमा पारिदेउ खोलाको छेउमा जमेको लेउ माछीलाई सधैँ आहारा देउ भोको आत्मा तृप्ती मन, सधैँ आफ्नो बनाई देउ ।

Post a Comment

0 Comments