सस्तो लोकप्रियता कहिले सम्म


समसामयिक विचार

– भरत दंगाल
शंखरापुर नगर परिषद असार १० गते बसेछ , सामाजिक सञ्जाल बाट देख्न पाइयो । मेयर सापका वाणीहरु छरपस्ट भएका छन । आफ्नो सुविधाको नयाँ गाडि खरिद गर्ने प्रस्ताव अस्विकार गरेका रे ! गज्जब लाग्यो । सायद चढ्ने गाडि हुँदाहुँदै प्रस्ताव गर्ने पनि आफ्नै गोजिका मान्छे थिए होलान् । जनताले त ए मेयर साप भर्खर तीन वर्ष पनि नपुगेको पजेरो गाडि छोड, नयाँ गाडि चढ भनेका पनि छैनन, बरु भन्ने वाला छन् तीन वर्ष पनि नपुगी तिमीले चढेको पजेरो पुरानो कसरी बनायौ ? सामाजिक सञ्जाल भरी कार्यकर्ताहरु चिच्याउदै छन्, मेयर सापले गाडि सुविधा अस्विकार गर्र्नुभयो । शंखरापुरका मेयर बालुवा बोक्ने ट्रिपर गाडिमा अफिस जाने आउने हुन् कि के हो ? कार्यकता जति मेयर सापले सुविधाको गाडि अब चढदैनन् भन्दै हिडेका छन् । हैन के त्यो गाडी काभ्रेका गोविन्द उपे्रतिको जस्तो बाटोमा प्यारुङगोमा कुखुरा बोकेर छोरीको घर हिडेको मान्छेलाई कहाँ हिड्यौ भनेर रोकेर यात्रा गराउने खालको हो र ? कि ओखलढुङगाका राम हरी खतिवडा जस्तो खुट्टा भाँचिएको मान्छे देखे पछि अस्पताल सम्म पु¥याइदिने खाल्को थियो र ? कि प्रसव पिडामा रहेकी  सुत्केरी महिला बोक्ने गथ्र्योे र ?
किन बाँड्नु हुन्छ सस्तो लोकप्रियता, गाडि चढेकै छ तीन वर्ष अघिको होस या नयाँ । हिजो बाल्यकालमा हामी एक मुठी भटमास चपाएर पानी पिएको र च्यातिएको कपडामेै स्कुल गएको याद गरौँ । आज जुन गाडि चढ्नु भएको छ नि हो त्यो पनि हाम्रो भुगोल र जन्ताको जीवनस्तर हेर्दा छातिमा टेकेर गुडाएको अनुभव भएको छ, पोलेको छ यो छाति अझ भनौ हामिलाई हिलो मैलो बनाएको छ त्यो गाडीले ।
पित्तल पगालेर सुन हुन सक्दैन, बेसार दलेर पनि झन हुनेवाला छैन । हेक्का रहोस राजेन्द« महतो राष्ट्रवादि र दिपक मनाङगे सदाचारी समयले बनाउँदो रहेछ । आज हिजोको भन्दा राम्रा देखिने कामहरु हुन सकेका छैनन्, असारे बजेटले झन जनता हिलाम्मे भएका छन् भुकम्पले थिचिएका जनता कोरोनाले पिल्सिएका छन् पिडामा छन् किसानहरुलाई रासायनिक मलको हाहाकार छ ।
मदन भण्डारी, विद्या भण्डारी, प्रदिप नेपाल, मनमोहन अधिकारी, नारायण ढकाल हुदै माधव नेपालसम्म आउँदा सडकका पुराना खाल्डा ज्युँका त्यँु छन्, शिक्षा क्षेत्रमा झोले कार्यकर्ता, मास्टरहरुले केही सुधार गर्न सकेका छैनन् । आठ कक्षाको रिजल्ट देखि सक्नु भो, शिक्षा शाखा के गर्दै छ ? तपाइँको अफिसमा सेवाग्राहि जाँदा मालिक र नोकरको जस्तो भेदभाव कायमै छ । स्वास्थ क्षेत्रले त झन यत्रो महामारीमा एउटा माक्स उपलब्ध गराउन सकेन रोजगारीको क्षेत्रमा छातिमा नाम्लो बेरेर हिँड्ने भरीया दाईलाई समेत रोजगार छैन अनि तपाइँको झन सम्पर्क आफ्नै पार्टिका नेता कार्यकता सित मात्रै छ जनतासित एक खिल्ली बीडी तान्दै चिया पिउदै चिनजान गर्ने अवसर समेत पाइएन, प्राकृतिक रुपमा भएका ढिस्काहरु उत्खनन् भएका छन् न जलको विकास गरेउ न जमिन र जंगलको ।
स्थानिय मुद्दाहरुमा संदिग्ध चरित्र देखाउने र सस्तो लोकप्रियताको पछि मात्रै कुद्ने बानि छोडौँ, सडक निमार्णबाट पर्यटनमा विकास गर्दै आय आर्जनको विकास गरेर चाहे प्राडो चढ्नुस चाहे पजेरो, समृद्धि खाँचो छ हाम्रो नगरमा समृद्धिको लागि लागी परौँ ।
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments