लावण्य/साँखु । साँखुको चलाखु टोल सुधार समितिको आयोजनामा साँखु बजारमै पहिलो पटक भ्वय् छेँ निर्माण हुने भएको छ ।
भ्वय् छेँ निर्माणको लागि चलाखु टोल सुधार समितिले यही चैत्र ६ गते चलाखु टोलको धलंकोमा बिजा पोखरी सँगैको सार्वजनिक जग्गामा मेयर सुवर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा बिहान करीब ९ः३० बजेतिर सिलान्यास गराएको छ ।
सो सिलान्यास कार्यक्रमपछि सोही दिन चलाखु टोल सुधार समितिले आफ्नो टोलका सदस्यहरुलाई बिहान समयवजी र साँझ नेवाः भोज खुवाएको थियो ।
चलाखु टोल सुधार समितिका अध्यक्ष प्रज्ज्वल सिंका अनुसार सो भ्वय् छेँ करीब ३ करोडको लागतमा बन्न लागेको हो । सो भ्वय्छेँको लागि यस वर्ष १३ लाख रुपैयाँ नगरपालिकाबाट विनियोजन भएको छ । यसको लागि आवश्यक रकमको जोहो नगरपालिका र चलाखु टोल सुधार समितिले सहयोग संकलन गरी गर्नेछ ।
चैत्र ७ गते हलिं नेवाः गुथिको महाधिवेशनमा आउने करीब २ हजार पाहुनाहरुलाई चलाखु टोल सुधार समितिले सगुन प्रदान गरेको थियो ।

0 Comments
Thanks for your concerns