– क्रिस्टिना श्रेष्ठ –
२२ पौष शुक्रवार
लावण्य÷साँखु । ऐतिहासिक तीर्थस्थल शालिनदीमा लायन्स क्लब अफ साँखुको अगुवाईमा लायन्स क्लबका विभिन्न शाखाहरुको संलग्नतामा आजदेखि १ महिने निशुल्क स्वास्थ्य शीविर सञ्चालनमा आएको छ ।
स्वास्थ्य शीविरको उद्घाटन नवनिर्वाचित वागमती प्रदेश सदस्य राजु विष्टले गर्नुभएको थियो । कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित, उप मेयर समिता श्रेष्ठ, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ डी का गवर्नर विष्णु भाई श्रेष्ठ तथा लायन्स क्लबका विभिन्न पदाधिकारी एवं सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।
सो वृहत स्वास्थ्य शीविर तुल्सी बहादृुर श्रेष्ठको संयोजकत्वमा भएको थियो ।
सो शीविरमा विशेषज्ञ चिकित्सकहरुको समेत सेवा उपलब्ध हुने जानकारी लायन्स क्लब अफ साँखुले दिएको छ ।
कार्यक्रममा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु, विभिन्न लायन्स क्लबका पदाधिकारीहरु एवं सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शालिनदी मेलामा पाल्नुहुने भक्तजनहरुको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर यो शीविर सञ्चालन गरिएको हो ।
0 Comments
Thanks for your concerns