भूकम्प पीडितको लागि विन्टर डोनेसन क्याम्प

साँखु÷साँखुको साल्खाटोल र जहरसिंह पौवामा गत शनिबार पौष ४ गते साँखुका भूकम्प पीडितहरुको लागि वाम्र्ड विन्टर डोनेसन क्याम्पमा कम्बल, दाल र चामल वितरण गरिएको छ । सो सामग्री पाउँदा साँखुका भूकम्प पीडितहरु ज्यादै खुशी देखिन्थे । उक्त क्याम्पको आयोजना रणछोड फाउण्डेशन र सलुङ फाउण्डेशनले गरेको हो । उक्त क्याम्पबाट वितरित सामग्रीहरुमा १ बोरा चामल, एउटा कम्बल र करिब २ किलो दाल रहेको थियो । सो सामग्री वितरण गर्दै फाउण्डेशनले भूकम्प पीडितहरु जस्ताको टहरामा कठ्याँग्रिने जाडोमा बस्नै नसक्ने अवस्थामा रहेको हुँदा उनीहरुलाई केही राहत मिलोस् भन्ने अभिप्रायले यो सहयोग सामग्री वितरण गरिएको जानकारी गराएको छ ।

Post a Comment

0 Comments