नेपाली काँगे्रस जनमतको सदैव सम्मान गर्दछ – गौतम

(नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका महिला नेतृ प्रतिमा गौतम नेपाल विद्यार्थी संघकै ईतिहासमा पहिलो पटक निर्वाचित महिला महामन्त्री हुन् उहाँ ०६२÷६३ को आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो
उहाँ मुलुककै चर्चित क्षेत्र काठमाडौँ क्षेत्र नं. बाट संविधासभाका लागि नेपाली काँगे्रसको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ यस क्षेत्रमा पटक पटक हस्तीहरु पराजित हुने गर्दछन् यस क्षेत्रमा गत नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका लिलामणी पोखरेलजस्ता चर्चित हस्तीहरु चुनाव लड्दैछन्
हाम्रा व्यवस्थापक सत्यनारायण श्रेष्ठ मेरो उहाँसँग चुनावकै विषयमा गत शनिबार साँखु साल्खाटोलमा कार्यकर्ता भेटघाटको अवसरमा उहाँ सँग कुराकानी भएको थियो सोही कुराकानी आधारित अन्तर्वाताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको सम्पादक)
तपाइँले काठमाडौँको क्षेत्र नं. बाटै उम्मेदवार दिनुको कारण के होला ?
 नेपाली काँगे्रसको इमान्दार कार्यकर्ता मलाई नेपाली काँगे्रसले देशको जुनसुकै भूभागमा खटाउन सक्छ तर पनि यस क्षेत्रकै कामनपा वडा नं. को बासिन्दा भएको कारण यस क्षेत्रबाट मलाई चुनाव लड्ने अवसर दिएकोमा पार्टीलाई धन्यवाद नदिईरहन सक्दिन
त्यसैले मैले यो क्षेत्र रोजेको वा यही क्षेत्रबाट मैले चुनाव लड्न खोजेको भन्दा पनि मलाई यो अवसर पार्टीले दिएको हो पार्टीको यो निर्णयले स्थानीयरुपमा स्थानीय नेता कार्यकर्ताले चुनाव लड्न पाउनुपर्छ भन्ने पक्षको जीत भएको
तपाइँ यस क्षेत्रको उम्मेदवार, यस क्षेत्रको लागि तपाइँको विकासको एजेण्डा के होला ?
 यसै क्षेत्रको बासिन्दा भएको नाताले पनि यस क्षेत्रको विकास निर्माणकोलागि प्रतिवद्ध छु तर अरुले जस्तो चुनावको लागि आश्वासन वा सपना बाँड्दिन मैले जे गर्ने हो काम गरेरै देखाउँछु अहिलेसम्म मुलुकको विकास नेपाली काँगे्रस बाहेक अरुले गरेन सबैको हातहातमा मोबाईल, गाउँगाउँमा बाटोघाटो, घर घरमा रेडियो, टिभी यो सबै नेपाली काँगे्रसले सत्ता चलाएको कारण नै पाएको हो तर जहाँ गरिबी हुन्छ त्यही कम्युनिष्ट हुन्छ भन्ने सिद्धान्त बोकेका पार्टीहरुले विकासको नाममा विनाश बाहेक केही गरेन नेकपा एमालेकै कुरा गर्ने हो भने पनि २०४८ देखि २०५१ सम्म उसले गरेका उपद्रवहरु बिर्सन लायक छन् त्यत्तिखेर सरकारको विरोध गर्नेनाममा सार्वजनिक एवं सरकारी सम्पत्तिको चरम रुपमा विध्वंश मच्चाएका थिए उनीहरुले जुन घटना सम्झँदा पनि पिडा हुन्छ
अर्कोतर्फ नेकपा माओवादीहरुले जनयुद्ध भन्दै विद्रोह गर्ने क्रममा राष्ट्रकै सम्पत्ति जनधन दुवैको अचाक्ली नै क्षति गरे उनीहरुकै कारण आर्थिक रुपमा मुलुक पछाडि परेको हो उनीहरु मुलुकको आर्थिक प्रगति डबल डिजिट बनाउने सपना बाँड्छन् तर कहिल्यै पूरा गर्दैनन् प्रजातन्त्रको पुनस्र्थापनापछि मुलुकमा सबैभन्दा कम आर्थिक प्रगति भनेको गत वर्षको कार्यकालमा भएको हो यस अवधिभर नेपाली काँगे्रसले शासन सत्ता पाएन प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल बाबुराम भट्टराई यी चारैजना प्रधानमन्त्री भएर आर्थिक प्रगति गर्न सकेन अझ उल्टो उनीहरुनै आर्थिक प्रगति गर्ने फोस्रो कुरा गर्दैछन्
तपाइँले यस क्षेत्रबाट चुनाव जित्ने आधार के हो ?
