पालुङ सहरको इन्द्रायणी माई एक परिचय – जंगली राजकुमार प्रधान



आफ्नो भनाई

बाल्यकालदेखि ३–३ वर्षमा चलिआएको श्री इन्द्रायणी कालिका माईको जात्रा हुन्छ भन्ने सम्झने र सम्झीरहने क्षमतादेखिको कुरालाई लिएर ५ दिनसम्म चल्ने जात्रा राम्ररी थाहा छ ।
विक्रम सम्वत २०१३ सालमा श्री भैरवको रथ र श्री कुमारीको रथ बनाई चढाएको र सोही सालबाट ५ दिन सम्म चल्ने जात्रालाई घटाएर ४ दिन मात्र चलाएको पूरै सम्झना छ । २०२५ सालदेखि (लेखक) आफै बुढापाकाहरुको सरसल्लाह बमोजिम ४ दिन बाट घटाएर ३ दिन मात्र जात्रा गर्ने भन्ने विषयमा संलग्न भै मन, वचन र कर्मले पूरै सहयोग गरेको थिएँ ।
परापूर्वकालमा ७ दिनसम्म यो जात्रा चलाई आएको भन्ने कुरा पनि सुनेको थिएँ । यसरी यो जात्रा ७ दिनबाट सुरु भै, ५ दिन, ४ दिन हुँदै हाल ३ दिनमा सीमित छ । तीन दिनबाट घटनाउने समय देख्दैन ।
हाल २०७३ सालको जात्रामा श्री इन्द्रायणी कालिका माईको उत्पत्ति र जात्राबारे (लिपी) ईतिहास लेख्ने कार्यको जिम्मा दिएको हुनाले थोरै समयमा धेरै काम गर्नुपर्ने भएको हुँदा धेरै तथ्य कुराहरु उल्लेख गरी छपाई समेत गरी गुठी समितिलाई बुझाई सकेको र २०७३ सालको जात्रामा छुट फुट भएको कुरा र त्यसमा शव्द सुद्धि गर्ने र दोस्रो संस्करणको लागि काजि हाल साँखु बस्ने श्री पवन लाल श्रेष्ठज्यू, श्री इन्द्रायणी कालिका माइको ईतिहास (लिपी) छपाई गरी यस इन्द्रायणी ! भगवती ! कालाभैरव गुठी संरक्षण समिति लाई अनुदान स्वरुप थान लिपी ईतिहास छपाई दिनुभएको हुनाले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । इन्द्रायणी माईको सत्य तथ्य ईतिहास खोज्ने काम जारी नै रहनेछ ।
इन्द्रायणी माईको चौरको पूर्व र पश्चिममा ढुंगा माटोले बनाएको एक एक चौतारा पूर्वकालदेखि निर्माण गरिएको थियो । सो चौताराभित्र ईन्द्रायणी परिसरमा छाला जुत्ता, छालाको पेटी र अन्य छालाको पहिरन लगाउन नहुने चलन छ, थियो ।
विवाह गरि लाँदा ल्याउँदा डोलीबाट दुलाहा दुलही हिँडाएर इन्द्रायणी देवीको दर्शन गराएर पैदल हिँडाई चौतारा कटेपछि मात्र डोली चढ्ने, जुत्ता लाउने, पेटी बाँध्ने चलन पूर्वकालदेखि रही आएको छ । यस्तो परम्परादेखिको चलन मिचेर ईन्द्रायणी परिसर पार गरेमा केही न केही अनिष्ट हुन्छ भन्ने स्थानीय बुढापाकाहरुको भनाई पाइएको छ ।

यस्तै चलन अनुसार नेपालका श्री ३ महाराजाको समयभित्र श्री ३ महाराज सन्तान जर्नेल साहेब यही श्री इन्द्रायणी मैदानको पश्चिम चौताराबाट पूर्व तर्फ घोडा चढी सवार हुन लागेको रहेछ । त्यसै समयमा चौतारामा बसी राखेको एक जना द्यःपालाले हात जोडी विन्ती गरी भनेछ । यो इन्द्रायणी माईको परिसरभित्र घोडा चढी सवार गर्न हुँदैन महाराज । घोडालाई डो¥याएर तल्लो चौतारासम्म पैदल सवारी होस् महाराज भनी पाउ परेछ । यस माइको ईलाका भित्र छालाका जुत्ता चप्पल लगाएर गएमा पछि कुनै न कुनै अनिष्ट हुनसक्छ प्रभु भनेर हात जोडेछ ।
सरकारले एकजना गरिब द्यःलाले अनुरोध गरेको कुरा के सुन्थ्यो । सरकारले कुनै उत्तर नै नदिई सरकार घोडा चढेरै इन्द्रायणी चउरबाट सवार हुनुभयो ।
सरकार काठमाडौँ पुगेको एक साता नबित्दै अचानक घोडाले रगत छाडेर मरेछ । घोडा मरेपछि राजालाई साह्रै चिन्ता लाग्यो । घोडालाई केही रोग लागेको थिएन । कुनै नराम्रो खानेकुरा खाएको थिएन । कसरी म¥यो घोडा ? राजाले सोच विचार गर्दै सम्झेर ल्याउँदा पालुङ इन्द्रायणी माईको चउरमा घोडा चढेर हिँड्नु हुँदैन भनेर एक व्यक्तिले भनेको कुरा याद आएछ ।
त्यसपछि राजाले त्यो द्यःपालाई बोलाएछ । द्यःपाला राजाले किन बोलाएछ, भनेर डराएछ । र गएन । त्यस समयमा उपचार भन्दा वैद्य र तान्त्रिक विद्यामा भर पर्ने भएको हुनाले श्री ३ महाराजको पनि निजी तान्त्रिक शास्त्रीलाई देखाउँदा पालुङको इन्द्रायणी माईको दोष छर्लङ्ग भयो । त्यसपछि महाराज आफ्नो सेना गार्ड सहित पूजा सामग्री लिएर घोडामा सवार भएछ र इन्द्रायणी माईको पूर्व तिरको चौतारामा घोडा छोडेर जुत्ता, मोजा छालाको सबै वस्तुहरु त्यही चौतारामा छोडी इन्द्रायणी माईलाई पूजा पाठ गरी क्षमा मागेर फिर्ता सवारी भयाने भन्ने कुरा पुराना बुढापाकाहरुको भनाई पाइन्छ ।
२०७३ मंसिर पूर्णेका दिन इन्द्रायणी माईको स्थानमा रथ पुगेपछि दर्शकहरुको भीड निकै थियो । लेखक आफै पनि कुनै कुनै विधि छुट्यो कि भनि नियालेर हेरिरहेको थियो । लिंगो गाड्ने गोलो चौतारामा महिलाहरुको ठेलमठेल उपस्थिति थियो । त्यसै क्रममा चार पाँच जना जति महिलाहरुले इन्द्रायणी माईको मुख्य होम पूजाको दिन मध्यराति हुन्थ्यो ।



ती चार पाँच जना महिलाहरुले होम गर्ने विधि सम्पूर्ण किताव ईतिहास हेरेर पढेको जस्तै साथिभाईहरुलाई सुनाई रहेका थिए । त्यो हुलमा मैले पनि ति महिलाले पढेको होमको विधि र मैले लेखेको विधिमा रत्तिभर फरक पाईन । कहाँका हुन् ति महिला । कसरी थाहा पाए यो होमको विधि मध्यरातमा गरिने कार्य धन्य इन्द्रायणी माई भनेर म पनि साह्रै खुशी भएँ ।

हाल ललितपुर पाटनबाट आउनु हुने तान्त्रिक शास्त्री श्री धु्रव नारायण कर्माचार्य अस्वस्थ हुनु भएको हुनाले उहाँको स्वास्थ्य शिघ्र स्वास्थ्य लाभ होस् भन्न चाहन्छु । हाल उहाँले गर्नुपर्ने विधि विधान कार्य पालुङ वडा नं. ५ हाल थाहा नगरपालिका वडा नं. २ बस्ने श्री नवराज ढकालज्यूबाट जात्रा विधि सञ्चालन गर्दै आउनुभएको हुनाले उहाँलाई श्री इन्द्रायणी माईले सदा सदा रक्षा गरुन् ।
अन्त्यमा यस ईलाकाका तमाम जनताहरु र थाहा नगरपालिकाका सम्पूर्ण जननिर्वाचित प्रतिनिधिज्यूहरुलाई श्री इन्द्रायणी कालिका माई ! श्री भगवती माई ! श्री काला भैरव र पाँचाँैँ देवी बाट सदा कल्याण गरुन् ।
– जंगली राजकुमार प्रधान


प्रकाशकीय

लावण्य सन्देश साप्ताहिकले विभिन्न लेखकका कृतिहरु प्रकाशन गर्ने क्रममै यो ऐतिहासिक महत्वको कृति “पालुङ सहरको इन्द्रायणी माई उत्पत्तिबारे लिपी परिचय” प्रकाशित गरेको हो ।
यस कृतिमा लेखकले पालुङ सहरको ऐतिहासिक महत्वको देवता इन्द्रायणी देवीको बारे विस्तृत परिचय दिनुका साथै देवीको जात्राको बारेमा विस्तृत वर्णन गरेको पाइन्छ । यो कृतिको दोस्रो संस्करण हो । यसमा पहिलो संस्करणमा छापिएका केही सामग्रीहरु परिवर्तन एवं परिमार्जन गरिएको छ ।
यस अघि हामीले ईतिहासविद् प्रकाशमान सक्वज्यूको ऐतिहासिक लेखहरुको संग्रह “साँखु शंखरापुरको ऐतिहासिक र साँस्कृतिक संग्रह” प्रकाशित गरि लेखकको सम्मान गरेका थियौँ । त्यसपछिको वर्षमा हामीले गजलकार इच्छाराम थापा “धड्कन” को कृति “अधुरो इच्छा” गजल संग्रह प्रकाशन गरि लेखकलाई सम्मान गरेका थियौँ ।
यसपटक हामीले ऐतिहासिक सहर पालुङका लेखक जंगली राजकुमार प्रधानको कृति “पालुङ सहरको इन्द्रायणी माई उत्पत्तिबारे लिपी परिचय” प्रकाशन गरि मोफसलका लेखकहरुलाई समेत सम्मान गर्ने हाम्रो चाहना अनुरुप हामीले यसपटक उहाँलाई सम्मान गर्ने जमको गरेका हौँ । यस कृतिको भाषा शुद्धिकरण गरि सहयोग गरिदिनु भएकोमा गजलकार रामेश्वर श्रेष्ठ (शैलेन्द्र) सरप्रति हामी आभारी छौँ ।
मोफसलमा प्रकाशित हुने पत्रपत्रिकाहरुले लेखकहरुलाई पारिश्रमिक दिन नसकेतापनि उनीहरुलाई केही न केही तरिकाले सम्मान गर्ने हाम्रो प्रतिवद्धता हो । हामी चाहन्छौँ आगामी दिनहरुमा पनि लेखकको सहयोग निरन्तर रहनेछ ।

गुठी समितिको भनाई

श्री इन्द्रायणी । श्री भगवती । श्री काला भैरव गुठी संरक्षण समिति पालुङबाट यसै समितिका सल्लाहकार सदस्य श्री जंगली राजकुमार प्रधानज्यूलाई श्री इन्द्रायणी माईको उत्पत्तिबारे ईतिहास लिपी परिचय लेखन कार्य गर्न जिम्मा दिए अनुसार आफूले भ्याए सम्म सत्य तथ्य संकलन गरी श्री इन्द्रायणी माईको ऐतिहासिक लिपी तैयार गरी यस गुठी समितिमा बुझाएको हुनाले लेखक श्री जंगली राजकुमार प्रधानज्यूलाई यस गुठी संरक्षण समितिको तर्फबाट स–धन्यवाद दिन चाहन्छु ।
यस्मा केही कुरा छुट्न गएको भएमा अर्को अंकमा समावेश गर्नेछु ।

श्याम भक्त श्रेष्ठ
गुठी समिति
अध्यक्ष
श्री इन्द्रायणी भगवती कालाभैरव गुठी संरक्षण समिति

कार्य समितिको नामावली
१) अध्यक्ष ः श्यामभक्त श्रेष्ठ
२) उपाध्यक्ष ः सानुकान्छा देउला
३) सचिव ः मधुकर विक्रम श्रेष्ठ
४) कोषाध्यक्ष ः राजु नापित
५) सदस्य ः थकु जुजु मोहनमान श्रेष्ठ
६) सदस्य ः इन्द्रायणी पूजारी सम्पूर्ण श्रेष्ठ
७) सदस्य ः भगवती पूजारी विरेन्द्र श्रेष्ठ
८) सदस्य ः कालाभैरव राजकुमार श्रेष्ठ
९) सदस्य ः द्यः नायः बुद्धि बहादुर देउला
१०) सदस्य ः गाँ नायः बिर्ख बहादुर देउला
११) सदस्य ः द्यः पाः हर्ष बहादुर देउला
१२) सदस्य ः निरोज प्रधान
१३) सदस्य ः केदार प्रधान
१४) सदस्य ः नानीछोरी प्रधान
१५) सदस्य ः सोमबहादुर देउला
१६) सदस्य ः नानी मैयाँ देउला
१७) सदस्य ः हेम कुमारी देउला
१८) सदस्य ः सीता देउला
१९) सदस्य ः लिला श्रेष्ठ
सल्लाहकार
१) जंगली राजकुमार प्रधान (पूर्व सचिव)
२) धुर्व श्रेष्ठ
३) उत्तर बहादुर देउला
४) नन्दवीर देउला

