जनकजानकीको साधारणसभा हुने !

साँखु÷जनकजानकी धर्म कर्म सेवा संघको महाधिवेशन आगामी पौष १८ गते शनिवारका दिन शालिनदी परिसरमा हुने भएको छ । सो जानकारीका साथै जनकजानकी धर्म कर्म सेवा संघले गत वर्षको हिसाब किताब समेत सार्वजनिक गरेको छ । गत वर्षको आम्दानी तर्फ ३१ लाख १२ हजार ९ सय २८ रुपैयाँ देखाएको छ । खर्च तर्फ पनि मेला व्यवस्थापन मा १ लाख ९ हजार २ सय ४० रुपैयाँ देखाएको छ भने स्वयम सेवक परिचालनमा १ लाख ८० हजार २ सय ५१ रुपैयाँ रहेको छ । अखण्ड ज्यातिमा १२ हजार ४ सय १५ खर्च गरिएको छ भने पानी टंकी निर्माणमा ३५ हजार ४ सय ९० रुपैयाँ खर्च भएको देखिएको छ । जसमध्ये संस्थाले उठाउनुपर्ने बाँकी २ लाख ७३ हजार ८ सय ३६ रहेको छ । जुन रकम गत वर्ष स्वस्थानी किताब प्रकाशनकोलागि भएको पेश्की खर्च विवरण फछ्र्यौट नभएकोले देखिएको बुझिएको छ । खर्च गरि बाँकी रहेको रकम नेपाल बैँक लिमिटेडमा १४ हजार ३ सय १५ रुपैयाँ रहेको छ भने वचत तर्फ १ हजार १ सय २१ रुपैयाँ रहेको छ । कृषि विकास बैँकमा २ हजार १ सय र एकजती बहुउद्देश्यीय सहकारीमा ९ लाख ७२ हजार ६ सय ५० रुपैयाँ जम्मा भएको देखाइएको छ । यसमा देखाइए अनुसार विभिन्न शीर्षकमा गरि कूल खर्च २१ लाख २२ हजार ७ सय ४२ रहेको जनाइएको छ ।

Post a Comment

0 Comments