ज्यापू दिवस अर्थात् यःमरि पुन्ही

नेवार समाजमा धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र प्राकृतिक लगायत विविध प्रकारबाट मनाइँदै आएका चाडपर्व मध्ये धान्यपूर्णिमा यःमरि पुन्ही प्राकृतिक पर्व हो । यःमरि पर्वलाई उपत्यकाका आदिवासी ज्यापु लगायतका नेवार समुदायले भने ज्यापू दिवसका रुपमा मनाउँदै आएका छन् । ज्यापु दिवसलाई वर्षभरिनै राष्टिूय अस्तित्व स्थापनाका लागि अभियानकै रुपमा अगाडि बढाउने उद्देश्य लिइएकोे छ । यस दिन ६३ टोलका ज्यापु समुदायको संयुक्त सहभागितामा एक बृहत् ¥याली, राजनीतिक सचेतना, आर्थिक स्वावलम्बन सम्बन्धी अन्तरक्रिया, रक्तदान, नृत्य प्रतियोगिता, बाजागाजा र भेषभूषासहित वृहत् सांस्कृतिक कार्यक्रम समेत हुने गर्छ । जसरी चामलको पिठो, पानी, तिल, चाकु आदि थुप्रै मसला मिलेर एउटा स्वास्थ्यवद्र्धक यःमरि बन्छ त्यसै गरी नेपाललाई बहुराज्य, बहुभाषी, बहुधर्मी संस्कृतिबीचको समन्वयात्मक राज्य बनाउन ज्यापु दिवसले महत्वपूर्ण भूमिका खेल्ने कथन छ । काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने गैर नेवार समुदायमा पनि वर्षको एकपल्ट यस दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा, अदुवाको रस राखी यःमरि पकाउने गरिन्छ । मम जस्तै बफ्याएर पकाइने यःमरि इष्टमित्र, पाहुना, साथीभाईलाई खाने र खुवाउने प्रचलन छ । यस दिन प्रत्येक घर(घरमा समूह(समूह मिली ‘यःमरि च्वामू उकें दुने हाम्वः, विउसा ल्यासे मब्युसाः बुरिकुती, त्यःछिं त्यः, बकःछिं त्यः, लातापाता कुलिंचा जुत्छीं त्यः, यःमरि च्वामू’ भन्दै देउसी(भैलो मागे जस्तै गरी यःमरि खाने परम्परा छ । प्रेम, दया, करुणाको भावना आदान(प्रदान गर्ने पर्वका रुपमा लिइने यःमरि पुन्हीलाई बौद्ध धर्मावलम्बीहरुले पञ्चतत्व (चाकु, तिल, अदुवा, पानी र चामलको पीठो) ले पूर्ण चिबहाः (बौद्ध चैत्य) का रुपमा लिने गर्दछन् । यःमरि खानाले जाडो सहन सक्ने ऊर्जा र कफ नष्ट गर्ने शक्ति विकास हुने मान्यता छ । किसान समुदायमा यस दिन चामलको पिठोबाट गणेश, लक्ष्मी, ज्यापु, ज्यापुन्ही, ख्याक, कुवेर आदिका प्रतीकका साथ ल्वंचामरी चढाएर ढुकुटी पुजा गरिन्छ । यःमरि पुन्ही बाहेक यस दिन नेवार समाजमा छोरी÷चेली दुई जीउ हुँदा माइतीखलकले धौबजी खुवाउने, जाँड बनाएर लानु पर्ने चलन छ । बालबालिकाको जन्मोत्सव, विवाह, म्हपूजा र बृद्ध भएपछि जंकुमा पनि यःमरि नभई हुँदैन । यसैगरी पूर्णिमाका दिन विशेष गरी भर्खर धानकाटी भित्र्याइएको हुन्छ र त्यही धानको पूजा गर्ने भएकाले यसलाई धान्य पूर्णिमा भन्ने गरिएको छ । यस्तै काठमाडौं उपत्यकामा नेवार समुदायमा नयाँ बाली भित्र्याई सुकाएर सफागरी धान भण्डारण गरिन्छ । तल्सीङ्ग र मोही दुवै वर्गले खेतबाट धानकाटी भित्र्याइ सकेको हुनाले धान्य पूर्णिमालाई निकै महत्व दिने गरिन्छ । धान्य पूर्णिमाका दिन नेवार समुदायमा यःमरि बनाई पूजा(आजा गर्नुका साथै खाने गरिन्छ । यसैले यसलाई यःमरि पुन्ही (पूर्णिमा) पनि भन्ने गरिएको छ । नयाँ वा पुरानै भए पनि चामलको पीठोबाट विभिन्न कलात्मक तथा आकर्षक रोटी ल्वहँचा (ढुगें) मरी र यःमरि बनाइन्छ । लक्ष्मी, कुमार, गणेशको स्वरुपमा रोटी र यःमरि बनाई त्यसमा पूजा गरिन्छ । चामलबाट बनेको यःमरि नेवारहरुले बडो स्वाद लिएर खाने गर्छन् । यःमरि अन्य रोटीहरु भन्दा भिन्दै तरिकाले बनाइने भएको हुँदा यसको स्वाद पनि अर्कै हुन्छ । बाफले पकाइने हुँदा यसको स्वाद मीठो हुने भएकाले यसको नाम नेवारीमा यःमरि अर्थात् मनपर्ने रोटी भन्ने गरिएको छ । copied by arpan

Post a Comment

0 Comments