शंखरापुरमा सक्रिय सक्रमित ४८ निको भएका ४५१


– क्रिस्टिना श्रेष्ठ –

२०७८ साउन ४ गते

लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ४८ मा सीमित भएकोछ ।

नगरपालिकाले प्रकाशित गरेको साउन ३ गतेको डाटा अनुसार कोभिड १९ का ६ जना थपिएका छन् भने ९ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।

दोस्रो लहर सुरु भएयता जम्मा ५ सय १८ जना संक्रमित भएका छन् । त्यसमा २२७ महिला र २९१ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ४८ रहेको छ जसमा महिला २४ र पुरुष २४ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ४५१ पुगेको छ । जसमा १९६ जना महिला र २५५ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा ५ मात्रै रहेको छ जसमा २ जना महिला र ३ जना पुरुष रहेको छ ।

अहिले होम आईसोलेसनमा रहेकाहरु ४३ जना छन् जसमा महिला २२ र पुरुष २१ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८७ प्रतिशत

– वडा नंं. १ मा ३१ जना संक्रमित मध्ये निको भएका २७ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना

– वडा नंं. २ मा २४ जना संक्रमित मध्ये निको भएका २२ जना, सक्रिय संक्रमित २ जना, मृत्यु ० जना

– वडा नंं. ३ मा ४९ जना संक्रमित मध्ये निको भएका ४८ जना, सक्रिय संक्रमित ० जना, मृत्यु १ जना

– वडा नंं. ४ मा ४५ जना संक्रमित मध्ये निको भएका ४२ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना

– वडा नंं. ५ मा ४७ जना संक्रमित मध्ये निको भएका ३२ जना, सक्रिय संक्रमित १० जना, मृत्यु ५ जना

– वडा नंं. ६ मा १०७ जना संक्रमित मध्ये निको भएका ८६ जना, सक्रिय संक्रमित १६ जना, मृत्यु ५ जना

– वडा नंं. ७ मा ६६ जना संक्रमित मध्ये निको भएका ६२ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना

– वडा नंं. ८ मा ४० जना संक्रमित मध्ये निको भएका ३७ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना

– वडा नंं. ९ मा ६७ निको भएका ६२ जना, सक्रिय संक्रमित ५ जना, मृत्यु ० जना

– वडा नखुलेका ४२ निको भएका ३३ जना, सक्रिय संक्रमित ९ जना, मृत्यु ० जना्

सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।

मुलुकभरको निको भएकाहरुको संख्या ९२ प्रतिशत माथि र उपत्यकामा ९३ प्रतिशत माथि हुँदा शंखरापुरमा ८७ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ । यो सुखद संकेत हो ।

Post a Comment

0 Comments