आलुको वीउ उपचार

– सत्य नारायण श्रेष्ठ (जेटीए)
वीउ स्वच्छ र निरोगी भए बोट राम्रो हुन्छ बोट राम्रो भएमा वालीको उत्पादन राम्रो हुन्छ । त्यसैले हामीले सबै प्रकारका वीउहरुलाई उपचार गरेर मात्र रोप्ने गरेको खण्डमा त्यसबाट राम्रो उत्पादन लिन सकिन्छ ।
सफल आलु खेती गर्न वीउको दर वीउ आलु काट्ने तरिका वीउ आलु टुसाउने, वीउ आलु उपचार आदि कार्यहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
५–६ वटा आलुको टुसा भएको २०–४० ग्राम सम्म तौल भएको आलु वीउको दाना सिङ्गै रोप्ने हो भने ७५–१०० किल्लो सम्म आलुको वीउ एक रोपनीको लागि आवश्यक पर्दछ ।
वीउ आलु ठूलो छ र काटेर रोप्ने हो भने काटेको औजारको माध्यमबाट आलुको वीउमा रहेको रोगहरु एक आपसमा सजिलैसँग सर्ने भएको हुनाले प्रत्येक पटक आलुको वीउ काट्दा काट्ने साधनलाई मट्टीतेलमा डुबाएर काट्नु पर्दछ । प्रत्येक आलुको वीउको टुक्रामा आलुको टुसा २–३ वटा हुनु जरुरी छ ।
काटिएर फिजाएको वीउ आलुमा किसान एम ४५ वा किसान सुरक्षा प्रति लिटर पानीमा २–३ ग्राम का हिसाबले पम्पले वीउमा पर्ने गरी छरिदिनाले रोग लाग्ने वा कुहिने सम्भावना कम हुन्छ ।
वीउ आलु टुसाउनको लागि भण्डारण वाट ल्यााइए पछि रोप्नु भन्दा कम्तीमा २ हप्ता अगाडि हावा खेल्ने, उज्यालो तर सोझै घाम नपर्ने कोठामा पातलो तह बनाइ ओभानो ठाउँमा आलु फिजाइँ राख्नु पर्दछ । रोप्ने वीउ आलुको राम्रो स्वस्थ, छोटो हरियो र मोटो तुसाहरु हुनु आवश्यक हुन्छ । एक मात्र टुसा भएमा जेठा टुसाहरु भाँची अन्य आँखाहरुबाट पनि टुसा आउने मौका दिनुपर्दछ ।
वीउ आलु रोप्न भन्दला एक दिन अगाडि वीउलाई १ लिटर पानीमा २–३ ग्राम भाइटाकेप्स अथवा स्प्रिन्ट अथवा किसान सुरक्षाको घोलमा १० मिनेट डुबाएर ओभानो ठाउँमा फिँजाएर रोप्ने गरेमा पछि लाग्ने धेरै प्रकारका रोगहरु बाट बचाउन सकिन्छ । आलु एकनासले उम्रने हुन्छ र उत्पादन पनि बढी लिन सकिन्छ ।

Post a Comment

0 Comments