२२ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । २०३९ सालमा भर्खरै जनमत संग्रह सकिएर पहिलो राष्ट्रिय पञ्चायतको निर्वाचन र नगर पञ्चायत तथा गाउँ पञ्चायतको निर्वाचन भईसकेको थियो । त्यत्तिखेर सक्रिय राजतन्त्र थियो । त्यत्तिबेला हामीले करीब २२ रुपैयाँ महिनाको शुल्क विद्यालयलाई बुझाउनु पथ्र्यो । त्यो पैसा नभएर मुमा बुबाले वर्षको एक्कैचोटी धान बेच्ने बेलामा बुझाउनुहुन्थ्यो । त्यत्तिखेरको एउटा स्कुलमा भएको घटना याद आउँछ । पहिलो त्रैमासिक परीक्षा बैशाख मा हुन्थ्यो किनकी त्यत्तिबेला फाल्गुनमा भर्ना सुरु हुन्थ्यो । महिना फी तिर्न नसकेपनि परीक्षा दिन गएका विद्यार्थ…
२२ मंसिर २०७९, बिहीवार लावण्य/साँखु । यही आउँदो पौष २२ गते देखि सुरु हुने श्री माधवनारायण व्रतको तयारी सुरु भएको छ । आजै सुरजनारायण श्रेष्ठ र उहाँका धर्मपत्नी सविना श्रेष्ठले माधवनारायण समक्ष किसली चढाएसँगै कजी र कजिनी तोकिएको छ । उहाँहरुसँगै माधवनारायण देवता बोक्न (द्यः ज्वनिम्ह) को लागि सहन श्रेष्ठलाई जिम्मेवारी दिइने भएको छ ! सामान्यतया द्यः ज्वनिम्ह कजीले आफ्नै बिश्वासिलो व्यक्तिलाई राख्ने गरिन्छ । देवता बोक्ने व्यक्तिलाई माघ महिनाभर (व्रत अवधिभर) म्ह्याय्मचाको रुपमा लिईन्छ । माधव नारायण व्रत सञ्चालनको लागि तयारी स्वरुप थिंलाथ्व द्वादशीका…
२१ मंसिर २०७९, बुधवार लावण्य/साँखु । मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गरेसँगै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार स्वीट्जरल्यान्डलाई हराएसँगै पोर्चुगल क्वार्टरफाइनल पुग्ने अन्तिम टिम बन्यो । त्यसअघि सन् २०१० को विजेता स्पेनलाई हराएर मोरोक्को जारी विश्वकपको क्वार्टरफाइनल पुग्ने सातौं र एकमात्र अफ्रिकी राष्ट्र बनेको थियो । क्वार्टरफाइनलमा युरोपका पाँच टिमले स्थान बनाए । दक्षिण अमेरिकाबाट दुई र अफ्रिकाबाट एक टिमले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । अन्तिम–१६ मा एसियाका तीन राष्…
नेपाल विभिन्न जातजाति र संस्कृतिले भरिएको देश हो । त्यसैले यहाँ कुनै पनि जात जातिको कुरा गर्नासाथ ऐतिहासिक र सांस्कृतिक विषयहरु उठान हुने गर्दछ । साथै संस्कृतिका कुराहरु पनि सँगैसँगै आउँछ । नेपालमै सबैभन्दा बढी पढिने आफ्नै संस्कृति अनुसार घरघरमा पढिने पुस्तक स्वस्थानी हो । स्वस्थानीमा वर्णित लावण्य देश साँखु हो कि होईन विवादको विषय हुनसक्छ तर महाभारत वा रामायण पढ्दा जसरी लंका कहाँ छ वा महाभारतको युद्ध भएकै होईन भन्ने जस्ता विवाद उत्पन्न हुने गर्दछ । अझ रामको विषयमा त उनी मर्यादा पुरुषोत्तम नभई घमण्डी समेत भन्ने गरिएको छ । त्यसैगरी स्वस्थानीको …
यसपटक पनि अपेक्षाकृत बदर मत उल्लेख्य रहेको समाचार छ । मतगणना पनि पहिलेजस्तै ढिलो र अस्तव्यस्त रहेको छ । अर्थात्, निर्वाचन व्यवस्थापनमा विगतको अनुभवबाट कुनै पाठ सिकिएको छैन भन्न सकिन्छ । यस्तै पुनः मतदानको मागलगायतका विवादका सम्बन्धमा पनि निर्वाचन आयोगले बेलैमा निर्णय गर्न सकेको छैन । फलस्वरूप, केही क्षेत्रको मतगणना रोकिएको छ । यसले पनि निर्वाचन व्यवस्थापन समग्रमै त्रुटिपूर्ण रहेको स्पष्ट हुन्छ । अधिकांश मतदान केन्द्रको संरचना मतदातामैत्री थिएनन् । विशेषगरी अपाङ्गता भएका, गर्भवती र बूढापाकाका लागि मतदान स्थलसम्म पुग्न र मत खसाल्न सजिलो थिएन । न…
– जंगली राजकुमार प्रधान पौराणिक नाम चिसापानी इलाका पालुङ सहर जहाँ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व साँस्कृतिकरुपमा रहेको छ । भाग–२ यसरी इन्द्रायणी माइको साह्रै विश्वासिलो देउलाहरु मध्ये लाजिमान देउलाका पूजनीय बाजेहरुले सयौँ वर्ष अगाडिदेखि श्री इन्द्रायणी देवीको सेवा र सुसार गरी आएका पुस्ताहरुमध्ये हाल थाहा पाएसम्म लाजिमानका छोरा सानुकाले देउला, सानुकाले देउलाका छोरा चन्द्रमान देउला, चन्द्रमान देउलाका छोरा कृष्णमान देउला, कृष्णमान देउलाका छोरा बुद्धिलाल देउला हालसम्म पनि श्री इन्द्रायणी देवी माताको मुख्य हर्ताकर्ताको रुपमा जिम्मेवारी सम्हाल्…
सामाजिक संजाल