राजनीति सेवा मूलक भएकोले राजनीति गर्छु, भन्नेले आफ्नो व्यवसाय गर्नुपर्ने– बानिया



 २०७८ पौष २४ गते

लावण्य/साँखु । शालिनदी यातायात प्रा.लि. साँखुको तेस्रो साधारणसभाको उद्घाटन गर्दै नेपाली काँगे्रसका वागमती प्रदेशका सभापति एवं वागमती प्रदेशसभामा नेपाली काँगे्रस संसदीय दलका नेता ईन्द्र बहादुर बानियाले राजनीति गर्ने नेता कार्यकर्ताहरुको आफ्नै आयमूलक व्यवसाय वा रोजगार हुनुपर्ने बताउनुभएको छ ।
उहाँले राजनीति सेवामूलक पेशा भएकोले यसबाटै लाउने खाने भनेर आउनेहरुका कारण भ्रष्टाचार बढ्ने बताउनुभएको छ ।
शालिनदी यातायात प्रा.लि.मा आवद्ध सय भन्दा बढी व्यवसायीहरु भएतापनि नियमित बस चलाउने व्यवसायी भने लगभग आधा मात्रै भएको सो अवसरमा बताइएको थियो ।
कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ का नेता उपेन्द्र कार्की, नेका क्षेत्र नं. २ का सभापति कविर शर्मा, राप्रपाका नेता रमेश नापित, राप्रपा क्षेत्र नं. २ का सभापति राजु विष्ट, शंखरापुर नपा वडा नं. ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम रामेश्वर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य ओमबहादुर कार्कीले दिनुभएको थियो । कार्यक्रममा यातायात व्यवसायीहरुलाई खादा ओढाई सम्मान गरिएको थियो ।

Post a Comment

0 Comments