भद्रनारीको छात्रवृत्ति कार्यक्रम

साँखु÷गत कार्तिक १३ गते गणेश प्राथिमक विद्यालयमा भद्रनारी जागरण समितिको आयोजनामा काठमाडौं राउण्ड टेबल नं २ ले नगद छात्रवृति कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा गणेश प्राथमिक विद्यालयका ४० विद्यार्थी तथा अन्य विद्यालय गरि १०० भन्दा बढि छात्राछात्रहरुलाई प्रति विद्याथी रु. १ हजार देखि १५ सय वितरण गरिएको थियो । कार्यक्रम भद्रनारी जागरण समितिका अध्यक्ष वीष्णु देवी पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि धिरज गोल्छाले गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक केशबराज श्रेष्ठले गर्नु भएको थियो ।

Post a Comment

0 Comments