भाग–१
पौराणिक नाम चिसापानी इलाका पालुङ सहर
यस पालुङ उपत्यकाको भौगोलिक वातावरण पूर्व चन्द्रागिरी भञ्ज्याङ कुन्छाल भञ्ज्याङ, पश्चिम देउराली भञ्ज्याङ, उत्तर कोटथुम्की भञ्ज्याङ यस्तो चार पाँच भञ्ज्याङ भित्रको पालुङ सहर उपत्यका काठमाडौँ, हेटौँडा, गोगने पकने, महादेववेशी यी चारै ठाउँबाट पालुङ उपत्यका आउन उकालो बाटो पर्दछ ।
त्रिभुवन राजपथ निर्माण अवस्थाको ५,७२८ फीट उचाइमा अवस्थित पालुङ सहरको हावापानी न धेरै गर्मी न धेरै जाडो स्वच्छ हावापानी, मनमोहक सुन्दर दृश्य अवलोकन गर्ने ठाउँ मध्ये पालुङ कोटथुम्कीबाट गौरीशंकर, लाक्पा, लाङटाङ, गणेश हिमाल, मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी हिमालहरु देख्न सकिने दामन पालुङ हाल पर्यटन विकास क्षेत्रको रुपमा घोषणा भैसकेको छ ।
यसरी नै मानव निर्मित कुलेखानी इन्द्र सरोवर हेर्न र पिकनिक मनाउन विभिन्न ठाउँहरुबाट मानिस आइपुग्छन् । प्रसिद्ध कुलेखानीको माछा ज्यादै स्वादिलो भएको पाइन्छ । हेर्न पनि पाइन्छ । यसरी हेर्न लायकमध्ये पालुङको पतालेश्वर गुफा, मंगलेश्वर महादेवको अद्भूत ढुंगा, माछा आकारको मत्स्यनारायणको डाँडा ज्यादै मनमोहक मानिन्छ । चारैतिर डाँडैडाँडाले घेरिएको यस लघु उपत्यका हरियो वन जंगल पूर्व कुन्छाल भञ्ज्याङ, दक्षिण महाभारत श्रृंखला, उत्तरमा ऋक्षवान पर्वत र भद्रकूट पर्वत, उक्त पर्वतहरुबाट अवलोकन गर्दा गाउँ सहर, बजार हरियो फाँट अति सुन्दर देखिन्छ ।
काठमाण्डौबाट थानकोट हुँदै चन्द्रागिरी मोटरबाटो निर्माण भई हाल डेढ÷दुई घण्टामा पालुङ सहरमा आइपुग्ने भएको छ । यसरी बाटोघाटोको सुविधा भएको सहर बजार गाउँ पाखा पखेराहरुबाट घेरा हालिएको तेत्तिसकोटी देवताले बास गरेको मंगलेश्वरबाट बगिआएको नदी र पतालेश्वरबाट बगिआएको रेचुका नदी मिसिएर संगम भएको ठाउँलाई भद्रा तिर्थ भनिन्छ । भद्रा तिर्थबाट बगिआएको नदी, पश्चिमबाट बगिआएको कालिका नदी, फेदी गाउँबाट बगिआएको मत्स्यरुपा नदीको संगम नै त्रिवेणीघाट हो ।ं
यसरी धार्मिक शास्त्र अनुसार विश्वको तीन शंखमूल मध्ये ऋषेश्वरबाट उत्तर बगिआएको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगिआएको संगमस्थल नै विश्वको एक शंखमूल गंगा हो ।
यसरी विभिन्न तीर्थ र नारायणले बसोबास गरेको मध्ये पूर्व गौरा पार्वती, पश्चिम घाटदेवी, अन्नपूर्ण र लक्ष्मीश्वरी, मत्स्यनारायण, दक्षिण ऋषेश्वर, उत्तर मंगलेश्वर सहित श्री हरिशंकर नारायण, श्री विशंखुनारायण, श्री इचंगुनारायण, श्री चाँगुनारायण । हिमवत्खण्डको मध्येभागमा अष्टमातृका अधिपति श्री अष्टभैरव देवगणका माझ खण्ड पुण्यभूमि पालुङ सहरमा श्री इन्द्रायणी कालिका जगत जननी देवी श्री इन्द्रायणी देवी कसरी स्थापना भयो ? परापूर्वकालमा पश्चिम एशिया अरब क्षेत्रमा देवता र दानवहरुबीच घोर घमासान महायुद्ध रणसंग्राम धेरै वर्ष चल्यो । सो युद्धमा कहिले देवताहरुको जीत हुन्थ्यो, कहिले दानवहरुको जीत हुन्थ्यो । यसरी यो महायुद्धको परम्परा चलिनैरह्यो । युद्ध चल्दै आउँदै गर्दा अन्तिम समयमा देवताहरुको हार भयो । दानवहरुको जीत भयो । त्यही समयमा देवताहरु पूर्वतर्फ भागेर आए । कयौँ मारिए, कयौँ घायल भए, कयौँ दासदासी भए । यसरी देवता र दानवहरुको युद्ध समाप्त भएपछि दानवहरुको एक छत्र राज्य स्थापना भयो । पूर्व तर्फ भागी आउने देवताहरु हिन्दूस्थानभित्र प्रवेश भएर आइसकेपछि बल्ल सुरक्षित भएको महसुस हुन थाल्यो । तेत्तीसकोटी देवताहरु कति मारिए, कति वेपत्ता भए लेखाजोखा भएन । बाँचेकाहरु पूर्व एसियाका देशहरुमा स्थापना हुँदै आएकामध्ये श्री इन्द्रायणी माई यस ठाउँमा आइपुग्दा भर्खर १३÷१४ वर्षको कलिलो बालिका जस्तो देखिन्थ्यो । पहेँलो वर्ण, जिउडाल चटक्क मिलेको विस्तारै नरम बोली बोल्ने बालिका कसैले भगवान देवी भनेर चिन्न र पहिचान गर्न सकेन । यसैक्रममा विभिन्न शासनकाल पार गरेर गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हालको थाहा नगरपालिका वडा नं. ३ पालुङ सहरको केन्द्र भागमा नेवार वस्तीमा आई त्यहाँका मानिसहरुसँग बास मागेछ । पालुङका मानिसहरुले उहाँ बालिकाको रुप रंग र यौवनको अवस्था हेरेर बास दिन नहुने विचार गरेर भनेछन्– ‘तपाइँ जस्तो यौवनले धपक्क बलेकी सुन्दरी युवतीलाई हामी बास दिन सक्दैनौँ ।’ कसैले भनेछन् –‘यहाँ केही समय बास दिँदैमा के हुने हो र ? दिउँ बास ।’ यति भनेपछि बास दिने र बास दिन नहुनेहरुको मत नमिलेपछि सुन्दरी रुप श्रीदेवी अति क्रोधित र अलि हँसिलो भावमा भनिछिन्– ‘अब म पनि कुनै दिन तपाइँहरुले धुमधामसँग मान्नुपर्ने भएर सिन्दूरजात्रा देखाउँदै आउनेछु । अब म बास दिए तापनि बस्दिन भनी पालुङ सहरबाट उठेर हिँड्नु भएछ र पालुङबाट केही पूर्वतर्फ साविक पालुङ गाविस वडा नं. ३ हाल थाहा नगरपालिका वडा नं. २ देउला गाउँमा पुगेर त्यहाँ बास मागेछ । देउला गाउँलेहरुले भनेछन्– “तपाइँ जस्तो सुन्दरी देवता जस्तो युवतीलाई बास दिँदा तपाइँलाई असजिलो लाग्न सक्छ । यहाँ जताततै फोहोरै फोहोर छ । सफा सुग्घर छैन । दुर्गन्ध नै दुर्गन्ध छ । हामी गरिबहरुको घरमा ओढ्ने ओछ्याउने वस्तु केही छैन । के गरौँ ?” भनेपछि इन्द्रायणी माताले भनेछन्– “मलाई ओढ्ने ओछ्याउने केही पनि चाहिँदैन । बेत या बाँसले बनाएको गुन्द्री मान्द्री भए पुग्छ” भनेपछि एउटा घरको कुनामा बास दिएछ । र त्यहीँ इन्द्रायणी माता बास बसेछ । त्यही बास बसेको घर नै हालको द्यः छेँ हो ।

त्यहाँ बास बसेपछि देउलाहरुलाई हरेक रात एउटा देवी माता आएर गाउँलेहरुलाई रक्षा गरेको सपना देख्ने, पूजापाठ गरेको देख्ने, गाउँभरि नै धुपदीपको बासना फैलिरहने जस्तो अनौठो बाजागाजाको आवाज आएजस्तो भान हुने देउलाहरुको मनमा पनि धेरै उत्सुकता र चञ्चलता भइरहने जस्तो अचम्म लाग्ने हुन थाल्यो । कुनै बेला सुन्दरी बसेको ठाउँमा हेर्न गएमा सुन्दरी चिन्तित मुद्रामा देखिने, कहिलेकाहिँ आफ्नो पतिदेव इन्द्रदेवका सम्झना आई मरे बाँचेको केही थाहा नपाई आँखाबाट बलिन्द्रधारा आँशु बगाइरहने, कहिले जवानी जस्तो देखिने, कहिले भर्खरको सानो बालक जस्तो देखिने, कहिले तेजिलो देखिने, कहिले आँखा चिम्लिएर ध्यान मुद्रामा देखिने । खाने पिउने केही वास्ता छैन । केही खाएको पिएको देखिँदैन । यसरी कुनै बेला साता, दुई साता र महिनासम्म पनि अलप हुने । एवं रीतले गायब हुने र उत्पन्न हुने परिपाटीले गर्दा देउलाहरुको मनमा सन्त्रासले डेरा जमायो । एक रात पूरै गाउँलेहरुलाई एकसाथ सपना देखाएछ । म देवताका राजा इन्द्रदेवको धर्मपत्नी हुँ । देवासुर संग्राममा देवता र दानवहरुबीच घोर घमासान रणसंग्राम लडाइँ हुँदा सो लडाइँमा देवताहरुले हार खाएको हुनाले त्यस रणसंग्रामबाट भागेर म यहाँ बास बसिरहेको छु । यहाँका भक्तजनहरु कोही आत्तिन र त्रसित हुन पर्दैन । म यहाँ रहुञ्जेलसम्म हरेक समयमा तपाइँहरुको सुरक्षा हुनेछ । तपाइँहरुको भलाइ हुनेछ । यो तपाइँहरुको गाउँमा तपाइँहरुले मलाई बस्न दिएको हुनाले अब यो गाउँ मेरो माइती गाउँ हुनेछ भनी सपनामा देखाएको हुनाले त्यसै दिनदेखि नै गाउँलेहरुले पूजाआजा गरी साक्षात् इन्द्रायणी देवीलाई मानिराखे ।

यसरी महिना दिन बिते । छ महिना वर्ष हुँदै तीन वर्षको हाराहारीमा आइपुग्दा दानवहरुको दूत जासुस पनि देवी इन्द्रायणी कहाँ पुगेछ भनी खोजी नीति गर्दै आउँदा देवी इन्द्रायणी यहीँ देउला गाउँमा बसिरहेको थाहा पाई एउटा साधारण मनुष्यको रुपमा आई इन्द्रायणी देवी समक्ष भनेछ– “देवासुर संग्राममा इन्द्रदेव मारिएछ भन्ने खरब सुनाएर त्यहीँ गाउँको पाखाको कुनामा लुकेर बसेछ । सोही दिनदेखि देवी इन्द्रायणी अलाप विलाप गरी रुन लागे । यसरी इन्द्रायणी रोएको देउला गाउँलेहरुले देखेपछि देउलाहरुले सोधनी गरेछन्– “हे महामहिम इन्द्रायणी देवी किन, के कारणले परमेश्वरलाई रुन प¥यो । हामीबाट केही कमजोरी हुन गयो कि ? हामीबाट केही बिटुल हुन गएको भए क्षमा गरिदिनु होला । हे ईश्वर, हे देवी माता, हे कालिकादेवी, होइन भने हामीले के गर्नु प¥यो आज्ञा होस् प्रभु” भनेर स्तुति प्रार्थना गरेपछि इन्द्रायणी देवीले भन्नुभयो । यहाँ गाउँलेहरुबाट केही कमी कमजोरी भएको छैन । आज मलाई कुनै अपरिचित मानिस आएर मेरो पति इन्द्रदेवी रण संग्राममा मारिएको खबर सुनाएर गए । त्यसैले म साह्रै विलापमा परिरहेको छु । संसारमा देवता या मनुष्यहरुको पति परलोक भएमा पत्नी सतीबास जानुपर्ने परम्परा रही आएकोले अब म पनि यस मत्र्यलोकमा रहनुहुन्न । मेरो पति इन्द्रदेवको धर्मपत्नीको नाताले सती जानुपर्छ । त्यसैले मेरा भक्तजनहरुले सती सामानहरु जुराइदिनुहोला ।
भक्तजन देउलाहरुले गहभरि आँसु बगाएर भने– सती सामग्रीहरु के के चीज हो भगवान ? इन्द्रायणी माताले भने– “धूप, दीप, लाजा, सिन्दूर, फूल अक्षता नदीको किनारामा दाउराको चाङ लगाई सोला बनाइदिनुप¥यो ।” देउलाहरु पनि अलाप विलाप गरी रुन लागे । नचाहँदा नचाहँदै पनि उहाँले भने बमोजिम सम्पूर्ण सामग्री तयार गरिदिए । चिता तयार पारेको ठाउँ हाल इन्द्रायणी देवी स्थानको प्राङ्गण मसान लास पोल्ने ठाउँ हो ।
त्यसपछि देउला गाउँबाट इन्द्रायणी देवी र गाउँलेहरु गाउँ नै थर्किने गरी रोई–रोई तल नदीतिर झरे र पश्चिमबाट बगिआएको पवित्र तीर्थ त्रिवेणीघाट र शंखमूल घाट भई बगेर आएको नदी र उत्तरबाट बगेर आएको ल्हाँगा माता नदीको संगम स्थलमा पुगेपछि इन्द्रायणी देवी माताले गंगाजीको दर्शन गरी पूरै कपाल फिँजाई लगाएको वस्त्र सहित त्यस घाटमा प्रवेश गरी नुहाई बाहिर आउनुभयो । त्यसै बेलादेखि इन्द्रायणी सती जान नुहाएको हुनाले सो घाटको नाम सतीघाट रहन गएको भन्ने पुराना बुढापाकाहरुको भनाइ रहेको छ ।
त्यसपछि देउला भक्तजनहरुले सम्पूर्ण सती सामग्री सहित इन्द्रायणी अघि अघि लागेरदेउला भक्तजनहरुले बाजागाजा बजाई सोलातर्फ लागे । यसै अवस्थामा पालुङ सहरका मानिसहरु र अन्य वरपरका भक्तजनहरु पनि इन्द्रायणी सती जान लागेको हल्ला सुनेर पलभरमै हजारौँ हजार मानिसहरु आइपुगे । सोलामा आगो लगाइसकेका थिए । यस्तैमा अचानक एउटा आकाशवाणी स्वर गुञ्जियो– ‘हे शक्ति स्वरुपाय नमः भगवती जगदम्बे माता, श्री इन्द्रायणी जगत जननी माता हे देवी माता, इन्द्रदेव स्वर्गीय भएको होइन प्रभु । उहाँ त जिवितै हुनुहुन्छ ।’

