२०७८ पौष २५ गते लावण्य/साँखु । शारदा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारण सभा तथा १५ औँ स्थापना दिवसमा १०० वर्षका वृद्धहरूलाई सम्मान गर्दै यही पौष २४ गते सम्पन्न भएको छ । सो अवसरमा संस्थापक सदस्यः शंख नारायण श्रेष्ठ र ईन्दिरा श्रेष्ठका सुपुत्रः इशान श्रेष्ठले एस.ई.ई परीक्षामा ४ जीपीए ल्याएकोमा उहाँलाई सम्मान गरिएको थियो । यस संस्थाको १५ औँ साधारण सभाबाट सर्वसम्मतीबाट श्री भक्त श्रेष्ठको अध्यक्षतामा, सचिव शंखरमान श्रेष्ठ, कोषाध्यक्ष ईन्द्र लाल श्रेष्ठ, वरिस्ठ सदस्यमा शारदा देवी श्रेष्ठ, सदस्यमा सर्मिला राज भण्डारी, बिमला श्रेष्ठ र बा…
– क्रिस्टिना श्रेष्ठ – २०७८ पौष २५ गते लावण्य/साँखु । सक्व ज्ञानमाला भजन खलः साँखु र माधवनारायण महिला भजन मण्डल साँखुको संयुक्त आयोजनामा यही २०७८ साल माघ १२ गते सामूहिक ईही (बेलविवाह) गरिने भएको छ । त्यर्सैगरी सोही समूहले माघ १३ गते बेलुका सामूहिक बाह्रा तयेगु (गुफा राख्ने) र माघ १४ गते बाह्रा पिकायेगु (गुफा निकालिने) कार्य गरिने भएको छ । नेवार समुदायमा करीब ५, ७ र ९ वर्षको उमेरमा ईही (बेल विवाह) गर्ने प्रचलन रहेको छ । यो परम्परा अनुसार कन्याकेटीहरुको विवाह बेल अर्थात् सुवर्ण कुमार सँग विवाह गराईन्छ । यो विवाह पछि सूर्यदर्शन अर्थात् सूर्य सँग…
लावण्य/साँखु । राष्ट्रिय बाणिज्य बैंक, थली शाखाले एटिम मेशिन सञ्चालनमा ल्याएको छ । कागेश्वरी मनोहरा न.पा. वडा नं. ५, मिलन चोक, थलीमा रहेको शाखाले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार शाखा कार्यालय रहेकै भवनमा २०७८ साल पौष २३ गते देखी एटिम मेशिन सञ्चालनमा ल्याएको हो । एटिम सञ्चालनमा आए सगै बैंकका ग्राहकहरुले आफुलाई आवश्यक समयमा बैंकको काउन्टर सम्म पनि नगई सहजै तथा तुरुन्तै नगद झिक्न सक्ने छ । शाखाले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसारनै अन्य सुबिधाहरु मोवाईल बैंकिङ्ग, इन्टरनेट बैँकिङ्ग, चेक क्लियरिङ सुबिधा…
लावण्य/साँखु । ऐतिहासिक धार्मिक तीर्थस्थल सालिनदीमा प्रत्येक बर्ष पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमा सम्म बस्ने माधब नारायण व्रत यस बर्ष पनि स्वास्थ मापदण्ड पूरा गरी सञ्चालन गरिने भएको छ । सो विषयमा यही पौष २८ गते बुधवार बिहान ११ः३० बजे साँखुको भक्ति बाम्बो कटेज एण्ड पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरिने भएको छ । समितिले प्रत्येक वर्ष माघ मेला सञ्चालन हुनु केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै आईरहेको छ । यस वर्ष ओमिक्रोन भाईरसको प्रकोपका कारण स्वास्थ्य मापदण्ड पालना गरेर व्रत पूजा र मेला सञ्चालन गरिने भएको छ ।
स्कूल १५ गतेसम्म विदा, सेमी लकडाउनको अवस्था लावण्य/साँखु । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राप्रपालगायतका दलले आग्रह गर्दै आएपनि संघीय सरकार मौन बसेको छ । हरेक वर्षको पुस २७ गते ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको जन्मदिनलाई पृथ्वी जयन्तीको रुपमा मनाउने गरिन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन आग्रह गर्दै पुस १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पेश गरेका थिए । सो क्रममा देउवाले बिदा दिनेबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर निर्णय गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै निर्णय …
२०७८ पौष २४ गते लावण्य/साँखु । शालिनदी यातायात प्रा.लि. साँखुको तेस्रो साधारणसभाको उद्घाटन गर्दै नेपाली काँगे्रसका वागमती प्रदेशका सभापति एवं वागमती प्रदेशसभामा नेपाली काँगे्रस संसदीय दलका नेता ईन्द्र बहादुर बानियाले राजनीति गर्ने नेता कार्यकर्ताहरुको आफ्नै आयमूलक व्यवसाय वा रोजगार हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीति सेवामूलक पेशा भएकोले यसबाटै लाउने खाने भनेर आउनेहरुका कारण भ्रष्टाचार बढ्ने बताउनुभएको छ । शालिनदी यातायात प्रा.लि.मा आवद्ध सय भन्दा बढी व्यवसायीहरु भएतापनि नियमित बस चलाउने व्यवसायी भने लगभग आधा मात्रै भएको सो अवसरमा बताइएको…
सामाजिक संजाल