साँखु जेसीजको क्यान्सर शीविर सम्पन्न

साँखु÷गत कार्तिक १२ गते डि हाकुज रेष्टुरेण्टमा स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा करिब ७० जना सहभागी थिए ।
ओरियन्टेसनमा सहभागी तथा अन्य समेत गत कार्तिक १५ गते साँखु प्राथमिक विद्यालयमा भएको शीविरमा स्वास्थ्य परिक्षण गराउन आएका थिए ।
सो शीविरको आयोजना नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौ, साँखु जेसीज तथा रोटरी क्लब अफ बागमती थिए । शीविरको लागि विशेष सहयोग नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पतालले गरेको थियो । शीविरमा करिब २५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

Post a Comment

0 Comments