देवदूतको यस्तो समाचार आकाशवाणीबाट सुनेपछि इन्द्रायणी देवी माता झसङ्ग भइन् । इन्द्रायणी देवदूतको वाणीले एकातिर हर्ष विभोर भए भने इन्द्र मरेको खबर ल्याउने दानवदूत देखि अति क्रोधले जमीन नै डगमगाउने गरी डग डग डग डग काम्न लागे । बोलचाल केही छैन इन्द्रायणीको रुपरंग बदलिँदै गइन् । इन्द्रायणी सती जाने सनसनी खबरले पालुङ सहर भित्रका नेवारहरु पनि इन्द्रायणीलाई बास नदिएकोले पछुताउ मानी क्षमा माग्न गएका थिए । साक्षात् इन्द्रायणी माई अष्टबाहु भएको देवी देखिँदै जान थाल्यो । शंख, चक्र, गदा, पद्म, त्रिशुल, भाला, तरवार, खड्ग जस्ता हातहतियारले सुजज्जित देवी देखिन थाल्यो । राता राता आँखा पल्टाएर लामो जिब्रो निकालेर अति भयानक मूर्ति अति क्रोधित भइन् । यस्तै पालुङका आदिवासी नेवारहरुले पनि क्षमायाचना गरी भावभक्तिका साथ हात जोडी भन्न लागे– हे जगदम्बे माता, शान्त रहनुहोस्, हामीहरुको तर्फबाट गल्ती हुन गएकोमा क्षमादान गरिदिनुहवस्, हे माता, हे भगवान, हे दीनबन्धु, हे इन्द्रायणी देवी जगत जननी माता, हामीहरुलाई नाबालक सम्झनु भई जीवन दान प्रदान गर्नु हवस् “हे प्रभू ! भनी सबै देउला भक्तजनहरु र नेवार भक्तजनहरुले साष्टाङ्ग दण्डवत् गरी पाउमा ढोगी भन्न लागे “हे माता शान्त रहनुहवस् । हामीले तीन तीन वर्षमा लगातार पाँच पाँच दिनसम्म श्री माता इन्द्रायणी देवताको जात्रा चलाउनेछौँ । हामी दुवै गाउँ मिलेर जलचर, थलचर, पञ्चवली चढाई कोटी होम गर्नेछौँ । माता शान्त रहनु हवस् । यति देउला र नेवार भक्तजनहरुको वचन सुनेर इन्द्रायणी माईले बोल्दै भन्न लागे– “हे मेरा भक्तजनहरु तिमीहरुबाट केही गल्ती कमी कमजोरी भएको छैन ।”
श्री इन्द्रायणी माई भयंकर रुप बनाई झनै क्रोध गरेर भन्न लागे– “मेरा पतिदेव देवराज इन्द्र रणसंग्राम युद्धमा मरिसकेको भनी खबर ल्याउने दानवदूत देखि मलाई अति नै क्रोध चलेको हो । त्यस पापी दानव दूत यतै कतै लुकिछिपी बसेको हुनुपर्दछ । हे मेरा प्यारा भक्तजनहरु त्यस पापी अपराधीलाई जहाँ लुकीछिपी बसेको भए तापनि समातेर ल्याऊ, हात खुट्टा बाँधेर घिसारेर ल्याऊ ।” यति इन्द्रायणी देवीको वचन सुनेर बबून, हनुमान गुरिल्ला जत्तिकै तागत र बल भएका देउलाहरुले हालको देवी मन्दिरको उत्तरतर्फ दुई पाखाको खोँचमा लुकेर इन्द्रायणी सती गएर भष्म भएको हेर्न चाहने कालो वर्णको भयंकर रुप भएको दानवदूतलाई घेरा बन्दी गरी समाती हातखुट्टा बाँधेर घिसारेर ल्याई श्री देवी इन्द्रायणीदेवी समक्ष राखिदिए । त्यो कालो पहिरन भयंकर रुप भएको दानवदूत देखेपछि इन्द्रायणी देवी झनै क्रोधित भएर भन्न लागे– हे पापी अपराधी दानवदूत– तैँले म चिताको अग्निमा सती गएर भष्म भएको हेर्न चाहन्थे र सो कुरा मेरो पतिदेव इन्द्रदेवलाई सुनाएर इन्द्रदेवको आत्मग्लानि पारेर आत्महत्या गर्न विवश बनाउन चाहन्थे हैन ? अब हेर, को भष्म खरानी हुने भो । यत्तिकैमा चिताको आगो चारैतिर दन्किसकेको थियो । इन्द्रायणी देवीले राता राता आँखा पल्टाएर अति क्रोध भावले भनिन्– “हे मेरा प्यारा भक्तजनहरु, यस पापी दानवदूतलाई अझै हातखुट्टा कसेर यस जलिरहेको अग्निको ज्वालामा घिसारेर तीनफेर घुमाई अग्निको ज्वालामा हाली भष्म खरानी पारिदेओ । देउला भक्तजनहरुले पनि इन्द्रायणी माताले भने बमोजिम त्यस दुष्टलाई बाँधेर दन्किरहेको चितामा होम गरिदिए ।

पापी दानवदूत अग्निको ज्वालामा छटपटाउँदै भष्म हुँदै गए । चिताको धुवाँ आकाशतिर मडारिँदै उडे । त्यसै धुवाँको धूप स्वरुप बास्ना लिँदै इन्द्रायणी शान्त भएर अष्टबाहु सहित प्रत्यक्ष रुपमा आफ्ना विश्वासिलो तीनजना देउलाहरुलाई दायाँबायाँ राखी हंस स्वरुप भएर आफू सती जान जुन बाटो आउनुभएको थियो सोही बाटो विस्तारै उडेर आफ्नो माइतीघर द्यःछेँ जानुभयो । सबै दर्शकहरुले देख्ने गरी जानुभयो । भक्तजन देउलाहरु र नेवार भक्तजनहरु एवं अन्य दर्शक महानुभावहरुले हर्ष र विस्मात् मान्दै इन्द्रायणी माइकी जय, श्री कालिका माईकी जय, यसरी जय जयकार मनाई आ–आफ्नो घरतिर लागे । त्यस ठाउँमा श्री इन्द्रायणी देवीको शिला मूर्ति मात्र रहे । सोही समयदेखि देउला र नेवारहरु मर्दा दाहसंस्कार गर्ने चलन रही आएको हो भन्ने बुढापाकाहरुको भनाई रहेको छ ।
भाग–२
यसरी इन्द्रायणी माइको साह्रै विश्वासिलो देउलाहरु मध्ये लाजिमान देउलाका पूजनीय बाजेहरुले सयौँ वर्ष अगाडिदेखि श्री इन्द्रायणी देवीको सेवा र सुसार गरी आएका पुस्ताहरुमध्ये हाल थाहा पाएसम्म लाजिमानका छोरा सानुकाले देउला, सानुकाले देउलाका छोरा चन्द्रमान देउला, चन्द्रमान देउलाका छोरा कृष्णमान देउला, कृष्णमान देउलाका छोरा बुद्धिलाल देउला हालसम्म पनि श्री इन्द्रायणी देवी माताको मुख्य हर्ताकर्ताको रुपमा जिम्मेवारी सम्हाल्दै श्रीदेवी इन्द्रायणीको सेवा सुसार कार्य सञ्चालन गर्दै आएको छ । यसरी श्री इन्द्रायणी माईको सेवा गर्ने कार्यमा द्यः नायः (देउता नाईके) द्यः पाला (देउता पाले) गाँ नायः (गाउँको नाईके) र अरु सबै गाउँले द्यःला भक्तजनहरुको ठूलो भूमिका रहँदै आएको छ ।
भाग–३

त्यस समयमा पालुङका आदिवासी नेवार बस्तीमा १६ घर मात्र रहेकोले श्री इन्द्रायणी देवीको जात्रा र महिमा सञ्चालन कार्य गर्न सो घरबाट जग्गादान गरेको मध्ये श्री इन्द्रायणी कालिकाको नाममा २१ रोपनी १४ आना, श्री अन्नपूर्ण भगवतीको नाममा ४४ रोपनी, श्री काला भैरवको नाममा १८ रोपनी । यसरी जम्मा जग्गा ८४ रोपनी जग्गादान गरी सोही जग्गाको आयस्ताबाट तीनवर्षे जात्रा सञ्चालन गर्ने र वार्षिक पर्व पूजा चलाउन सो जग्गा मुख्य रुपमा इन्द्रायणी जात्रा चलाउन नै रहेको गुठी लगतबाट देखिन्छ ।
यसरी विभिन्न पर्व कार्य चलाउन दान गरेको जग्गामध्ये सिन्दूर गुठी, भाद्र संक्रान्ति गुठी, धौबजि गुठी, कार्तिक पूर्णे गुठी, आचार्य गुठी र अन्य धेरै गुठीहरु रैतान हुँदै लोप भएर गए तापनि श्री इन्द्रायणी देवीको तीन वर्षे जात्रा यथावत् सञ्चालन मै थियो । एवं रीतले श्री इन्द्रायणी देवीको जात्रा सञ्चालन गर्न र यस १६ घरबाट यसै नेवारी बस्तीमा विभिन्न चाडपर्व, भजन कीर्तन, धर्म–संस्कृति, नाचगान, पाटीपौवा, मठ मन्दिर निर्माण मर्मत कार्य गर्नलाई र तीन वर्षे जात्रा व्यवस्थापन गर्न यसै पालुङ गाउँमा अन्य जे जति कामहरु संकटमा परेको अवस्थामा सबै कार्यको व्यवस्थापन मिलान गर्नको लागि १६ घर मध्येबाट चारजना काजी चुनेर राखेको र सो चार काजीलाई दुःखसुख गरी वार्षिक पर्व, हरेक चाडपर्व चलाई आएको हुनाले सो दुःख शान्ति उपहार मर्यादा स्वरुप कार्तिक शुक्ल पूर्णिमाको दिन श्री पाण्डुकेश्वर महादेव स्थानको पूर्वपट्टि कार्तिक पूर्णे गुठीकै जग्गामा चार काजीलाई भोज खुवाउने चलन हालसम्म यथावत छ ।
भाग–४

यसरी इन्द्रायणी माईको जात्रा चलाउन १६ घरबाट तीन÷तीन वर्षमा जात्रा चलाउने वचनवद्धता गरी तीन वर्षपछि नेवार १६ घरबाट मंसिर शुक्ल पूर्णिमाको दिन देउला गाउँमा बाजागाजा सहित इन्द्रायणी देवी लिन गएर देवी मातालाई विनम्र भावभक्ति गरी भने– हे माता देवी शक्ति पीठ, श्री इन्द्रायणी देवी ! हामीहरुले नजानेर नचिनेर ठूलो भूल भयो अब हामीबाट प्रसन्न हुनु हवस् । अब हाम्रो गाउँमा १२ घडी दिन मात्र भए पनि विराजमान हुनु हवस् । गाउँका सबै घरबाट पूजा सेवन गर्नुहोस् र त्यसपछि माइ स्थान सम्म पाँच दिन जात्रा मनाउनेछौँ । त्यसै समयबाट देउता नाइके, देउता पाले, गाउँ नाइके समेतले ढकीमा भरि देवीको शीरबन्दी मुकुट र पाटाहा पालुङमा ल्याई सबै गाउँलेहरुको पूजा सकेपछि देवीलाई ढकीमै राखी जात्रा गरी इन्द्रायणी स्थानमा लगिन्छ । त्यसपछि श्रद्धालु भक्तजनहरुले देवी स्थानबाट बत्ती बाली आफ्नो छाप्रोमा लगिन्छ र दियो बालेर रातभरि जाग्राम गरी भोलिपल्ट विहान होम गरि बिसर्जन गरिन्छ ।

