साँखु बस व्यवसायी संघमा श्रेष्ठ विजयी

साँखु÷गत कार्तिक १५ गते गोदावरीमा सम्पन्न साँखु बस व्यवसायी संघको १४ औँ वार्षिक साधारण सभाले गोविन्द बहादुर श्रेष्ठको नेतृत्वमा निर्विरोध ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।
संघको उपाध्यक्षमा राजु कासुला, सचिवमा एलपी श्रेष्ठ, कोषाध्यक्षमा प्रविण लाल डंगोल तथा सदस्यहरुमा ओम बहादुर कार्की, दलबहादुर थापा, रामहरि मानन्धर, दलबहादुर तामाङ, विष्णुबहादुर श्रेष्ठ, सुवास तिवारी र कुवेर सिं वाईवा विजयी भएका छन् ।
यस अघि प्रविणमान सिं अध्यक्ष हुनुहुन्थ्यो । यस अघि पनि गोविन्द बहादुर श्रेष्ठ साँखु बस व्यवसायी संघको अध्यक्ष भैसक्नुभएको छ । सो साधारणसभामा निर्वाचन अधिकृत न्हुच्छेराज श्रेष्ठ हुनुहुन्थ्यो भने उहाँलाई विष्णुप्रसाद श्रेष्ठ र प्रल्हाद बस्नेतले सहयोग गरेका थिए ।

Post a Comment

0 Comments