लावण्य/साँखु । राष्ट्रिय बाणिज्य बैंक, थली शाखाले एटिम मेशिन सञ्चालनमा ल्याएको छ ।
कागेश्वरी मनोहरा न.पा. वडा नं. ५, मिलन चोक, थलीमा रहेको शाखाले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसार शाखा कार्यालय रहेकै भवनमा २०७८ साल पौष २३ गते देखी एटिम मेशिन सञ्चालनमा ल्याएको हो । एटिम सञ्चालनमा आए सगै बैंकका ग्राहकहरुले आफुलाई आवश्यक समयमा बैंकको काउन्टर सम्म पनि नगई सहजै तथा तुरुन्तै नगद झिक्न सक्ने छ ।
शाखाले अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता अनुसारनै अन्य सुबिधाहरु मोवाईल बैंकिङ्ग, इन्टरनेट बैँकिङ्ग, चेक क्लियरिङ सुबिधा, डेविट कार्ड, क्रेडिट कार्ड, नेपाल सरकारको राजस्व जम्मा गर्ने सुबिधा, पेन्सन भुक्तानी लगायत बिबिध सुबिधा प्रदान गरिरहेको छ । त्यसैगरी डिम्याट खाता, मेरो सेयरको सुबिधा पनि उपलब्ध गराईरहेको र शेयर आवेदन गर्दा कुनै पनि शःसुल्क नलिने ब्यबस्था मिलाएको छ । शाखा बाट निकट भबिष्यमा सुन कर्जा समेत उपलब्ध गराउने तयारी गरिरहेको छ ।
शाखाबाट ग्राहकको आवश्यकता अनुसारका बिभिन्न किसिमका कर्जाहरु (ब्यबसायिक तथा व्यक्तिगत प्रकृतिका) प्रतिस्पर्धि ब्याजदरमा दरमा उपलब्ध गराउदै आईरहेको छ । यसका साथै नेपाल सरकारबाट घोषणा भएको सहुलियत ब्याजदर सहितको कर्जा पनि न्युन ब्याजदरमा उपलब्ध गराई यस क्षेत्रमा उद्यमशिलता बिकासमा सहयोग पु¥याईरहेको छ ।
बैंकको हाल सातै प्रदेश, ७७ वटै जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
0 Comments
Thanks for your concerns