यसरी मनुष्यको भावभक्ति देखी देवी अति प्रसन्न भएर जुन कामनाबाट भाव भक्ति गरेको छ, सो कामना पूरा हुँदै गएको हुनाले प्रत्येक तीन वर्षमा श्रद्धालु भक्तजनहरुको लावालस्कर वृद्धि हुँदै गए र सोही कारणले इन्द्रायणी माइको वरिपरि रहेको समथर पाखा भू–भाग जम्मा ३४३३ हात चौर गुठी संस्थानको लगतमा दर्ता भएको उल्लेख गरेको पाइन्छ । यसरी सताव्दियौँ पहिले युगौँदेखि सञ्चालन हुँदै आएको तीन वर्षे जात्रा युग बेला समय परिवर्तनसँगै मानिसहरुमा देवीप्रति भावभक्ति वृद्धि हुँदै आयो । १८ औँ शताव्दीको अन्त्य भई १९ औँ शताव्दीको सुरुवात अथवा वि.सं. १९११ सालको जात्रामा यसै चिसापानी इलाका पालुङ सहर बस्ने नापित परिवारले निम्न शिलालेखमा उल्लेख भए बमोजिम सामग्री बनाई चढाएको देखिन्छ ।
शिलालेखको ढा“चा ः
श्री सम्वत् १९११ साल मार्ग सुदिन ३ मा पालुङ ग्राम नापित परिवार बुद्धिनारायण, रामकृष्ण, भीम नारायण पुत्र धीर्ज नारायण स्व. पिता शंख नारायण व माता धनमै सकल परिवारको नामले
श्री इन्द्रायणी देवीको पित्तलको मूर्ति – १ थान
श्री कुमारी देवीको पित्तलको मूर्ति – १ थान
दं गाले चढायाको हो ।
पित्तलको चँदुवा १ धार्नीको – १ थान
घन मूर्तिक भएको आरती – १ थान
डमरु – १ थान
पित्तलको श्रेर भएको चवर – १ थान
धुपवर – १ थान
शंख – १ थान
घण्ट – १ थान
पाताहा – १ थान
जम्मा याना ११ प्रति गरी चढायाको हो । सा दत पर दत मचायव म्ह ति १ मुधंग पस्ती १ वर्ष संह आनी विरताया जायत कनिं भनी शिलालेखबाट थाहा हुन आएको छ ।
उपरोक्त सामग्रीहरु नापित परिवारले श्री इन्द्रायणी माइलाई चढाएको हुनाले प्रत्येक शनिवार इन्द्रायणी माइको नित्य पूजाको फूल प्रसाद हालसम्म पनि नापित परिवारमा दिन ल्याउने चलन यथावत छ ।
विक्रम संवत् १९११ सालमा चढाएको मूर्तिहरु ढकीमै राखेर जात्रा चलाएको र त्यसपछिको तीन वर्षपछि विक्रम सम्वत् १९१४ सालमा यसै चिसापानी इलाका पालुङ सहर साविक पालुङ गाविस वडा नं. ६ हाल थाहा नगरपालिका वडा नं. ३ बस्ने श्री अमृत लक्ष्मीको सानो पुत्र –
श्री देवीदास श्रेष्ठ – १
श्री नानीदास श्रेष्ठ – १
श्री लक्ष्मीदास श्रेष्ठ – १ समेत तीन भाइको नामबाट श्री इन्द्रायणी देवीको रथ बनाई चढाएको र सोही १९१४ सालबाट सर्व प्रथम इन्द्रायणी देवीको रथयात्रा चली आएको रथको ताम्रपत्रबाट देखिन्छ । यसरी इन्द्रायणीको रथ बनाई चढाएको हुनाले जात्राको अन्तिम दिन रथ उठाई गाउँमा ल्याइ सकेपछि सर्वप्रथम अमृत लक्ष्मीको घरमा रथ रोकी पूजा थाप्ने चलन हालसम्म यथावत् छ ।
यसरी श्री इन्द्रायणी देवीको रथ यात्रा तीन तीन वर्षमा चल्दै निरन्तर रुपमा तीन वर्ष ६ वर्ष र आधा शताव्दी पार गर्दै आउँदा उन्नाइसौँ शताव्दीको सेरोफेरोमा अथवा विक्रम सम्वत् १९७५ सालमा दोस्रो पटक श्री गणेशको रथ चढाउने यस पालुङ सहर बस्ने श्री हरि नारायण श्रेष्ठको छोरा श्री गणेश बहादुर श्रेष्ठले
श्री गणेशको रथ – १ चढाएको
श्री देउप्रितीले चढाएको घण्ट – १
श्री मायाले चढाएको पाता – १
रथको ध्वजा – १
बनाउने नेन बहादुर लोहार – १ आशाराम सुनार – १
विक्रम संवत १९७५ साल पौष १७ गते भन्ने लेख श्री गणेशको रथ भित्र पित्तलको पातामा लेखिएको छ ।
ईति सम्वत् १९७७ पालुङ सहर बस्ने श्री स्याम सुन्दर प्रधानका नाति श्री लालबहादुर प्रधानको छोरा श्री कुलबहादुर प्रधानद्वारा श्री इन्द्रायणी माईको मन्दिरमा अनुमानित १२ धार्नीको पीतलको चदुँवा चढाईयो ।
एवं रीतले १९ औँ शताव्दीको अन्त्य भई २० औँ शताव्दीको सुरुवात अथवा वि.सं. २००५ सालमा श्री इन्द्रायणी देवीको जात्राको आसपासमा माइ स्थानको शिला इन्द्रायणीको मूर्तिको गर्दन भाँचिएको देखेपछि देउलाहरुले १६ घरद्वारहरुमा खबर पु¥याएछन् । यस्तो अशुभ समाचार छिनभरमै सर्वत्र फैलियो । अब जात्रा गर्ने कि नगर्ने ? घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउने या नचलाउने विषयमा देउला गाउँबाट द्यः नायः, द्यः पा, गाँ नायः, थकू जुजु, १६ द्वार र अन्य महानुभावहरु बसी छलफल चलाए । कोहीले भने घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउँदा केही अनिष्ट हुने हो कि ? कोहीले भने नयाँ शिला मूर्ति बनाउन धेरै समय लाग्ने र शिला मूर्ति बनाई विधिपूर्वक स्थापना गर्दा मंसिर शुक्ल पूर्णिमाको साइत नाघेर जाने भएको हुनाले जात्रा चलाउनु नै पर्ने कोहीको राय प्रकट भए । कसैले भने यो अशुभ संकेतको घडीमा जात्रा चलाउँदा ठूलो हानी नोक्सानी पनि व्यहोर्नुपर्ने हुन्छ । यसरी जात्रा चलाउन हुने र नहुने बीचको लामो छलफलपछि तान्त्रिक विधि कर्ता आचार्य, थकू जुजु, द्यः नायः, द्यः पा, १६ द्वार र अरु गाउँलेहरुको समेत निकै दिन छलफल भइसकेपछि धामीहरुको समेत राय बुझी जात्रा चलाउने निधो गरे र तीन वर्षे इन्द्रायणी माइको जात्रा विधिपूर्वक संचालन गरी विधिपूर्वक नै समापन गरियो ।

सो जात्राको दौरान जे हुनुपर्ने थियो त्यो भएन । जुन नहुनुपर्ने थियो त्यो भयो । सयौँ, हजारौँ श्रद्धालु भक्तजनहरुको माझमा एउटा अचम्मको घटना देखियो ।
एकजना महिला अनुहार अलि चम्किलो र तेजिलो, अति सुन्दर ! पहिरन भने अलि घिनलाग्दो, रातोरंगको ब्लाउज लगाएको, कालो टाटेपाटे ¥याल सिंगान लागेको जस्तो देखिने, रंगिन धर्सो धर्सो भएको, कहिँ रातो, कालो, निलो, सेतो । यस्तो एउटा घाँघर आकारको जामा जस्तो लगाएको कपाल जिङरिङ्ग परेको अप्रत्यासित रुपमा जात्रा मैदानमा देखाप¥यो । हिँडाइमा लठेब्रो जस्तो कोही कसैँसँग न बोल्ने एक्लै आफ्नै सुरमा हिँड्ने । त्यस समयमा महिलाहरुले आठ वटा टुना जडित चोलो, घरबुना फरिया, ढाकाको पछ्यौरा, कपाल दुई चुल्ठा बाटेर रातो धागो लगाउने चलन थियो । त्यस्तो समयमा घाँघर आकारको जामा र ब्लाउज पहिरिएको महिला देखेपछि धेरै दर्शकहरुको नजर त्यही महिलातर्फ केन्द्रित रह्यो ।

त्यो महिला कहाँबाट आयो । कहाँ जान लाग्यो, किन आयो, कसैले सोधिखोजी गरेन । मनुष्य हो या कुनै देवी देवता हो । कसैले चिन्ने कोसीस गरेनन् । त्यसबेलामा त्यस्तो जामा, ब्लाउज लगाएको मानिस कहिँ कसैले देखे सुनेको छैन । त्यसै कारणले त्यो पहिरण देख्न र हेर्न कै लागि भएपनि कोही कोही मानिस त्यो महिलाको पछि लाग्दै गए । केही दर्शकहरु सामुन्ने भेट भएमा एकछिन टक्क उभिएर हेर्थे त्यो महिलालाई । कोही फर्की फर्की हेर्थे । कोही हाँसेर खिज्याएको जस्तो गरी हेर्थे ।
कोही कसैले अनुमान गर्थे– अनुहार भने चम्किलो, हिँडाई भने पागल जस्तो । कोही कसैसँग सिधा नजरले नहेर्ने को होला ! कहाँबाट आएको होला । गहना केही नलगाएको । जुत्ता चप्पल पनी नभएको नाङ्गो खुट्टा कहाँदेखि आएको होला ? हात गोडा चट्ट मिलेको कस्को छोरी होला ? बुहारी पक्कै हैन । यही रीतले दर्शकहरु आ–आफ्नै तर्कना गर्दै हिँड्थे ।

कसै कसैले साह्रै नया लागेर २–४ पैसा दिन खोज्यो भने हात नथाप्ने, इसारा संकेत केही नगर्ने ।
यही रीतले धेरै दर्शकहरुले त्यो महिलाको परिचय गर्न खोजे, तर अनुमान मात्र भयो । यथार्थ भएन ।
कोही त्यो महिला देख्नासाथ हाँसेर हिँड्थ्यो । तीन वर्षे जात्राको हुलमा कतिले देखे, कतिले देखेन, कसैले वास्ता गरेन । कसैले यो अद्भुत चित्र हो की ? यथार्थ के हो ? पछ्याउँदै गईरहेको थियो ।
त्यो महिलामा न दुःखको चिन्ह देखिन्छ । न खुसीको संकेत आउँछ । रुञ्चे अनुहार पनि छैन । हँसिलो पनि हैन । के यो कुनै अनुभवी चित्रकारले तयार पारेको अटोमेटिक (स्वचालित) चित्र त हैन ?
त्यो महिलाले कसैलाई छुँदैनथ्यो । कसैले उनलाई छुन्छ कि भन्ने शंकाले उ आफै सतर्कताका साथ हिँड्थ्यो । यो अपारको महिला कुनै पसलमा गएर टक्क उभिन्थ्यो । पसलेले पनि कोही माग्ने आइमाई आयो भनी एउटा सेल रोटी हातमा दिन्थ्यो । उसले सेलरोटी हातले नसमाइकन हत्केलो उत्तानो पारेर थाप्थ्यो । अनि पसलेले माथिबाट रोटी खसालिदिन्थ्यो ।

अनि पसलेले अनौठो दृष्टीले हेथ्र्यो । त्यो रोटी खाईसकेपछि अर्को पसलमा गएर ठिङ्ग उभिन्थ्यो । त्यस पसलेले पनि एउटा जलेवी (जेरी) दिन्छ उसले हात थापेर लिन्छ । जलेवी खाँदै जान्छ । एवं रीतले जात्रा मैदानमा धेरै पसलहरु चाहारेर हिँडिसकेपछि अन्तिम समयमा उ विस्तारै इन्द्रायणी माई स्थान अगाडि पुगेर ठिङ्ग उभिए । त्यसपछि मन्दिर अगाडिको पाटी पछाडि सरासर गए ।
पिछा गर्दै हिँड्ने मानिसहरुले अनुमान गर्दैछ । त्यो महिला शौच या पिसाब गर्न गयो ।
शौचालय जाने समय १ मिनेट, २ मिनेट, ४ मिनेट, १० मिनेट सम्ममा पनि नफर्केपछि मानिसहरु अलि टाढाबाट चियाएर हेर्न गए । त्यहाा त्यो महिला थिएन । दायाँबायाँ हेरे छैन । वरपर हेरे छैन । मानिसहरुलाई अचम्म लाग्न थाल्यो । कहिँ कुना काप्चातिर हेरे कहिँ देखिँदैन । मानिसहरु केही त्रसित पनि भए । छाती ढुक ढुक भयो । पाटी पछाडि नजिक गएर हेरे । त्यहाँ रातो सिन्दुर मुछिएको एकमुठी अक्षता र त्यसमाथि बास्नादार धुप बालेर छोडेको पाइयो । पिछा गर्ने दर्शहरु दंगदास भए ।
के हो त यो ! साँच्चिकै इन्द्रायणी माई प्रत्यक्ष प्रकट भएको हो त ? केही अनिष्ट घटना हुने हो कि ! केही शुभ लक्षण हो कि केही थाहा भएन ।

