यःमह्रि पुन्हिको अवसरमा साँखुमा विभिन्न कार्यक्रम

साँखु÷नेवार समुदायको विशेष चाड अझ भन्ने हो भने किसानहरुको एकदमै महत्वपूर्ण चाड हो यःमहि« पुन्हि । यो चाडमा आफ्नो खेतमा फलेका धान कुटेर निकालिएको चामल पिसेर विशेष प्रकारको रोटी बनाउने गरिन्छ । त्यसैलाई यःम¥िह« भनिन्छ । नेवारीमा यः को अर्थ मनपर्ने र म¥िह« को अर्थ रोटी हो । तर यसरी ब्याख्या नगरि यःम¥िह« पुन्हिको ब्याख्या गर्दा किसानहरुले आफूले उमारेको प्रमुख अन्न बाली धानको चामल कुटेर त्यस चामलको पीठोबाट विशेष प्रकारको रोटी बनाई त्यसमा तिल चाकु राखेर मःमः जस्तै बफाएर पकाउने यो यःम¥िह« विशेष प्रकारको रोटी हो । यो पर्वलाई विशेष गरेर किसानहरुले मान्ने गर्नुको कारण पनि यही हो । उनीहरुले आफ्नो बालीबाट फलेको धानबाट बनेको यःम¥िह«लाई आफ्नो भकारीमा राखेर पूजा आजा गरि चार दिनपछि पुनः पूजा गरेपछि मात्रै त्यस भकारीबाट फूलप्रसाद लिने परम्परा यो चाडमा हुन्छ । यस अवसरमा साँखुमा पनि गत शुक्रबार धान्य पूर्णिमाको दिन त्यःछिंत्यः कार्यक्रम भएको थियो । त्वःनिभाः नेवाः पुचः र सक्व भिन्तुना पुचःले त्यःछिंत्यः कार्यक्रम छुट्टाछुट्टैरुपमा साँखु बजार परिक्रमा गरि मनाएका थिए । विभिन्न बाजागाजा सहित निक्लेको साँस्कृतिक ¥याली भव्य एवं सभ्य थियो । सोही अवसरमा गत शनिबार सक्व भिन्तुना पुचःको आयोजनामा साल्खाटोलमा भव्य साँस्कृतिक कार्यक्रम भएको थियो । सो कार्यक्रमको शुभारम्भ सोही समूहका सबैभन्दा कान्छी सदस्य राजश्री श्रेष्ठले पानसमा दियो बालेर गरेका थिए । कार्यक्रमको सञ्चालन सन्तोष श्रेष्ठले गरेका थिए । कार्यक्रममा साँखु वरपरका विभिन्न स्कूलहरुको तर्फबाट तथा सायमीहरुको तर्फबाट एवं सक्व भिन्तुना पुचःबाट समेत आ–आफ्नो प्रस्तुती प्रस्तु गरेका थिए । सो कार्यक्रममा विभिन्न समूहले गीत, संगीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा जाडो मौसममा समेत राति ८÷९ बजेसम्म दर्शकहरुको घुइँचो लागेको थियो ।

Post a Comment

0 Comments