साँखुमा सामूहिक ईही (बेल विवाह) र गुफा राख्ने कार्य (सूर्यदर्र्शन) गरिने !



– क्रिस्टिना श्रेष्ठ –

२०७८ पौष २५ गते

लावण्य/साँखु । सक्व ज्ञानमाला भजन खलः साँखु र माधवनारायण महिला भजन मण्डल साँखुको संयुक्त आयोजनामा यही २०७८ साल माघ १२ गते सामूहिक ईही (बेलविवाह) गरिने भएको छ ।

त्यर्सैगरी सोही समूहले माघ १३ गते बेलुका सामूहिक बाह्रा तयेगु (गुफा राख्ने) र माघ १४ गते बाह्रा पिकायेगु (गुफा निकालिने) कार्य गरिने भएको छ । 

नेवार समुदायमा करीब ५, ७ र ९ वर्षको उमेरमा ईही (बेल विवाह) गर्ने प्रचलन रहेको छ । यो परम्परा अनुसार कन्याकेटीहरुको विवाह बेल अर्थात् सुवर्ण कुमार सँग विवाह गराईन्छ । यो विवाह पछि सूर्यदर्शन अर्थात् सूर्य सँग विवाह र त्यसपछि मात्रै केटा केटीबीच विवाह गरिन्छ ।

सानो उमेरमै बेलसँग विवाह गरिने भएको हुँदा नेवार कन्याहरु कहिल्यै विधवा हुँदैन भन्ने भनाई रहेको छ ।

नेवार कन्याहरुले बेलविवाहमा सिउँदोमा सिन्दूर हाल्ने गर्दछन् । सामूहिक ईहीको लागि  आफ्ना छोरी चेलीहरुको नाम लेखाउन चाहनेले केही शुल्क समेत बुझाउनु पर्ने हुन्छ ।

आयोजक समितिले यही माघ १० गतेभित्र रञ्जन श्रेष्ठ (९८०८३३९७८४), ईन्द्रलक्ष्मी श्रेष्ठ (९८०३७२५२५०) र कृष्ण सायमी (९८४१३९७४३८), दुर्गा श्रेष्ठ (९८४१६३९०२९ सँग सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

Post a Comment

0 Comments