यी सबै प्रत्यक्ष घटना देख्नेहरुमा तत्कालिन पालुङ गाउँ पञ्चायत वडा नं. ९ बस्ने श्री नाथ गणका आर्मी चन्द्रबहादुर श्रेष्ठका भाई कृष्णबहादुर श्रेष्ठ र पालुङ डाँडा गाउँ बस्ने जेठा छोरा रामभक्त श्रेष्ठ थिए ।
अर्का प्रत्यक्षदर्शी पालुङ गाउँ पञ्चायत वडा नं. ६ (ध्वाखा दुने) बस्ने अमरबहादुर प्रधानले भने सो महिलालाई माईस्थान मन्दिरबाट फर्केर देउला गाउँसम्म पुगेको देखेको रहेछ ।
एउटै महिलालाई कसैले पाटी पछाडि गएर अलप भएको देख्ने । कोहीले भने देउला गाउँ भित्र प्रवेश गरेको देख्ने । यो कस्तो तिलस्मी यन्त्र हो ? कसैले यही नै हो भनि ठोकुवा गर्न सकेन ।
त्यस्तै अर्को एक घटना यस्तो थियो । साँच्चै नै भन्ने हो भने इन्द्रायणी माई वरपर के के देवी देवताहरु छन् ?
जस्तै इन्द्रायणी माईको दक्षिणतिर महालक्ष्मी विराजमान हुनुभएको छ । उत्तर खोलापारी दुई पाखाको खोँचमा महाकाल राक्षस छ । जो इन्द्रायणी सती गएको हेर्नलाई लुकेको ठाउँ । इन्द्रायणीको बायाँ अथवा पश्चिमतर्फ (म्ह फ्वः द्यः) र ध्वँ द्यः स्थानमा रहेको पाइन्छ ।
पश्चिम तर्फ नै खोलापारी तिलकुमारी, ल्हाँगा खोलामा पेंकुमारी र उत्तरतर्फ तिनकुमारी, पञ्चकुमारी, सात कुमारी विराजमान रही आएको छ ।
यस्तो महाशक्ति स्वरुप इन्द्रायणी माईको मैदान खण्डमा एक सत्य तथ्य घटनामा आधारित लेख यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

