rochak sansar

पेटबाट १३ वर्षपछि निकालियो कैँची
भोक नलाग्ने समस्या लिएर उपचारका लागि गएका एक मानिसको पेटबाट डाक्टरहरुले कैँची निकालेका छन् । निकै भयानक लाग्ने समाचार अनुसार डाक्टरहरुले ती मानिसको आन्द्राबाट ८ इन्च लामो १३ वर्ष पूरानो कैँची निकालिदिएका हुन् । उनले कैँची खाएर पेटमा अड्किएको होइन । न त, जिउमा चमत्कार भएर कैँचीको प्रादुर्भाव भएको । आखिर डाक्टरहरुले निकालेको त्यो कैँची १३ वर्ष अगाडि डाक्टरहरुले नै शल्यक्रियाको क्रममा भुलबस उनको जिउभित्र छाडेका रहेछन् । घटना काजखस्तानको हो । देशको शाखटिन्स्क सहरका एक पुरुषले सहरकै एक अस्पतालमा १३ वर्ष अगाडि पेटको शल्यक्रिया गराउने क्रममा शल्यचिकित्सकहरुले उनको पेटभित्र भुलबस कैँची छाडेका रहेछन् । शल्यक्रियापछि उनको पेटको पूरानो रोग त निको भयो, तर भोक नलाग्ने समस्या भने सुरु भयो । झिकिदे गाँड भन्दा थपिदे गाँड भनेझैँ पूरानो पेटको रोगको उपचारपछि उनलाई खानै मन नलाग्ने भएपछि झनै दुब्लाउँदै गए । उनले ठ्याक्कै खान छाडेपछि उनकी श्रीमतीले कर गरी स्थानीय क्लिनिकमा गएर जँचाउँदा पो खान मन नलाग्नुको गुदी कुरो पत्तो लाग्यो । एक्सरेका क्रममा उनको पेटमा कैँची रहेको देखियो । पछि अर्को शल्यक्रिया गरी उनको पेटमा रहेको कैँची निकालियो । पेटमा त्यति ठूलो कैँची अड्किँदा समेत १३ वर्ष सम्म दुखाइको समस्या नहुनु र केवल खान मन नलाग्ने समस्या मात्र देखिनु आश्चर्यको कुरा भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुको लापरवाहीका कारण १३ वर्षसम्म पेटमा कैँची बोकेका ती पुरुषले अहिलेसम्म उक्त अस्पताल र त्यसका डाक्टर विरुद्ध उजुरी नगरेको हुँदा कुनै कारवाही अगाडि नबढाइएको कजाखको चिकित्सा तथा औषधी नियमन समितिले जनाएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
दुई वर्षका बालिकाको लागि ब्रा बेच्न थालेपछि
दुइ वर्षकी बच्चीले लगाउने ब्रा भन्दै एक कम्पनीले विज्ञापन सुरु गरेपछि त्यसैले ठूलै तरंग ल्याएको छ ।
बेलायतको चर्चित चेन डिपार्टमेन्ट स्टोर जोन लेबिसले २० इनच छाति भएका सानो आकारका ब्रा अनलाइनबाट बेच्न सुरु गरिसकेको छ ।
फूलको छापयुक्त ब्रा सँगै गन्जी र कट्टु समेत उत्पादन गरेर बेच्न थालेपछि त्यसको कडा आलोचना भएको छ ।
विभिन्न अभिभावक फोरममा आबद्ध बेलायतका महिलाहरुले २ वर्षकी बच्चीका लागि ब्रा तथा अण्डरवेयर उत्पादन गर्ने कम्पनीको काम खतरनाक रहेको बताएका छन् । बेलायतको सबैभन्दा ठूलो अभिभावक सम्बन्धित वेबसाइट नेटमम्सका संस्थापक सिओभान फ्रिगार्डले २० इन्च आकारका ब्रा को कुनै आवश्यकता नरहेको भन्दै साना बच्चीहरुलाई महिलाले लगाउने जस्ता अण्डरवेयर लगाउन अनुरोध गर्नु अनैतिक काम भएको बताएका छन् ।
बेलायतको बालबालिका सम्बन्धि च्यारिटी संस्था किडस्केपका प्रमुख कार्यकारी क्लाउडी नाइटले दुइ वर्षका बालिकालाई ब्रा सँग जोड्ने काम अस्विकार्य तथा निकै असोभनीय भएको बताइन् ।
बच्चीका लागि ब्रा भन्दै विज्ञापन र बिक्रि सुरु गरिसकेको जोन लेबिसले त्यसको कटु आलोचना भएपछि गल्ती छोप्ने प्रयास गरेको छ ।
जोन लेविस स्टोरका प्रवक्ताले ती ब्रा को नामाकरणमा गल्ती भएको भन्दै ती २ वर्षका बच्चीहरुलाई नभै किशोरावस्थामा प्रवेश गर्न लागेका केटीहरुका लागि भएको दाबी गरे ।
