जाडोमा ओठ फुट्ला ! .....

जाडो यामको आगमनसँगै सुन्दर मुहार कुरुप हुन थालेपछि निरालाई चिन्ताले सताउन थाल्छ । उनको चिन्ताको विषय जाडोसँगै फुट्ने ओठ हो । फुस्रो, रुखो र रगत चुहिने जस्तो फुटेको ओठले उनको बांकी सुन्दरतालाई छायामा पार्ने भएपछि जाडोयाम आउनु अघि नै उनी तर्सन थाल्छिन् । यो साझा समस्या झेल्ने जो कोहीले पनि थोरै मात्र ध्यान पु¥याउन सकेमा तर्सिहाल्नु भने पर्दैन । जति खेर पनि ध्यान ओठमै केन्द्रित रहन्छ, फुटेको ओठबारे निरा भन्छिन्, अझ ओठ फुटेर रगत निस्कन थाल्दा त खान, मुख पुछ्न समेत अप्ठ्यारो हुन्छ । अनुहारको आकर्षणको केन्द्रविन्द मानिने ओठको सुन्दरताले समग्र सुन्दरतालाई नै चम्काउँछ । त्यसैले ओठलाई जाडो याममा उचित स्याहार गर्नाले फुट्ने समस्याबाट बचाउनुका साथै आकर्षक र रसिलो बनाउन सकिन्छ । जोडो याममा ओठ फुट्ने समस्या मुख्यतः जैवक्रियात्मक कारणले हुन्छ, धुलिखेल अस्पतालका छाला राग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, यो मौसममा शरीरमा पानीको मात्र कम भएर ओठ फुट्ने समस्या देखिन्छ । जाडो याममा बाहिरी वातावरणको तापक्रम शरीरको दाँजोमा कम हुने भएकाले शरीरको पानीलाई सुकाउने गर्छ । चिसो र हावाले गर्दा ओठलाई सुख्खा बनाउँछ । जाडो याममा थाइराइड, एन्डूोकाइन ग्रन्थीमा समेत रगत कम भएर विभिन्न प्याथोलोजिकल कारणहरुले समेत ओठ फुट्ने गरेको विज्ञहरु बताउँछन् । अमेरिकन एकेडेमी अफ डर्मेटोलजीको तथ्यपत्र अनुसार जाडो याममा ओठको रसिलोपना बाफ बनेर उड्नाले सुख्खा भएर फुट्ने गरेको हो । ओठ सुख्खा हुनुमा शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पन्न गर्ने प्रक्रियामा कमी आएर वा बन्द भएर समेत हुन्छ । नेपाल लगायतका अन्य मुलुकमा ओठ फुट्नुको सबैभन्दा मुख्य कारण मौसम नै हो । ओठ फुट्नुको मुख्य लक्षण ओठ सुख्खा, रातो र सुन्निएको देखिनु हो । यस्तै यो समस्या अन्तर्गत ओंठमा स(साना चिरापन र ओठको पातलो छालाको पहिलो पत्र समेत निस्कनु हो । फाटेको, सुख्खा र कडा ओठको समस्या भएकाहरूको ओठ पहेंलो समेत देखिन्छ । यदि ओठको छाला अत्यधिक सुख्खा भएको छ भने ओठलाई माड्दा त्यसको छाला च्यातिएर अत्यन्त पीडादायी हुन्छ । डा. कर्ण भन्छन्, यस्तोमा ओठबाट रगत बग्नुका साथै घाउ समेत हुन सक्छ । ओठ फाट्नुको मुख्य कारण भने ओठमा मोइस्चर नहुनु हो । यसले ओठ सुख्खा हुनुको साथै छाला समेत फुट्ने गर्छ । मुख्यतः जाडो जाममा यो समस्या देखिनुको कारण भने यस बेला हावा सुख्खा हुने गरेकाले ओठको रसिलोपनामा धेरै कमी आउनु हो । छाला रोग विशेषज्ञहरुको अनुसार शारीरिक प्रणालीहरूले ओठमा प्राकृतिक रुपमा रसिलो राख्ने विशेष व्यवस्था गरेको हुन्छ । यस अन्तर्गत एउटा धेरै पातला तैलीय पत्र ओठमा रहेको हुन्छ । यसले ओठको मोइस्चरलाई पुर्ति गर्छ । यद्यपि केही व्यक्तिमा यो पत्र नहुनु