मकवानपुर जिल्ला पालुङ गाउँ पञ्चायत वडा नं. ६ बस्ने पुस्तौँ पुस्तासम्म थकु जुजुले चलाई आएका तान्त्रिक विद्या निपुन भएका श्री जुजुमान श्रेष्ठ, हाल उहाँका नाति मोहनमान श्रेष्ठ २०४१ सालका उप प्रधानपञ्चको पदको नाताले इन्द्रायणी मोटरबाटो मर्मत कार्यमा संलग्न रही आएको हुनाले बिहान ११ बजेको समय इन्द्रायणी चउर सुनसान अवस्थामा थियो । पश्चिम चौताराबाट पूर्व तर्फ गईरहेको चौताराबाट करिब १ सय मीटर पूर्वतर्फ हिँडिरहेको बेला दायाँ बायाँ हेर्दै हिँड्दै गर्दा अचानक उत्तर तिर दुई पाखाको खोँचमा नजर पुग्दा त्यहाँबाट एउटा भयंकर मूर्ति भएको अग्लो कालो पहिरन लगाएको जस्तो वन झाँक्री जस्तो अद्भूत मूर्ति दानव तलतिर झरिरहेको दृश्य देखे ।
त्यसपछि जीउ सिरिङ्ग भएर हात गोडा लगलग कामेर लुलो हुँदै आयो । आँखा तिरमीर भएर आयो । जताततै पहेँलो देख्न थाले । यत्तिकैमा अब मेरो परिवारहरुले साहै्र दुःख पाउने भए परिवार भोक भोकै मर्ने भए । यति छिटो छरितो विचार फैलियो । इन्द्रायणी स्थानबाट एकजना परिचित पण्डित आईरहेको देखे । यतिबेलासम्म केही होसमा छु । मेरो पाइला अघि बढ्न सकेन । संसार अन्धकार भएर आयो । हातखुट्टा  लगलग काम्न थाल्यो । मनमनै भगवान पुकारेँ म मर्ने नै भयो हे भगवान मलाई रक्षा गर्नुहोस् । यति सम्म मलाई अलि अलि होस् छ । त्यसपछि मलाई कुनै होस हवास भएन । म त्यही चउमा ढलेछु ।
बाटोमा हिँड्ने मानिसहरुले इन्द्रायणी चउरमा मानिस ढलिरहेको देखेको होला । या कसैले देखेन त्यो समय भित्र मानिसहरु आवत जावत भएन होला । देख्नेले पनि मेरो घरमा खबर गरि दिएन । कस्ले के के भने होला । करिब दिनको १ बजे म बिउझिन पुगे । म मरेतुल्य भएँ । जीउ भारी भईरह्यो । हिँड्न गाह्रो भयो । करिब दुई घण्टा बेहोस भईरहँदा कुनै सपना भएन शुभ अशुभ केही थाहा भएन । म चकित भएँ । अरु कसैलाई सुनाउन गाह्रो प¥यो ।
यस्तै घटना अरु कसैलाई पनि भएको छ कि कस्लाई सोध्ने ? म विस्तारै हिँडे कुल्लीहरु सबै छ छैन हेरेँ । मैले आफुलाई परेको घटना कसैलाई सुनाउन सकिन, म घरमा फर्केँ ।
मलाई यो घटनाले धेरै दिनसम्म सताइरह्यो । त्यसपछि मैले त्यो खोँचमा कहिल्यै पनि हेर्ने साहस गर्न सकेन । पछि मैले यस्तै घटना अरु कसैलाई भईसकेको छ कि ? अरु कसैलाई हुन्छ कि मैले नियाल्दै गएँ । अरु कसैलाई भएको थाहा भएन ।
यो घटना किन घट्यो ? त्यसमा पनि श्री इन्द्रायणी माइको ३ वर्षे जात्राको मुख्य कर्ता थकु जुजु लाई नै यो विचित्र डरलाग्दो, कहालीलाग्दो घटना, त्यसमाथि दिउँसोको समयमा ईन्द्रायणी मैदानमा भएको घटना कसैसाग सुनाउन राम्रो लागेन ।
करिब ३०–३२ वर्ष पछि यसै इन्द्रायणी माईको लिपी ईतिहास लेख्ने लेखकलाई यो सम्पूर्ण घटनाको बेलिविस्तार गरेँ । लेखकले सोधिखोजी गर्दैै जाँदा देउला गाउँकै धामी झाँक्रीहरुबाट थाहा हुन गयो । त्यस ठाउँमा एउटा महाकाल राक्षस भएको र मानी राखेको थाहा पाइयो । झाँक्री धामीहरुको भनाई अनुसार मानिसहरुले त्यो काल राक्षस देख्दा मान्छे मुर्छा परी बेहोस हुनु मात्र सौभाग्यको कुरा भयो । यदि त्यो राक्षसको नजर मान्छेमा परेको भए छिनभरमै रगत छाडेर स्वाहा हुने थियो भन्ने थाहा पाएपछि एक जुनी पार गरेर पुनर्जन्म पाएको अनुभव हुन थाल्यो । धन्य धन्य श्री इन्द्रायणी माइको कृपाले यस धरतीमा हिँड्दै श्री इन्द्रायणी माईको सेवा गर्ने मौका हालसम्म पाइरहेको छु ।
सोही सालको जेठ असार महिनामा नेवार वस्तीमा अचानक झाडा पखालाको महामारीबाट धेरै जनधनको क्षति भएको, देउला गाउँमा केही नभएको यस्तो अशुभ पछि धामीहरुबाट जोखना हेराउँदा खुन भएको, घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाएको दोष देखाएको हुनाले श्री इन्द्रायणी माइ समक्ष नेवार गाउँ वस्तीका १६ द्वारबाट देवी प्रति ठूलो भूल भएको महसूस गरी अब उप्रान्त यस्तो भूल कहिल्यै गर्ने छैन जे जति गल्ती भए पनि (द्वं विद्वं क्षमा) याचना गरेर यसै पालुङ सहर बस्ने जी तोयापानी प्रधानबाट
ढुंगाको शिलामूर्ती – १
दियो बाल्ने काठको गाँेदाल – १ चढाएको देखिन्छ । सो शिला इन्द्रायणी पनि चोरी भएपछि गाउँ पञ्चायतबाट अनुदान रकम प्राप्त गरी बनाइएको हालको शिला इन्द्रायणी यथावत छ ।
२०३४ साल पछाडि द्यःपा जीतवीर देउलाका दाजु भाईहरुको सगोलमा  पीतलको सानो ईन्द्रायणी माईको मूर्ती – १ थान
इन्द्रायणी माई राख्ने पीतलको चौकुना बाकस – १ थान
सानो पीतलको आरती – १ थान चढाएकोछ ।
भाग–५
यसरी तीन–तीन वर्षको फरकमा श्री इन्द्रायणी कालिकाको जात्रा सञ्चालन गर्दै आएर मानिसहरुमा देवीको शक्तिको प्रभाव वृद्धि भएर फेरि तेस्रो पटक रथ स्थापना गर्ने मध्ये यसै पालुङ सहर गाउँ विकास समिति वडा नं. ६ हाल थाहा नगरपालिका वडा नं. ३ बस्ने श्री अमर बहादुर श्रेष्ठ र श्री जी तोयापानी प्रधानबाट श्री कुमारी देवीको रथ एक थान, मयुरमा चढेको कुमारीको मूर्ति एक थान विक्रम सम्वत् २०१३ साल मंसिर १९ गते चढाएको रथमा उल्लेख छ । यसरी नै पालुङ सहर गाउँ विकास समिति वडा नं. ६ थाहा नगरपालिका वडा नं. ३ बस्ने रत्मानको नाति रत्न बहादुरको छोरा तुलसी दास प्रधानले भैरवको रथ एक थान, भैरवको मूर्ति १ थान, चढाएको वि.सं. २०१३ साल ०८–२०–४ मा चढाएको रथमा उल्लेख गरिएको छ ।
यसरी परम्परादेखि पाँच दिनसम्म चली आएको तीन वर्षे इन्द्रायणी माइको जात्रा वि.सं. २०१३ सालको जात्रादेखि ४ दिन मात्र गर्ने भनी निर्णयकर्ता १६ द्वार मध्ये थकू जुजु कृष्णमान श्रेष्ठ १, जी तोयापानी प्रधान १, जगत बहादुर प्रधान १, आशामरु श्रेष्ठ १, अमर बहादुर श्रेष्ठ १, तुलसी दास प्रधान १, इन्द्रायणीका दत्तवाला नाती हर्ष बहादुर नापित १ र रत्न कुमार श्रेष्ठ १, देउलाहरु, द्यः नायः कृष्णमान देउला १, द्यः पा बख्खे १, गाउँ नाइके शंखर देउलाको बाबु १ र अन्य गाउँलेहरुको सरसल्लाहबाट चार दिन मात्र गर्ने भनी निर्णय गरियो ।
यसरी एक दशक पार भएपछि पुनः २०२५ सालको जात्रामा तीन दिन मात्र गर्ने भनी कुराहरु सञ्चालन हँुदै गयो । फेरि वाद विवाद सुरु भयो । थोरै दिनको समय भित्र हुँदैन भन्नेको संख्या कम हुँदै गएपछि तीन दिन मात्र गर्ने निर्णय भयो । अब तीन दिन मात्र जात्रा गर्ने भनी पोष्टर पम्प्लेट तयार गर्न जीवन ज्योति पुस्तकालयका सचिव भक्तमान श्रेष्ठ, सहसचिव जंगली राजकुमार प्रधानबाट चन्दा संकलन गर्ने र पम्प्लेट तयार गरी बाँड्ने काममा जीवन ज्योति पुस्तकालय केही समयका लागि अफिस भयो । सो समयका चन्दादाताहरुमा यस्तो उल्लेख गरिएको छ । यत्तिबेला देखिनै १६ द्वार र गाउँले समेतको पूजा आजा एकै दिन गर्ने निर्णय समेत भएको थियो ।
मोहनमान श्रेष्ठ रु. १।७५ पैसा
गोपालमान श्रेष्ठ रु.  ।५० पैसा
अमर बहादुर श्रेष्ठ रु. १।–
आशामरु श्रेष्ठ रु. १।–
विकास बाबु श्रेष्ठ रु. १।–
विष्णु प्रसाद श्रेष्ठ रु.  ।२५ पैसा
गजेन्द्र भक्त श्रेष्ठ रु.  ।५० पैसा
बुद्धि बहादुर बलामी चौतारा रु. १।–
भक्तमान श्रेष्ठ रु   ।५० पैसा
अष्टमान श्रेष्ठ रु.  ।५० पैसा
तुलसी नापित रु.  ।२० पैसा
चुर्ण नेपाली रु.  ।१० पैसा
हाकु नेपाली रु.  ।०९ पैसा
हरि बहादुर बलामी रु.  ।१० पैसा
जंगली राजकुमार प्रधान रु.  ।५० पैसा
यसरी एक दशक पार भएर वि.सं. २०२५ सालदेखि तीन दिन मात्र जात्रा गर्ने भनी निर्णय भई आएको चलन हालसम्म यथावत छ ।
यसरी शताव्दी पुरानो इन्द्रायणी माइको मूर्ति, कुमारीको मूर्ति सहित अनमोल इन्द्रायणीको सम्पत्ति र नयाँ कुमारीको मूर्ति र अन्य धेरै देवीको सामग्री वि.सं. २०३४ सालको जात्राको समयमा चोरी भएको हुनाले अब खाली रथले जात्रा गर्ने कि इन्द्रायणी नयाँ बनाई जात्रा गर्ने भनी २००५ सालको जस्तो घटना फेरी दोहोरिएर आयो । यसैबीच १६ द्वारेहरु र देउलाहरुबीच छलफल लामो समयसम्म चल्यो । नयाँ मूर्ति बनाएर विधिपूर्वक जात्रा चलाउन नभ्याउने भएपछि जे जति मूर्तिहरु बाँकी छ सो एक एक थान रथमा राखी जात्रा चलाउने भन्ने निर्णय भएको हुनाले वि.सं. २०३४ सालको जात्रा अति दुःखदायी रुपमा सम्पन्न भयो । पालुङ इलाकाका गाउँलेहरुले भन्न लागे इन्द्रायणी देवी हराएको हुनाले जात्रा हुने नहुने राम्ररी थाहा भएन । प्रचार पनि गरिएन । दर्शक भक्तजनहरुको पूजा बलि पूजा निकै नै न्यून भयो । रथयात्रा सुरु भए देखि नै सायद यस्तो नरमाइलो कहिल्यै भएको थिएन होला, बाहिरबाट आउने पाहुना भक्तजनहरु इन्द्रायणी चोरी भएर प्रहरी कार्यालयमा कारवाही चलिरहेको अवस्थामा जात्रा हुँदैन भन्ने सनसनीपूर्ण हल्लाले पनि दर्शकहरु कमी भएको देखिन्छ । देउलाहरु र सबै गाउँलेहरुको मन प्रसन्न थिएन, बाहिर गाउँबाट आउने पूजा निकै कमी थिए । यसरी २०३४ सालको जात्रामा सबै रकमी देउला, पूजारी र १६ द्वारे सहितको मन प्रसन्न नभईकनै जात्रा समापन भएको यो दोस्रो घटना हो । अब नयाँ इन्द्रायणी देवीको मूर्ति बनाउन गाउँ गाउँबाट चन्दा रकम संकलन गरी २०३७ सालको जात्रामा हाल भएको इन्द्रायणी देवीको मूर्ति बनाई जात्रा चलाइएको हो ।
साँच्चै नै भन्ने हो भने श्री इन्द्रायणी माई वरपर के के देवी देवताहरु छन् ?
जस्तै इन्द्रायणीमाईको दक्षिणतिर महाँलक्ष्मी विराजमान हुनुभएको छ । उत्तर खोलापारी दुई पाखाको खोँचमा माहाँकाल राक्षस छ । जो इन्द्रायणी सती गएको हेर्नलाई लुकेको ठाउँ हो । इन्द्रायणीको बायाँ अथवा पश्चिम तर्फ म्ह फोर द्यः र ध्वः द्यः स्थापना गरिएको छ । पश्चिम तर्फ नै खोलापारी तिलकुमारी, ल्हांगा खोलामा पेंकुमारी र उत्तर तर्फ तिनकन्या÷पंचकन्या÷सातकन्या विराजमान रही आएको छ ।
यस्तो महाँशक्ति स्वरुप इन्द्रायणी माईको मैदान खण्डमा एक सत्य तथ्य घटनामा आधारित लेख यस्तो छ ।
मकवानपुर जिल्ला पालुङ सहर गाउँ पञ्चायत अन्तरगत वडा नं. ६ बस्ने पुस्तौँ पुस्ता देखि ठकु जुजुको परम्परा धान्दै आएका तान्त्रिक विद्या निपुर्ण भएका श्री जुजुमानको नाति मोहनमान श्रेष्ठ २०४१ सालमा उप प्रधानपञ्चको नाताले इन्द्रायणी मोटरबाटो मर्मत कार्यमा संलग्न रही आएको हुनाले बिहान ११ बजेको समय इन्द्रायणी चउर सुनसान  अवस्थामा रहेको बेला पश्चिम चौताराबाट पूर्व तर्फ गईरहेको चौताराबाट करीब एक सय मीटर पूर्व तर्फ हिँडिरहेको बेला दायाँ बायाँ हेर्दैै हिँड्दै गर्दा अचानक उत्तरतिर दुइपाखाको खोँचमा नजर पुग्दा त्यहाँबाट एउटा भयंकर मूर्ति भएको अग्लो कालो पहिरन लगाएाके जस्तो वन झाँक्री जस्तो अद्भूत मूर्ति दानव तलतिर झरिरहेको दृश्य देखेँ ।
त्यसपछि जीऊ सिरिङ्ग भएर हात गोडा लगलग कामेर लुलो हुँदै आयो । आँखा तिरमिर भएर आयो । जताततै पहेँलो देख्न थालेँ । यत्तिकै्रमा अब मेरो परिवारहरुले साह्रै दुःख पाउने भए परिवार भोक भोकै मर्ने भए । यति छिटो छरितो के के विचार फैलियो । इन्द्रायणी थानबाट एकजना परिचित पण्डित आइरहेको देखेँ । यति बेलासम्म केही होसमा छु । मेरो पाइला अघि बढ्न सकेन । संरार अन्धकार भएर आयो । हातखुट्टा लगलग काम्न थाल्यो । मन मनै भगवान पुकारेँ म मर्ने नै भयो हे भगवान् मलाई रक्षा गर्नुहोस् । यति सम्म मलाई अलि अलि होस् छ । त्यस पछि मलाई कुनै होस हवास भएन । म त्यहीँ चऊरमा ढलेछु ।
बाटोमा हिँड्ने मानिसहरुले इन्द्रायणी चऊरमा एउटा मानिस ढलिरहेको देखेको होला । या कसैले देखेन त्यो समयभित्र मानिसहरु आवत जावत भएन होला । देख्नेले पनि मेरो घरमा खबर गरिदिएन । कस्ले के के भने होला । करीब दिनको १ बजे म बिउँझिन पुगेँ । म मरेतुल्य भएँ । जीऊ गलेर हिँड्न गाह्रो भयो । करीब दुई घण्टा बेहोस् भइरहँदा कुनै सपना भएन । शुभ अशुभ केही थाहा भएन । म चकित भएँ । अरु कसैलाई सुनाउन गाह्रो प¥यो ।
यस्तै घटना अरु कसैलाई पनि भएको छ कि कस्लाई सोध्ने ? म बिस्तारै हिँडे कुल्लीहरु सबै छ छैन हेरेँ । मैले आफुलाई परेको घटना कसैलाई सुनाउन सकेन म घरमा फर्केँ ।
मलाई यो घटनाले धेरै दिनसम्म सताइ नै रहे । त्यसपछि मैले त्यो खोँचमा कहिल्यै पनि हेर्ने साहस गर्न सकेन । पछि मैले यस्तै घटना अरु कसैलाई भईसकेको छ कि, अरु कसैलाई हुन्छ कि मैले नियाल्दै गएँ । अरु कसैलाई भएको थाहा भएन ।
यो घटना किन घट्यो ? त्यसमा पनि श्री इन्द्रायणी माईको ३ वर्षे जात्राको मूख्यकर्ता ठकु जुजु लाई नै यो विचित्र डरलाग्दो कहालीलाग्दो, त्यसमाथि दिनको समयमा ईन्द्रायणी मैदानमा भएको घटना कसैसँग सुनाउन राम्रो लागेन ।
करीब ३०–३२ वर्ष पछि यसै इन्द्रायणी माईको लिपी ईतिहासि लेख्ने लेखकलाई यो सम्पूर्ण घटनाको बेलिबिस्तार गरेँ । लेखकले सोधीखोजी गर्दै जाँदा देउला गाउँकै धामी झाक्रीहरुबाट थाहा हुन गयो । त्यस ठाउँमा एउटा महाँकाल राक्षस भएको र मानी राखेको थाहा हुन आयो । झाँक्री धामीहरुको भनाई अनुसार मानिसहरुले त्यो काल राक्षसलाई देख्दा मान्छे मुर्छा परी बेहोस हुनु मात्र सौभाग्यको कुरा भयो । यदि त्यो राक्षसको नजर मान्छेमा परेको भए छिनभरमै रगत छाडेर स्वाहा हुने थियो भन्ने थाहा पाएपछि एक जुनीपार गरेर पुनर्जन्म पाएको अनुभव हुन थाल्यो । धन्य धन्य श्री श्री इन्द्रायणी माईको सेवा गर्ने मौका हालसम्म पाईरहेको छु ।
यस्तै अनुभव दिनेश प्रसाद ढकालको पनि रहेको छ । उहाँका अनुसार बि.सं. २०३९ साल जेष्ठ महिनाको २८–२९ गते को कुरा हो । मान्खु माडबेसी (धादिङ जिल्ला)को मेरो भाञ्जा र एकजना भरिया मेरो घरमा आएको थियो ।
समय बिहान अन्दाजी ११ः३० बजे आलु एक धोक्रो भरियालाई बोकाएर भाञ्जा, भरिया र म तिनजना घरबाट हिँड्यौँ ।
त्यस समयमा यातायातको सुविधा गाउँमा नभएको हुनाले काठमाडौँ, हेटौँडा जानको लागि पालुङ प्रहरी थानामा जानुपर्दथ्यो ।
हामीहरु तिनैजना सँगसँगै हिँडेर इन्द्रायणी चौरमा आईपुग्यौँ र चऊरको माथिल्लो चौतारो पुगेपछि एक्कासी पेट  कटक्क दुख्यो । दिसा लाग्ला जस्तो भयो । मैले भाञ्जालाई भने तिमीहरु थानाबजारसम्म बिस्तारै जाँदै गर म दिसा बसेर आउँछु ।
भाञ्जा र भरिया गयो । म खोला तिर लागेँ दिसा बसेर उठ्दा भननन रिङ्टा लाग्यो । जीऊ गलेर आयो । जताततै पहेँलो देख्न थाल्यो । कानबाट सास व्हार व्हार गए जस्तो लाग्यो । कानले केही कुरा सुनेन । आफु बोलेको आफैले सुनेन । जसो तसो थाना बजार बाट भाञ्जा र भरियालाई गाडीमा चढाएर पठाएँ ।
म सकिनसकी लर्खरिएर बिस्तारै बिस्तारै हिँडेर घर फर्किएँ । इन्द्रायणी चौरमा आईपुगेपछि हात खुट्टा चल्न मुश्किल प¥यो । जीऊ शीथिल भएर आयो । पाईला सार्न गाह्रो हुँदै आयो थचक्क भुइँमा बसेँ । फेरी उठेँ बिस्तारै आउँदै गरेँ कोही सँग बोलचाल गर्न सकेन, कान बन्दै भयो । पालुङमा बल्ल तल्ल आइपुगेँ । त्यसबेला खाल्डे बजारमा एउटा मात्र किराना पसल थियो । त्यो पसलमा एउटा ग्लुकोजको बट्टा किनेँ, महादेव खोलामा पानी खाएँ । त्यो ग्लुकोज र पानी खाएपछि झनै गाह्रो प¥यो महादेव स्थानबाट केही माथिसम्म बल्ल तल्ल पुगेँ, अब सकेन, म बेहोस भएँ बाटोमै ढलेछु । बाटोमा ढलेपछि एकै छिनमा हल्ला खल्ला भयो । आमा हुर्रिएर आइपुग्नु भएछ र आमाले बोकेर घरमा लानु भएपछि झाँक्री, बैद्य खोजेर ल्याउनु भएछ । केही आराम भएको छैन । बीसको उन्नाईस भएन घरमा रुवाबासी चलेछ । घरपरिवारबाट पूरै माया मारेर तुलसीको मठमा ठाउँ सारेछ ।
बाबा र काकाले झाँक्री खोजेर ल्याएछ । र झाँक्रीबाट थाहा भयो र घरपरिवारसँग सोधेछ ? यो केटो कहाँ कहाँ गएको छ याद छ ? आमा बाबाले भनेछ हिजो भाञ्जालाई पु¥याउन थानाबजार सम्म गएछ । यति आमा बाले भनेपछि झाँक्रीलाई खुलस्त भयो इन्द्रायणी देवीको वरिपरीको महाँकाल राक्षसको हावाले भेटेको देखियो । झाँक्री वैद्यहरुको सल्लाह अनुसार “महाँकाल” लाई पूजा गर्ने वाचासहित पन्छाईसकेपछि केही बीसको उन्नाईस भएछ ।
त्यसरी नै इन्द्रायणी गुठी समितिको अध्यक्ष श्यामभक्त श्रेष्ठको अनुभव यस्तो रह्यो । यही २०७६ साल जेष्ठ महिनाको घटना थियो । उहाँका श्रीमती नर्स थिए । उहाँको डिउटी पालुङ हेल्थपोष्टमा रातिको समयमा थियो । हरेक दिन बेलुका खाना खाएर श्रीमतीलाई पु¥याउन श्यामभक्त मोटरसाईकलमा जाने गर्दथे । इन्द्रायणी माई स्थानको पछाडि एउटा खोल्सामा कज वे बनाउने काम भईरहेको थियो । त्यहाँ ढुंगा, बालुवा, गिट्टी ठाउँ ठाउँमा थुप्रिरहेको थियो । त्यही बाटो भएर हेल्थपोष्टमा जाँदै गर्दा रात निक्कै छिपिसकेको थियो । बाटोमा आवतजावत बन्द भईसकेको थियो । त्यो कज वे निर्माण गरिएको ठाउँमा ज्यामीहरु कति थिए त्यो एकिन भएन । त्यहाँ ढुंगा फोरेको, गिट्टी चलाएको राम्ररी सुनिन्थ्यो । त्यस स्थानमा फोकस लाईट बालेर काम गरिरहेको थियो । उकालो बाटो जानु परेको हुनाले दायाँ बायाँ हेर्ने सम्भव भएन । हामी उकालो गयौँ । हेल्थपोष्टमा श्रीमतीलाई पु¥याएर त्यही बाटो फर्कँदा त्यहाँ सामसुम थियो, त्यहाँ मान्छेको चहलपहल पनि थिएन । बत्ति पनि बलेको थिएन । म फेरी इन्द्रायणी माईलाई परिक्रमा गरि घर फर्केँ ।
भोलिपल्ट त्यही स्थानमा गएर हेर्दा त्यहाँ कुनै ढुंगा, माटो, बालुवा, गिट्टी चलाएको थिएन । त्यहाँ कुनै प्रकारको काम गरेको पनि देखिएन । यस्तो अचम्मको घटना घट्दा मलाई आश्चर्य लाग्यो ।
एवम् रीतले घटना, दुर्घटना, स्थापना, पुनस्र्थापनाको थालनी भएदेखि वि.सं. १९१४ सालमा निर्माण भएको श्री इन्द्रायणी माइको रथ जीर्ण भई भाँचिने टुट्ने सम्भावना भएको हुनाले पुरानै दत्तवाला देवीदास, लक्ष्मीदास, नानीदास श्रेष्ठका पनातिहरुबाट नयाँ रथ निर्माण गरी चढाएको हो भन्ने रथ पछाडिको ताम्रपत्रमा उल्लेख गरिएको छ । सो ताम्रपत्रमा यस्तो लेखिएको छ–
श्रद्धेय स्व. आशामरु श्रेष्ठको स्मृतिमा वि.सं. २०५८ साल मंसिर महिनामा पुनर्निर्माण भन्ने लेखिएको छ ।
सो आशामरु श्रेष्ठको परिवारहरु
श्रीमती न्हुच्छेमाया श्रेष्ठ
श्रीमती मिश्रीमाया श्रेष्ठ
छोराहरु ः बुहारीहरु ः
गणेशमान श्रेष्ठ निर्मला श्रेष्ठ
भोजमान श्रेष्ठ अनिता श्रेष्ठ
राम श्रेष्ठ रमा श्रेष्ठ
श्यामभक्त श्रेष्ठ सुशिला श्रेष्ठ
नरेन्द्र श्रेष्ठ
मिति नेपाल सम्वत् ११२२ विक्रम सम्वत् २०५८ मंसिर शुभम् ।
यसरी रथ निर्माण भएपछि पुरानो जीर्ण रथ १ नयाँ इन्द्रायणीको रथ १ समेत यहाँ हाल पुरानो रथघरमा (द्यः छेँ) मा पाँच वटा रथ देखिन्छ ।
भाग–६
इन्द्रायणी माईको तीन दिने जात्राको विधि ः
जात्रा हुने साल जात्रा आरम्भ निमन्त्रणा पूजा भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्र जात्राको शुभ दिन सबै गाउँलेहरुको पूजा संकलन गरिन्छ । पूजा संकलन गरिसकेपछि इन्द्रायणी जात्राका मुख्य पूजाको हर्ताकर्ता थकू जुजु, इन्द्रायणी पुजारी, भगवती पुजारी, काला भैरव पुजारी समेतले पूजा सर्जाम बाजा बजाई द्यः नायः, द्यः पाः, गाउँ नाइके समेतले पूजा उठाई इन्द्रायणीको स्थानमा निमन्त्रणा पूजा गर्न जान्छ । त्यसपछि यो निमन्त्रणा पूजा भनेको इन्द्रायणी माईले आफ्नो तेत्तीस कोटी देवताहरुलाई करिब चार महिनापछि मेरो धूमधाम जात्रा हुने भएको हुनाले मेरो कोटी कोटी देवताहरु मातृका गण समेत बलि पूजा सेवन गर्न आउनु भनी निमन्त्रणा गर्न गरिने पूजा पनि हो । त्यसपछि चारदिशाबाट आउने देवीदेवताहरुलाई ढोका खोल्ने पूजा पनि हो । त्यसै दिन पालुङ सहर माझमा गाउँमा पौराणिक कालदेखि स्थापना भएको श्री अष्ट भैरव स्थानमा भूत पे्रत गाउँबाट बाहिर पठाउने भनी भूत मन्छिने गाउँ सुरक्षित गर्ने भनी भगवती पूजारीले गाउँका सबै घरहरुबाट सद्बिज उठाई अष्ट भैरव स्थानमा देउला टोलीले बाजा बजाई बलि पूजा गर्दछन् । गाउँबाट उठाएको सद्वीज एउटा पिचामा राखी अनार बोटको घार हाँगा चारतिर गाडी त्यहाँ वली चढाएको बोकाको रगत चढाइन्छ । बोकाको छाला काढेर टाउको सहितको अनार बोटमा ओढाई आन्द्राको माला बेरिन्छ र पूजा सकिएपछि सो पिचा उठाई भगवती पूजारीले बोकी बाजा बजाएर लान्छ, चारै दिशामा सो पिचामा रहेको सद्वीज छरिन्छ । सो पूजा भूत पे्रत गाउँबाट बाहिर पठाउने भनी मानिएको हो ।
यसरी इन्द्र जात्रा (येँया पुन्हि) को दिन भुत मन्छाउने कार्य सकिएपछि इन्द्रायणी पुजारी, भगवती पुजारी, कालाभैरव पुजारी, थकु जुजु, द्यः नायः, द्यःपाः, गाँ नायः र बाजागाजा सहित इन्द्रायणी स्थानमा निमन्त्रणा पूजा गर्न जान्छन् ।
यसरी नै जेष्ठ शुक्ल पूर्णिमाका दिन पनि सोही अष्टभैरव स्थानमा यसरी नै यही नियम विधि विधानबाट बलि पूजा गरिन्छ । जेठ पूर्णिमाका दिन गर्ने पूजा भने आषाढमा खेतमा दिनरात हिँड्नुपर्ने भएकोले भुतप्रेत गाउँमा ल्याउने भन्ने चलन छ ।