यस क्षेत्रबाट जितेका सबै कम्युनिष्ट नेताहरु चुनाव जितेपछि कहिल्यै फर्केर नआएको कारण यस क्षेत्रका जनताले यो पटक भने काँगे्रस रुखलाई हेरेर बसेका छन् कम्युनिष्टलाई हेरेँ पटक पटक एक पटक हेरौँ काँगे्रसलाई भन्ने अभियान नै गाउँ बस्ती शहरका गल्ली गल्ली सम्म लहर नै चलेको आम जनताको यो भावना नै मेरो जित्ने आधार हो त्यसमाथि नेपाली काँगे्रसको यस क्षेत्रमा चुस्त दूरुस्त एवं शक्तिशाली संगठन त्यसैले यो पटक नेपाली काँगे्रसले यो क्षेत्र जितेर इतिहास रच्नेछ यसै क्षेत्रको बासिन्दा भएको कारण यो क्षेत्रबाट कहिल्यै भाग्न सक्दिन यो मेरो कर्म क्षेत्र हो
तपाइँलाई माधव नेपाललाई जिताउन उम्मेदवारी दिएको भन्ने चर्चा नि ?
यो अफवाह मात्रै हो नेपाली काँगे्रसले पहिलो पटक यो क्षेत्रमा चुनाव जित्दैछ यसैले अत्तालिएर नेकपा एमाले माओवादीका साथीहरुले प्रोपोगाण्डा गरेका हुन् यसमा कुनै सत्यता छैन नेपाली काँगे्रस मात्र यस्तो पार्टी हो जस्ले मुलुकको २४० वटै क्षेत्रमा उम्मेदवारी दिन्छ कहिँ कतै पनि कसैँसँग मिलेमतो गर्दैन अरुले जस्तो जनताको मतको अपमान हुने गरि सम्झौता गर्दैन, जनताको मतको सदैव सम्मान गर्दछ
एक वर्षमा संविधान बनाउन नसके जनमत संग्रहमा जाने एमालेको प्रस्ताव कस्तो लाग्छ ?
पटक पटक सरकारको नेतृत्व लिएर पनि संविधान बनाउन नसक्ने लाछीहरु संविधान नबने जनमत संग्रहमा जाने धमास लगाउँदैछन् संविधान बनाउन नसक्नुको जिम्मेवारी नै नेकपा एमाले नेकपा एमाओवादीले लिनुपर्दछ भलै नेपाली काँगे्रसको केही कमी कमजोरी होला तर जस्ले सत्ता पाएको उसको जिम्मेवारी अधिक संविधान बनाउन बन्दूक हैन कलमको आवश्यकता जबसम्म यो विषयको ज्ञात हुँदैन तबसम्म संविधान बन्दैन
नेपाली काँगे्रसले प्रजातन्त्र, आवधिक निर्वाचन, पे्रस स्वतन्त्रता, बहुलवाद, व्यक्तिगत स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, विचारको स्वतन्त्रता आदिलाई पावन्दी लगाउने खालका कुनै पनि विषय स्विकार्दैन यो काँगे्रसको वटम लाईन हो यो बाहेकका विषयमा केही लचिलो हुन सकिन्छ त्यसैले एमालेले आफूले केही नगर्ने जनमत संग्रहमा जाने जस्तो अमूर्त कुरा गर्नुको कुनै तुक छैन जनतालाई भ्रम छर्नुको कुनै अर्थ छैन
गत संविधानसभाबाट संविधान नबन्नुको दोष कस्को ?
