संसारमा धेरै कुराहरु छन् जुन अत्यावश्यक हुन्छन्
जुन कुरा हाम्रो जीवनमा नभई हुँदैनन्
तर यो मागेर या रोएर पाईन्न
नढाँटी भन्दा मानिस भन्दैन मलाई चाहिन्न ।
धनीहरु धन आर्जन गर्न धनै लगाउँछन्
धेरैहोस् थोरैहोस् वृद्धवृद्धा पनि आँखा लगाउँछन्
यसको लागि मानव अन्तिम घडीसम्म पनि मरिमेट्छ
प्रष्ट भन्दा कुनै पनि मानिस यसैलाई रोज्दछ ।
तर पनि यो धेरै वा थोरै भने हुन्छ हुन्छ
यसको लागि विश्व युद्ध समेत हुन्छ
एकले अर्कोलाई माया ममता राख्दा
जीवनमा एकैवार मात्र पाइने जीवन गुम्छ ।
धन्य धन्य माया तिमी
तिम्रो रुप रङ्ग कस्तो हुन्छ
तिमीलाई पाएपछि मानव स्वर्ग बिर्सन्छ
विडम्बना माया तिमीलाई पाएपछि मृत्यु समेत अँगाल्छ ।
यो संसार अग्लो र सग्लो साँवा भन्दा
धेरै होचो ब्याज खोज्दछ
बुढा पाका भन्छन् छोराको भन्दा नातिको माया लाग्छ
तब भन्ने गरिन्छ साँवा भन्दा ब्याजको माया ।।
0 Comments
Thanks for your concerns