भाग–७
हरेक पर्व पूजामा पुजारी कर्ता र देउलाहरुबाट बाजा बजाई देवताहरुलाई सहयोग गर्दै आएको हुनाले देउलाहरु र नेवारहरुबीच अति घनिष्ट नाता कसिँदै नङ र मासु जस्तै हुँदै आएको देखिन्छ । यसरी पुस्तौँ पुस्ता अगाडिदेखि श्री इन्द्रायणी माईको सेवा र सुसार गर्दै आएको हुनाले पहिलाका देउलाहरुको खासै प्रगति नभएता पनि पूज्यनीय कार्यहरुको धर्म संस्कारले गर्दा हालका देउलाहरुको उन्नति र प्रगति भएको देखिन्छ । त्यसैले देउलाहरुले यान्त्रिक उपकरण खरिद गर्दा श्री इन्द्रायणी माईको जय भन्ने वाक्य लेखिएको पाइन्छ । जस्तै ः इन्द्रायणी औषधालय, इन्द्रायणी हार्डवेयर र विभिन्न उद्योगमा यस्तै वाक्य लेखिएको पाइन्छ । श्री इन्द्रायणी माईको भाकल गरी देश विदेश जाने, शान्ति सेनामा जाने, प्राईभेट रोजगारीमा जाने, महानुभावहरुले मेरो मनोकामना पूरा होस् भनी भाकल गरी गएका महानुभावहरुको इच्छा पूरा भई फर्किएकाहरुले धुमधामसँग वली पूजा गर्ने हरेक शनिवार मन्त्र पढ्नेहरुले मन्त्र सिद्ध भएको खुशियालीमा रातमा मन्त्र जप्न आउने, एक सातामा शनिवारको दिनमा पूजा गर्ने, मन्त्र जप्ने शनिवार रातीमा पनि पूजा गर्ने, यसरी हप्ताको तीन वार मंगलवार, वृहस्पतिवार र शनिवार रातमा पनि पूजा गर्न काठमाडौँ, हेटौँडा र भीमफेदी र विभिन्न ठाउँबाट ट्याक्सी, जीप, कार लिएर राती बसी पूजा गर्न आउने भक्तजनहरुको घुइँचो दिनानुदिन बढ्दै गइरहेको छ ।

भाग–८
इन्द्रायणी साक्षात् शक्ति स्वरुपको एउटा अर्को प्रसंग ः
पश्चिमबाट भागी आउने देवीहरुमा स्वच्छन्द भैरव चित्लाङमा, वज्रबाराही टिष्टुङमा गएछन् र इन्द्रायणी यस ठाउँमा बसेको हुनाले वि.सं. १९७२ सालमा पालुङको १२ वर्षे नाचमा पाँचौँ देवीलाई जोडेर प्रशंसा गरेको पाइन्छ । यसरी पालुङ सहरको १२ वर्षे नाचमा पाण्डवपुर नगरका धर्मध्वज राजा शिकार खेल्न गएको बेला राजालाई बाघले खाएको भनी आफ्नै मन्त्रीद्वारा रगतले लतपतिएको शीरबन्दी चिन्ह ल्याई रानी शोभावतीलाई बुझाउन ल्याएको हुनाले सो चिन्हको आधारमा रानी सती जानुभयो । राजदरवारमा राज्यमा सारा दुनियाँमा रुवाबासी चल्यो । यसरी दरवार र दुनियाँमा शोक चलिरहेको अवस्थामा अचानक धर्मध्वज राजा दरवारमा आइपुग्छन् र आफ्नो छोरा कर्णध्वज राजकुमारलाई सोधनी गर्नुहुन्छ– “बाबु कर्णध्वज, तिम्रो मुमा शोभावती देखिँदैन कता गइन् ? कर्णध्वज राजकुमारले पनि हजुरलाई बाघले खाएको भनी हाम्रा मन्त्रीले प्रमाण सहित मुमा हजुरलाई बुझाएको हुनाले सो चिन्हको आधारमा मुमा सतीबास जानुभयो । यति कुरा राजकुमारले भनिसकेपछि धर्मध्वज राजाले भने– अहो उसोभए म भगवान विष्णुको आराधना गरी रानी शोभावतीलाई जगाएर ल्याउँछु । तिमीले राज्य सम्हाली राख्नु !” भनी राजा भगवान विष्णुको आराधना गर्न जानुभयो । राजाले महिनौँ दिन लगाएर आराधना ध्यान गरिसकेपछि भगवान विष्णु प्रसन्न भई भने– हे भक्त वत्सल तिम्रो भाव भक्तिदेखि म साह्रै प्रसन्न भएँ, अब मैले के वरदान दिनु प¥यो ? श्री विष्णु भगवानले सोधनी गर्दा धर्मध्वज राजाले हात जोडी विन्ति गर्नुभयो । हे भगवान श्री विष्णु म कुन्छा पर्वत जंगलमा शिकार खेल्न जाँदा मलाई बाघले मारेर खायो भनेर आफ्नै मन्त्रीले मेरो चिन्ह समेत ल्याएर रानीलाई बुझाएछन् र त्यसैको आधारमा रानी सतीबास भएछ । अब मेरो रानी पुनः जीवित गरी मेरो उद्धार गर्नुहोस् भन्ने वरदान माग्दछु हे भगवान । विष्णु भगवानले भन्नुभयो– हे धर्मध्वज राजा ! तिमी साह्रै सत्यवादी राजा रहेछौ, म तिम्रो रानीको जीवनदान त दिन सक्दिन तर तिम्रो इच्छा पूरा हवस्, यति मैले वरदान दिएँ । अब यो पाण्डवपुर नगरको अधिपति ३३ कोटी देवताहरुको मालिक श्री इन्द्रायणीदेवी माइको आराधना गर्नु, श्री इन्द्रायणी माईले तिम्रो रानीलाई जीवित गरिदिन्छिन् । यति कुरा तिमीलाई वरदान दिएँ । विष्णु भगवानको यति वचन पाइसकेपछि विष्णुलाई दण्डवत् गरी राजा इन्द्रायणीदेवीको आराधना गर्न हिँडे र राजा धर्मध्वजले तन, मन र वचनबाट श्री इन्द्रायणीको आराधना गर्न लागे । थोरै समय मात्र ध्यान गरिसकेपछि इन्द्रायणी माई प्रसन्न भएर आफ्ना अष्टबाहु सहित उत्पन्न भएर रानीलाई पुनः जगाई जीवित बनाई राजाको साथ पठाइदिएछन् र राजा खुशी भएर यस्तो शक्तिशाली इन्द्रायणी माईको जय जयकार मनाई राजा रानी आफ्नो नगर फर्के भन्ने १२ वर्षे नाचको पुस्तकमा उल्लेख भएको छ ।
यस्तो शक्तिशाली इन्द्रायणी माईको भावभक्ति गर्ने अन्य महानुभावहरुको पनि शुभ लक्षण देखिन्छ ।