मूलतः नेकपा एमाओवादी एमालेको हो किनकी उनीहरुले जातियताका कुरा निकालेर ककसको बखेडा झिकेर संविधान बन्न नदिएको हो अझ एमाओवादीका प्रचण्ड बाबुरामको सत्तालोलुपताको कारण संविधानसभा विघटन गरिएको हो नत्र संविधानमा सहमति भएका बुँदाहरुलाई जारी गरेर बाँकी विषयमा विषयगत रुपमा जनमत संग्रह वा चुनावमा जान सकिन्थ्यो उनीहरुको अप्रजातान्त्रिक सोचका कारण संविधान सभा विघटन भई संविधान बन्न नसकेको हो
अब आउने संविधानसभाबाट चाहिँ संविधान बन्ने ग्यारेन्टी के ?
आगामी संविधानसभामा नेपाली काँगे्रसले बहुमत ल्याएर संविधान बनाउँछ नेपाली काँगे्रस मात्र यस्तो पार्टी हो जसले मुलुकमा भएको जुनसुकै परिवर्तनको नेतृत्व गरेको परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी समेत निर्वाह गरिसकेको गत संविधानसभामा कम्युनिष्टहरुको बहुमत भएकै कारण संविधान नबनेको हो यसपटक नेपाली काँगे्रसले बहुमत ल्याएर उनीहरुलाई पनि आफ्नो एजेण्डामा सहमत गराएर महिनामा संविधान बनाउँछ स्थानीय निकायको निर्वाचन गराउँछ वर्षमा संविधानसभाबाट संविधान जारी गर्ने दायित्व पनि पूरा गर्दछ
माओेवादी जनयुद्धले मुलुक बिगा¥यो भनिन्छ, यसमा तपाइँको विचार
 यसमा सहमत छु उनीहरुले मुलुकमा भएको भौतिक संरचनाहरु बिगारे, भत्काए यसले गर्दा मुलुकले आजको दूर्गती भोग्नु परेको हो यदि नेकपा माओवादीले जनयुद्धको नाममा भौतिक संरचना नभत्काएको भए मुलुकमा अहिले पनि दोहोरो अंकको आर्थिक प्रगति भईरहेको हुन्थ्यो तर आफैले बिगारेर अहिले दोहोरो अंकको प्रगति, भ्यागुतोको उफ्राई भन्दै कराउनुको कुनै तात्पर्य देखिएन जनताका छोरा छोरीलाई बन्दूक बोकाउने तर आफ्ना छोरा छोरीलाई सुविधासम्पन्न ठाउँमा पढाउने जस्तो अनैतिक काम गरेका छन् सारा जनतालाई गरिब बनाएर आफ्नो दुनो सोझ्याउने काम गरिएको यसमा एमाले पनि उत्तिकै जिम्मेवार
उम्मेदवार सुरक्षाको लागि नेपाली काँगे्रसले के पहल गरेको ?
उम्मेदवारको सुरक्षा नेपाली काँगे्रसले हैन सरकारले गर्नुपर्दछ नेपाली काँगे्रस पार्टी अरु जस्तो लडाकु पालेर हिँड्ने पार्टी हैन सदैव जनताबीच आफूलाई सुरक्षित ठान्छ यदि जनतामा जान नदिने गरि कुनै गतिविधी हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्दछ यसैले उम्मेदवारको सुरक्षा एवं शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हो पार्टीभित्र प्रचार प्रसारका आन्तरिक तयारी गरिएको प्रतिकारको कुनै योजना नभएतापनि हातमा दही जमाएर भने नेपाली काँगे्रसका तरुण नेविसंघका विद्यार्थीहरु पनि बस्दैनन् यो कुरा सबैले बुझ्दा हुन्छ
नेकपा (–) माओवादी लगायत ३२ दल चुनावमा आएन, यसले संविधान बन्नमा के कस्तो असर गर्छ ?