पनि सक्छ । यस्तो हुनु पछाडि कहिलेकाहीं ओठलाई अत्यधिक चुस्ने बानी समेत कारक मानिन्छ, डा. कर्ण भन्छन् यसले झन् ओठ फुटाउन सघाउँछ । ¥यालमा हुने गरेको खास इन्जाइस (सामान्यतः पाचनका लागि उपयोग हुने) ओठलाई इरिटेट गर्छ । यसले ओठ सुख्खा भएर फुट्ने गरेकोले ओठ चुस्ने बानी हटाउनु पर्छ । महको एन्टिव्याक्टेरियल गुणका कारण घरेलु उपचारका लागि मह लगाउँदा ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी घ्यू र नरिवलको तेललाई पनि ओठ फुट्नबाट जोगाउन लगाउने गरिन्छ । यस्तै, नाकको माथिल्लो भागमा निस्किने तेल (नेजल सिवम) समेत लगाउनु प्राकृतिक रुपमै फायदाकारी रहेको डा. कर्ण बताउँछन् । सुन्तलाको रस जस्ता अम्लीय पेय पदार्थहरु ओठ फुटेको समय उपयोग गर्नु हुन्न । यस्तो रसमा भएको अम्लले ओठमा समस्या ल्याउन सक्छ । लिप वाम र पेटूोलियम जेली लगाउनाले ओठ फुट्ने समस्याको अस्थायी निदान हुन्छ । यदि लामो समयदेखि ओठ सुख्खा रहने समस्या कायमै छ भने छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्ने आवरश्यता औंल्याउँदै डा. कर्ण भन्छन्, हरपिज सिम्प्लेक्सको संक्रमण, एक्टिमिक केलायइटिस लगायतका समस्या भएमा समेत ओठ सुख्खा हुने समस्या देखिन सक्छ । ओठ फुट्ने समस्या भएकालाई भने यसको प्रकाशबाट बाच्नु पर्ने आवश्यता औंल्याउँदै डा. कर्ण सुख्खा र जाडो याममा लिप वाम वा लिपस्टिक नलगाई बाहिर ननिस्किन सल्लाह दिन्छन् । एयर कन्डिसनर प्रयोग गर्ने भए घरको हावालाई आद्र (ह्युमिड) राख्ने प्रयास गर्नु पर्दछ । घर बाहिर निस्किनु अघि ओठलाई तरल बनाउन जेली लगाउनु पर्छ । ओठ फुट्नबाट जोगाउन ः पेटूोलियम जेली लगाउनुस् । बिहान नुहाएपछि ओठमा लिप जेली वा भेसलिन लगाउनुस् । दिनभरिमा ३÷४ पटक यसको प्रयोग गर्नु पर्दछ । यसले ओठको म्युकस झिल्लीलाई मोइश्चर दिन्छ । ओठ नटोक्नुस ः ओठ फुटेपछि सामान्यतः जोसुकैले त्यसलाई चिसो राखि राख्नु थुक लगाउने गरेका छन् । त्यसो गर्दा ¥यालले आद्रता त हुन्छ तर ¥यालमा रहेको इजाइम्सले ओठको छालामा समेत प्रतिक्रिया पैदा गर्छ, जुन भोजनसँग गर्ने गर्छ । ¥यालले ओठलाई सुख्खा बनाउँछ । यसले गर्दा ओठ फुट्छ । मुखबाट सास नफेर्नुस् ः मुखबाट श्वास लिनु ओठका लागि हानिकारक छ । मुखबाट श्वास फेर्दा जुन हावा निस्किन्छ, त्यसले ओठलाई सुख्खा पार्छ । घाँटी भिजाई राख्नुस् ः कामको दवावका कारण पानी पिउन नविर्सनुस् । यसले तपाईको ओठको आद्रता कायम राख्न सघाउँछ । यसका लागि दिनहुँ न्यूनतम ८ ग्लास पानी पिउनुस् ।चिसो याममा कतिपय समय एयर कन्डिसनरको तातो हावाले समेत ओठ सक्छ । घाउ भएको ओठलाई निको पार्न ः जाडो याममा अतिरिक्त तरल पदार्थ सेवन गर्नुस् ।, चिरिएको ओठमा माहुरीको चाकाको मैन वा पेटूोलियम (मेसलिन) जेली लगाउनुस् ।, ओठको घाउ निको नभए चिकित्सकलाई देखाउनुस् ।

Post a Comment

0 Comments