महिलासंघको बज्रयोगिनी अधिवेशन

साँखु÷गत आईतबार मंसिर २८ गते साँखुमा नेपाल महिला संघ बज्रयोगिनी इकाईको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनको सभापतित्व नेपाली काँगे्रस बज्रयोगिनी गाउँ इकाईका सभापति विष्णुभक्त गोर्खालीले गर्नुभएको थियो भने निर्वाचन अधिकृतमा अनुप श्रेष्ठको सहभागिता रहेको थियो ।
सो अधिवेशनले जमुना डंगोलको अध्यक्षतामा ११ सदस्यीय नेपाल महिला संघ बज्रयोगिनी गाउँ कमिटी गठन गरेको छ । कमिटीको सचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा आराधना प्रधान, सदस्यहरुमा विन्दिरा श्रेष्ठ, रश्मी श्रेष्ठ, मञ्जु गोर्खाली, शान्ति डंगोल, सुनिता डंगोल, जानकी देवी गोर्खाली, विद्या डंगोल र शकुन्तला डंगोल रहेका छन् ।
त्यसैगरी सो अधिवेशनले क्षेत्रिय प्रतिनिधीमा खुल्ला तर्फ मुनु भैल श्रेष्ठ, जेनमैयाँ श्रेष्ठ, रामदेवी गोर्खाली, सजना श्रेष्ठ र जनजाति तर्फ समिता श्रेष्ठको चयन गरेको छ ।
सो कार्यक्रममा क्षेत्रिय सह–सचिव संगिता श्रेष्ठ, क्षेत्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठ, बज्रयोगिनी इकाईका उपाध्यक्ष सत्य नारायण श्रेष्ठ, क्रियाशील सदस्य तथा क्षेत्रिय प्रशिक्षण विभाग सदस्य गौरिनाथ श्रेष्ठको उपस्थिती रहेको थियो ।

Post a Comment

0 Comments