उनीहरु चुनावमा आउनुपथ्र्यो किनकी यत्रो ठूलो अवसर बारबार आउँदैन जनताले आफैले संविधान बनाउन पाउने अवसरको उपयोग गरिनु पर्दथ्यो तर कुनै राजनैतिक शक्ति उनीहरु नआओस् भन्ने चाहन्थ्यो उनीहरु अझै पनि मुलुकमा द्वन्द्व बढोस् भन्ने चाहन्छन् यसले गर्दा उहाँहरु आउन पाउनुभएन तापनि उहाँहरुसँग समन्वय गरेरै अगाडि बढेको भए राम्रो हुने मेरो विचार
राप्रपा नेपालले संवैधानिक राजतन्त्रको कुरा आफ्नो घोषणापत्रमै उठाएर चुनावमा होमिएको यसमा तपाइँको विचार
राजतन्त्रको यो मुलुकमा अब आवश्यकता रहेन त्यसैले अब राजतन्त्र कुनै पनि हालतमा फर्किँदैन सेतो हात्तीलाई पाल्न सकिँदैन त्यसैले यो दिवास्वप्न बाहेक केही हैन
मुलुकमा कस्तो प्रकारको संघियता हुनुपर्छ जातिय वा अन्य ?
 नेपाली काँगे्रसका उम्मेदवार भएको नाताले पनि पार्टीले लिएको प्रदेशको नीतिमा अडिग छु मेरो आफ्नो व्यक्तिगत विचारको यसमा कुनै स्थान हुँदैन
यस क्षेत्रको साझा समस्या के देख्नुभएको ?
विकास निर्माणमा पछाडि पर्नु नै यस क्षेत्रको प्रमुख समस्या हो कृषि क्षेत्रमा वैज्ञानिक ढंगले काम हुनुपर्छ किसानको पहुँचमा वृद्धि नहुनु अर्को समस्या हो यस क्षेत्रमा पटक पटक जितेका कम्युनिष्ट नेताहरुले आफ्नो क्षेत्रलाई हेरेन यहाँबाट नाङ्लेभारे हुँदै मेलम्ची जाने सडकको स्तरोन्नती हुनुपर्दछ यो मार्ग तिब्बत जाने सिल्क रोड भएकोले यसको विकास नै यो क्षेत्रको विकासको लागि कोसेढुङ्गा हुन सक्तछ ।काँगे्रस जितेको अधिकांश क्षेत्रमा विकासको गति तेज भएको पाएको छु यस हिसाबले यो क्षेत्र ठगिएको महसुस गरेको छु मैले यो क्षेत्रको विकास निर्माणमा ठोस भूमिका निर्वाह गर्ने प्रण गर्दछु
पत्रकारहरुको भूमिका निर्वाचनको लागि कस्तो हुनुपर्छ ?
पत्रकारहरुको निर्वाचनको लागि अहम भूमिका हुने गर्दछ जुन ढंगले नक्कली प्रचार प्रसार गरिएका छन् निर्वाचन आचार संहितालाई तोड्ने काम भएको त्यसबारे पत्रकारहरुले स्पष्ट कुरा राख्नुपर्दछ पत्रकारहरु सजग भए मात्रै देश निर्माणमा अग्रगामी भूमिका खेल्न सकिन्छ आगामी चुनावमा प्रजातन्त्रको पक्षमा नेपाली काँगे्रसको पक्षमा पत्रकारहरुले सही, सत्यतथ्य प्रचारप्रसार गरेमा पक्कै नेपाली काँगे्रसले जित हासिल गर्नेछ संविधान बनाउन प्रजातान्त्रिक हक अधिकार सुरक्षित गर्न पनि पत्रकारको महत्वपूर्ण भूमिका हुन्छ पत्रकारिताको भविष्य सुनिश्चित पार्न एवं सूचनाको हककै लागि समेत पत्रकारहरुले नेपाली काँगे्रसलाई साथ सहयोग गर्नु आवश्यक
स्थानीय निकाय नेतृत्वविहीन भएको कारण गाउँ गाउँमा भ्रष्टाचार मौलाएको यसलाई हटाउने उपाय के ?
