२०७८ पौष २५ गते
लावण्य/साँखु । शारदा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५औँ साधारण सभा तथा १५ औँ स्थापना दिवसमा १०० वर्षका वृद्धहरूलाई सम्मान गर्दै यही पौष २४ गते सम्पन्न भएको छ ।
सो अवसरमा संस्थापक सदस्यः शंख नारायण श्रेष्ठ र ईन्दिरा श्रेष्ठका सुपुत्रः इशान श्रेष्ठले एस.ई.ई परीक्षामा ४ जीपीए ल्याएकोमा उहाँलाई सम्मान गरिएको थियो । यस संस्थाको १५ औँ साधारण सभाबाट सर्वसम्मतीबाट श्री भक्त श्रेष्ठको अध्यक्षतामा, सचिव शंखरमान श्रेष्ठ, कोषाध्यक्ष ईन्द्र लाल श्रेष्ठ, वरिस्ठ सदस्यमा शारदा देवी श्रेष्ठ, सदस्यमा सर्मिला राज भण्डारी, बिमला श्रेष्ठ र बाल कृष्ण श्रेष्ठ, लेखा समिति संयोजकमा कुश कुमार श्रेष्ठ, सदस्यमा रामहरि मानन्धर र सुशिल श्रेष्ठ चयन गरिएको छ ।
0 Comments
Thanks for your concerns