२० इनच भनिएको भएपनि त्यो २८ इनच छातिवाला केटीहरुलाई ठिक्क हुने खालको ब्रा भएको दाबी उनको छ । सुरुमा बच्चीका लागि ब्रा शीर्षकमा अनलाइनमा विज्ञापन गरी ब्रा बेच्न सुरु गरेको कम्पनीले आफ्नो सुरुको विज्ञापन हटाएको छ ।
बेसारबाट मुख र घाँटीको क्यान्सर रोक्न सक्छ
चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिन्छ । हालै यसको अर्को गुण पनि पत्ता लागेको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धान अनुसार खानामा बेसारको प्रयोगले घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम गर्छ । युनिभर्सिटीको जोसन कम्प्रेहेन्सिभ क्यान्सर सेन्टरमा भएको अनुसन्धानका वैज्ञानिकहरुले मानव ¥याल (सैल्भा) को अध्ययन गरे । यो अध्ययनमा बेसारले ¥यालमा ‘प्रो इन्फलेमेटूी साईटोकाइनेजको मात्रालाई न्यून गर्ने पत्ता लाग्यो जसले मुखमा हुने क्यान्सरको सम्भावना कम गर्छ ।
अध्ययनका लागि अनुसन्धानकर्ताको टोलीले घाँटीको क्यान्सर पीडित २१ महिला सामेल गरिएको थियो । प्रारम्भमा यी रोगको ¥यालको अध्ययन गरियो र फेरि उनीहरुलाई बेसार खान भनियो । बेसार खाएपछि फेरि उनीहरुको ¥यालको परीक्षण गरियो । परिक्षणमा बेसार सेवनपछि ¥यालमा क्यान्सरलाई रोक्ने तत्व भेट्टाइयो ।
मुसा मार्नुस्, मोवाइल पाउनुस्
विभिन्न कम्पनीहरुले आफ्ना सामान बिकाउनका लागि उपभोक्तालाई लोभ्याउन अनेक खाले अफर ल्याउने गरेको त हामीले देखे भोगेकै कुरा हो । कहिलेकाहीँ यस्ता स्किममा भाग लिँदा पुरस्कार पाइयो भने त मज्जै लाग्छ पनि । मानिसहरु जब गुलिया कुरा पत्ताएर यस्ता अफरका पछि दौडिन थाल्छन् तब कम्पनीहरुले पनि नयाँ नयाँ उटपट्याङ अफर ल्याउन थाल्छन् । दक्षिण अफ्रिकाको एक च्यारिटी संस्थाले पनि यस्तै अनौठो खालको अफरको घोषणा गरेको छ ।
उक्त च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु भन्ने नारा सहितको अफर ल्याएको हो । जस अनुसार ६० वटा मुसा मारेको खण्डमा एउटा मोबाइल फोन पुरस्कारको रुपमा पाइनेछ ।
मुसा आतंकबाट प्रभावित दक्षिण अफ्रिकाको अलेक्जान्द्रा सहरमा यस्तो अफर लागु भएको हो । नेल्सन मण्डेलाको गृह क्षेत्रको रुपमा रहेको जोहानेसवर्गको बाहिरी क्षेत्रमा पर्ने अलेक्जान्द्राका बासिन्दाले अब ६० वटा मुसा मारे बापत एउटा मोबाइल फोन पाउनेछन् ।
निकै अस्तव्यस्त तथा फोहोरमैला युक्त वस्ती रहेको अलेक्जान्द्रामा फोहोरकै कारण मुसाको संख्या निकै मौलाएको छ । त्यहाँ मुसाको आतंक यति धेरै छ की रातमा सुतेको बेला बालबालिकाको औँला समेत मुसाले टोकिदिने गरेको छ ।
मुसा नियन्त्रणका लागि सरकारले गाउँलेहरुलाई मुसा मार्ने मुसेरी वितरण गरेको तथा फोन कम्पनी एटटाले मुसा समाउने स्वयंसेवी खटाएको छ । तर यसले समेत मुसा नियन्त्रण हुन नसकेपछि लाइफलाइन नामक एक च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु नामक अफर ल्याएको हो ।
मोबाइल फोन कम्पनी एटटाको आर्थिक सहयोग पाइरहेको उक्त च्यारिटी संस्थाले सोही कम्पनीकै मोबाइल फोनलाई पुरस्कारको रुपमा दिने बताइएको छ ।
गएको नोभेम्बरको तेश्रो हप्ताबाट सुरु भएको यो अफरमा अहिलेसम्म केहीले ६० वटा मुसा मारेर मोबाइल पुरस्कार लगिसकेको बताइएको छ ।

Post a Comment

0 Comments