संविधानसभाको चुनाव लगत्तै महिनाभित्र स्थानीय निकायको चुनाव गरेर जनप्रतिनिधी पूनस्र्थापित गरिएपछि गाउँ गाउँको विकास निर्माणको विषय, भ्रष्टाचार बढेको विषय आफै हराएर जानेछन् आवधिक निर्वाचन नै सबै कुराको रामवाण औषधी हो नेपाली काँगे्रस जनतामा विश्वास गर्ने पार्टी भएकोले आवधिक निर्वाचनको पक्षमा
स्थानीय निकायको चुनाव संविधान नबनी कसरी गर्न सकिन्छ ?
संविधान निर्माण गर्ने एउटा प्रोसेस तर विकास निर्माणको लागि जनप्रतिनिधीको अन्तरिम रुपमै भएपनि व्यवस्था नगरि हुन्न बरु ÷ वर्षकै लागि भएपनि स्थानीय निकायको चुनाव गर्न सकिन्छ चुनावविना समस्याको समाधान हुन सक्तैन
तपाइँको निकटतम प्रतिद्वन्द्वी को होला ?
 यो क्षेत्रमा जित्छु तर मेरो निकटतमप्रतिद्वन्द्वी को भनेर क्लियर भएको छैन तापनि एमालेका माधव नेपाल एमाओवादीका लिलामणीमध्ये एकजना प्रतिस्पर्धी हुने अनुमान गरेको छु
काठमाडौँ क्षेत्र नं. को केन्द्रविन्दु साँखु हो यस नगरीको विकासको लागि तपाइँसँग के योजना ?
यो सहर पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण नगरी हो यस नगरीको विकासको लागि हामीसँग प्रशस्त योजनाहरु छन् तापनि समग्ररुपमा भन्नपर्दा बज्रयोगिनी, मणिचुड, शालिनदी क्षेत्रको विकासको लागि गुरुयोजना बनाएर जानु आवश्यक रहेको तर अहिले मैले यो गर्छु त्यो गर्छु भन्दा चुनावको लागि मात्रै भनेको जस्तो भान पर्छ तर मैले चुनाव जित्छु हाम्रो पार्टीको सरकार हुने भएकोले यस क्षेत्रको सर्वाङ्गिण विकासको लागि पहल गरिरहने वाचा गर्दछु
अन्तमा यस पत्रिकामार्फत् आफ्ना केही भनाई राख्न चाहनुहुन्छ कि ?
 यस क्षेत्रका आम जनसमुदायसँग एउटै कुराको आग्रह गर्छु तपाइँहरुले प्रजातान्त्रिक शक्तिलाई अगाडि बढाउनुभयो भने मात्रै देशको समग्र विकास हुन्छ अरुलाई पटक पटक हेर्नुभो एक पटक नेपाली काँगे्रसलाई हेर्नुस् यस पार्टीले तपाइँको भविष्यको ग्यारेन्टी गर्दछ प्रजातान्त्रिक शक्ति पराजित भयो भने मुलुक अगाडि बढ्दैन त्यसैले संविधान बनाउन, विकास निर्माण गर्नको लागि प्रजातन्त्रको स्थायित्वको लागि नेपाली काँगे्रसलाई जिताउन आग्रह गर्दछु यस पटकमुख हेरेर हैन रुख हेरेर मत दिन आग्रह गर्दछु सबै जनसमुदायलाई शुभ दिपावली, छठ पर्वको शुभकामना एवम् नेपाल सम्वत ११३४ न्हुदँया भिन्तुना भन्न चाहन्छु

नेपाली काँगे्रसले पहिलो पटक यो क्षेत्रमा चुनाव जित्दैछ यसैले अत्तालिएर नेकपा एमाले माओवादीका साथीहरुले प्रोपोगाण्डा गरेका हुन् यसमा कुनै सत्यता छैन नेपाली काँगे्रस मात्र यस्तो पार्टी हो जस्ले मुलुकको २४० वटै क्षेत्रमा उम्मेदवारी दिन्छ कहिँ कतै पनि कसैँसँग मिलेमतो गर्दैन अरुले जस्तो जनताको मतको अपमान हुने गरि सम्झौता गर्दैन, जनताको मतको सदैव सम्मान गर्दछ

Post a Comment

0 Comments