rasiphal

पौष १४ गतेदेखि पौष २० गतेसम्मको
राशीफल
– ज्यो. धनानन्द
मेष ः
पारिवारिक सुखमा कमी आउने योग छ । मातृ पक्षमा कष्ट आउन सक्छ । वैदेशिक रोजगारीका क्षेत्रमा समस्या देखिनेछन् । बोलीको प्रभाव घट्नेछ ।
वृष ः
साता उत्तम खालको रहेको छ । पारिवारिक सद्भावमा विचलन आउनेछ । सामाजिक सद्भाव वृद्धि हुने देखिन्छ । आपसी मैत्री करुणा स्थापित हुनेछ ।
मिथुन ः
आम्दानीभन्दा खर्च बढ्ने योग छ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्नेछ । सानोतिनो दुर्घटना हुने योग परेको छ । मन विचलित रहनेछ । विद्यार्थीको पढाई मध्यम रहेनछ ।
कर्कट ः
समय राम्रो छ । नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । पराक्रम बढ्ने, मातृ पक्षलाई कष्ट रहनेछ । शैक्षिक स्तर वृद्धि हुनेछ । पिताको प्रगति देखिनेछ ।
सिंह ः
कुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमात्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।
कन्या ः
बोलीमा ध्यान नदिँदा कुरा बिग्रिने छ । कामहरु अचानक बिग्रिने तथा बन्ने गर्दछन् । बौद्धिक क्षेत्र सफल रहेको छ । सन्तान पक्षबाट सुख रहनेछ । शत्रुपक्ष कमजोर रहनेछन् । समय राम्रो रहेको छ ।
तुला ः
व्यापार व्यवसायमा सुधार आउनेछ । पत्नीसँग वैचारिक मतभेद उत्पन्न हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । स्वास्थ्यमा समस्इा उत्पन्न हुने योग रहेको छ । विद्यार्थीहरुको पढाई मध्यम रहेको छ ।
वृश्चिकः
काममा ढिलो मात्र सफलता मिल्नेछ । स्थिर सम्पत्ति घर, जग्गा, सवारी साधनमा लगानी गर्नुहुनेछ । पारिवारिक सुख राम्रो रहेको छ । समग्रमा समय राम्रो रहेको छ ।
धनु ः
पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । पेशा व्यवसायमा सोचे अनुसार लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने प्रशस्त योग रहेको छ । नयाँ योजनाहरु बन्नेछन् ।
मकरः
नयाँ कामको थालनी हुने योग छ । साता समग्रमा राम्रो भएतापनि स्वास्थ्यमा केही गडबड हुनेछ । पेट सम्बन्धी रोगले सताउला ।
कुम्भ ः
आर्थिका दृष्टिकोणले साता फलदायी छैन । काममा ढिलासुस्ती हुनेछ भने स्वास्थ्यमा गडबडीका कारण पारिवारिक तनाव उत्पन्न हुन सक्नेछ सचेत रहनुहोला ।
मीनः
लामो यात्राको योग रहेको छ । आर्थिक दृष्टिकोणले निकै राम्रो समय रहेको छ । अपूरा कामहरु बन्दै जानेछन् । पढाईमा ढिलासुस्ती हुनेछ ।

Post a Comment

0 Comments