भाग–९
तीन वर्षे जात्रा विधि ः
तीन वर्षे जात्राको नियम तान्त्रिक विधि विधान यस तीन वर्षे इन्द्रायणी माईको जात्रा ललितपुर पाटनबाट तान्त्रिक विशेषज्ञ कर्माचार्यहरु आएर नियम पूर्वक जात्रा सञ्चालन गर्दछन् । जात्रा हुने चार दिन अगाडि मंसिर शुक्ल द्वादशीको दिन देउला गाउँबाट खाली रथ पालुङ नेवार गाउँमा ल्याइन्छ, रथ गाउँ भित्र्याएपछि १६ द्वारेको भोज र निमन्त्रणा पूजा सुरु हुन्छ । द्वादशीको दिनदेखि पहिलो निम्तो पूजा भगवती पूजारीबाट हुन्छ । त्रयोदशीको दिन काला भैरव पूजारीबाट पूजा र भोज हुन्छ । चतुर्दशीका दिन इन्द्रायणी पूजारीबाट हुन्छ र १६ द्वारे भोज खुवाउने कार्य समाप्त हुन्छ । १६ द्वारेहरु तीन कवलमा विभाजन गरिएको छ । सो तीन कवलबाट तीनजना भण्डारीहरु राखिएको हुन्छ । जसको काम जात्रा भरि बलि पूजा गर्ने कर्ताहरुलाई पकाई तुल्याई खुवाउने काम हुन्छ । देवी श्रृङ्गार इन्द्रायणी स्थानमा पाँच सल्लाको लिङ्गो ल्याएर चार सुरमा गाडिन्छ । चँदुवा टाँगिन्छ । एउटा मूल लिङ्गो रथ झर्ने दिन राती उठाइन्छ । लौठसल्ला, पानीफुल देउताको वरिपरि राखेर सिँगारिन्छ । (काठको गोँदाल कसिन्छ, देवल आकारको दियो बाल्ने झ्याल)
पूर्णिमाको दिन भगवती आगं घरमा सूचीनिची गरी तोर्मा पकाइन्छ । गाउँको माझ खण्डमा नुहाइधुवाइ गरी शुद्ध भएर गोजा (तोर्मा) पकाइन्छ । त्यसपछि इन्द्रायणी पूजारीबाट देउता लिन जाने पूजा ल्याइन्छ । गाउँले १६ द्वारे बाजा गाजा बजाई देउला गाउँमा देउता लिन जान्छन् । तीन पूजारी थकू जुजु, कर्माचार्य समेत जान्छन् । देउला गाउँमा पुगेपछि द्यः नायः, द्यः पाः, गाउँ नाईके समेतले द्यः छेँ (देउता घर) बाट उठाएर ल्याइन्छ र डबलीमा सजाएर राखिन्छ । त्यसपछि इन्द्रायणी पुजारीले आफ्नो नित्यकर्म गरी पूजा गरिसकेपछि देउता नाइके, देउता पाले, गाउँ नाइके समेतले देउता उठाएर ल्याउँछन् र सो देवी देवता गाउँमा पु¥याएपछि आ–आफ्नो रथमा विराजमान गराइन्छ । त्यसपछि सर्वप्रथम थकू जुजुको पूजा हुन्छ । ठकु जुजुको पूजा पछि अरु गाउँलेहरुको र १६ द्वारेको पूजा हुन्छ । सबै गाउँलेको पूजा सकिएपछि आगं घरमा भगवती पूजारीले पकाएको १२ जोर तोर्मा बाजागाजा सहित इन्द्रायणी स्थानमा १२ पटक गरी चढाउन लान्छ । सो १२ जोर पूजा सकिएपछि अब कुमारी गोजा (तोर्मा) एक पाथी चामलको भात पकाई कुमारी गोजा (कुमारी तोर्मा) बनाउँछ । कुमारी मूर्ति कालो भटमासबाट आँखा, सिन्दूर, केशरीबाट नाक, कान सहित चतुर्मुखी तोर्मा बनाउने, गाईको घिउबाट तोर्मामा दल्ने । सो कार्य सम्पन्न भईसकेपछि थकू जुजुले संकल्प पूजा ल्याएर कर्माचार्यले तान्त्रिक विधि पढेर थकू जुजुले संकल्प गर्छ, संकल्प कार्यपछि अब रथ उठाउने पूजा थकू जुजुबाट ल्याउँछ । त्यसपछि इन्द्रायणी पूजारीले दुई राँगो, दुई बोका, भाले, परेवा, हाँस समेत पञ्चबलि पूजा कार्य स्थलमा ल्याउँछ । यसरी क्रमशः भगवती, कालाभैरव पूजारीले पनि बलिसहित पूजा ल्याउँछ । त्यसपछि १६ द्वारे र गाउँले सबैको पूजा जम्मा भईसकेपछि सर्वप्रथम नापित परिवारबाट मदिराले पाता भरेपछि द्यः नायःले पाता उठाएर टाउकोमा राख्छ, त्यसपछि कुमारी गोजा (तोर्मा) उठाउँछ । त्यसपछि आगं उठाउँछ । यी सबै उठाइसकेपछि गणेशको रथ उठाउँछ । क्रमशः कुमारी, इन्द्रायणी, भैरवको रथ उठाउँछ । श्री गणेशकी जय, श्री बालकुमारी की जय, श्री इन्द्रायणी की जय, श्री भैरवकी जय यसरी जय जयकार मनाई अष्टभैरव परिक्रमा गरी बाजागाजा सहित रथ देवी स्थानमा लगिन्छ । देवी स्थानमा लगेपछि द्यः नायः, द्यः पा, गाउँ नायः समेतले रथबाट देवीहरु निकालेर आ–आफ्नो स्थानमा विराजमान गराइन्छ । त्यसपछि एक माना अक्षताको भात पकाउँछ । भात पाकिसकेपछि तोर्मा बनाउँछ, सो तोर्मामा कर्माचार्यले तान्त्रिक विधिबाट अब इन्द्रायणी माइले निमन्त्रणा गरे जति ३३ कोटी देवताहरु जात्रा स्थलमा आइसकेको हुनाले अब देखि भूतपे्रत, राक्षस, डांकिनी कुनैले पनि बाधा विरोध गर्न आउन पाउँदैन भनी तोर्मामा भालेको बलि चढाई पूजा सकेपछि तोर्मा (गोजा) चारै दिशामा लगी पूजा गरिन्छ । सो गोजाले चढाएको बाटो बन्द गरिएको मानिन्छ । सो बाटो बन्द गर्ने कार्य सकिएपछि अब पूजा सुरु हुन्छ । सर्वप्रथम थकू जुजुको पूजा बलि आचार्यबाट संकल्प गरी पूजा गरिन्छ । त्यसपछि भगवतीको बलि पूजा गरिन्छ । त्यसरी नै काला भैरव पछि इन्द्रायणी पूजारीको पञ्चबलि पूजा हुन्छ । त्यसपछि १६ द्वारेहरुको पूजा हुन्छ । १६ द्वारको पूजा सकिएपछि गाउँलेहरुको पूजा हुन्छ । १६ द्वारेहरुको बोकाको टाउको देवी स्थानमै राखिन्छ । गाउँलेहरुको पूजा सकिएपछि पहिलो दिनको जात्रा समाप्त हुन्छ । 
दोस्रो दिनको जात्रा विधि ः
दोस्रो दिन अर्थात् प्रतिपदा तिथिको दिन विहान सबेरै थकू जुजु गंगाजीमा नुहाइ धुवाइ गरी शुद्ध गरी पूजा सामग्री तयार पारेपछि देउलाहरु थकू जुजुको घरमा बाजा बजाई पूजा लिन आउँछन् र थकू जुुजुको पूजाको साथै कर्माचार्य पनि जान्छ । सर्वप्रथम थकू जुजुको पूजा सकेपछि मात्र अन्य गाउँलेहरुको पूजा सुरु हुन्छ । त्यो दिनको जात्रालाई मूल जात्रा पनि भनिन्छ । त्यो दिन बलि पूजा गर्नेहरुको लाईन छुट्टै हुन्छ । भजन कीर्तन गर्नेहरु छुट्टै हुन्छन् । पञ्चबलि पूजा छुट्टै हुन्छ । दुंदनेगु (बाटो नाप्ने) अर्थात् अष्टांग दण्डवत गर्नेहरुको पूजा छुट्टै हुन्छ । त्यसैक्रममा बलि पूजा तान्त्रिक कर्माचार्यबाट बलि बोका संकल्प गर्छन् । आचार्यबाट बोकाको टाउकोमा जल चढाई यस जुनीमा पशु भएर जन्मेपछि श्री भगवान महामाया भगवती जगत जननी माताको पाउमा रक्त चढाई मुक्त हुन चाहन्छु । अब कोटी कोटी जन्ममा पनि पशु भएर जन्म लिन नपरोस्, सदा सदा बैकुण्ठ बास होस् भनी मन्त्र पढेर फूल अक्षता बलि बोकाको टाउकोमा हाली दिन्छन् । त्यसपछि पानी मन्त्रेर कानमा हालेपछि बोका प्रसन्न हुन्छ, त्यसपछि बोकालाई इन्द्रायणी स्थान भित्र लगिन्छ र बलि चढाइन्छ । यसरी हजारौँ हजार वली पूजा हुन्छ । त्यो दिन बहुत हर्ष उल्लासका साथ दर्शकहरुले जात्रा अवलोकन गरेको हुन्छ । धिमे बाजामा नाच्ने, बाँसुरी बाजामा नाच्ने, विभिन्न बाजामा नाच्दै गाउँदै देवी परिक्रमा गर्ने हजारौँ हजार दर्शक महानुभावहरु हुन्छन् । यसरी क्रमशः लाईनमा आउने सबै बलि पूजा यही रीतले हुन्छ । त्यो दिन करिब दिउँसो २÷३ बजेसम्म बलि पूजा, पञ्चबलि पूजा एकनासले चलि नै रहन्छ । देवी स्थान भित्र बलि काट्ने, पूजा गर्ने मध्ये देउता नाइके १, काला भैरव पूजारी, भगवती पूजारी, इन्द्रायणी पूजारी, गाँ नायः, द्यःपाः समेत ६ जनाले सबै भक्तजनहरुको पूजा गरिदिन्छन् । सो दिनको पूजा समाप्त भएपछि दोस्रो दिनको जात्रा पनि सकिएको हुन्छ । त्यसपछि पूजा कर्ताहरु हातमुख धोएर आउँछन् र पूजारीहरुलाई भण्डारेले खाना खुवाउँछन् । त्यसपछि अब बोकाको टाउको झिक्ने काम सुरु हुन्छ र थकू जुजुको घरबाट पूजा ल्याई पूजा गरिसकेपछि बोकाको टाउको चलाई फिजाई दिन्छ र १६ द्वारेहरुको बोकाको टाउको बाँडिदिन्छन् । त्यस दिन अरु पूजा गरिँदैन र फूल प्रसाद बाँड्ने काम सुरु हुन्छ । १६ द्वारहरुले बोकाको टाउको घरमा लगेर त्यसै रात माइस्थानमा मध्य रातमा स्यू का भ्वय् (टाउके भोज) गरिन्छ । दोस्रो दिनको रातिमा इन्द्रायणी माईको प्राङ्गण मसानमा कोटिहोम गरिन्छ ।
यस जात्राका हर्ता कर्ता एवं विधिविधानको लागि सम्पूर्ण कार्य गर्ने थकु जुजुहरुको पुस्ताका मोहनमान श्रेष्ठका दाजु भक्तमान श्रेष्ठ, उहाँहरुका बुबा कृष्णमान श्रेष्ठ, कृष्णमानका बुबा जुजुमान श्रेष्ठ, जुजुमानका बुबा बलकृष्ण श्रेष्ठ रहेको कुरा अवगत भएको छ ।
कोटिहोमको सामग्री र विधि ः
हातको नङले छोडाएको धानको अक्षता माना १
सुद्ध माटोमा उमारेको कालो भटमास माना १
लाजा सुद्ध गरी भुटेको माना १
जट्टा नरिवल १ वटा
नौ थरी सद्मी माना १
नौ थरी पूजा फल आवश्यक अनुसार
पञ्चरङ्गी धागो आवश्यक अनुसार
जलचरहरुमा – जिउँदो माछा एक जोर, जिउँदो च्यापाः माछा आठ औँला भएको एक जोर, सकेसम्म पाहा नभएमा जिउँदो भ्यागुतो एक जोर, आठ खुट्टे गंगटो एक जोर ।
स्थल जीव ः
जिउँदो चरा भँगेरा एक जोर, सर्प जिउँदो एक जोर, बोकाको टाउको एक, दाउरा आवश्यकता अनुसार, पैयूँको लिङ्गो चार, सादा कपडा सात मीटर ।
उपरोक्त सामग्री संकलन गर्नको लागि गुठी राखिएको छ । सो सामग्री भण्डार कोठामा जम्मा भएपछि रातमा मसानमा पैयूँको चार लिङ्गो चार सुरमा गाडिन्छ । सादा कपदाले बेरिन्छ । उपरोक्त सामग्रीहरु मसानभित्र लान्छ र इन्द्रायणी देवीको गलामा पञ्चरङ्गी धागोले बेरेर क्षेत्रपालमा ल्याई, क्षेत्रपाललाई पनि त्यसै धागोले बाँधेर होमको लिङ्गोमा बाँधिन्छ । अब त्यो मसानको चौ घेरो भित्र एक तान्त्रिक कर्माचार्य थकू जुजु तीन पूजारी सहित द्यः नायः, द्यः पाः, गाँ नायः भित्र बस्छ । त्यसपछि भित्र आगो बालेपछि अरु कसैले त्यहाँ भित्र हेर्न पाउने छैन, त्यसपछि कर्माचार्यले पी गं चालिस गण देवी देवता, भूतपे्रत मसान उठाई खान दिन्छ । बोकाको टाउको, जट्टा नरिवल आगोमा होम गरिन्छ । त्यसपछि जल मसान, कलवीर मसान, आकाशदेवी, पातालदेवी, पञ्च महाभूत, ४९ वायु, जलदेवी, आदि इत्यादि चालिस गणका देवी देवता जुन रुपमा खान आउँछन्, के के खाने भन्छन् जसले जे मागे पनि कालो भटमास र (आख्यो) अक्षताले आवश्यक अनुसार खाना बनाइदिन्छन् । यसरी मागेजति ४० गणका राक्षस देवी देवताहरुलाई इच्छापूर्ण भोजन खान दिन्छन् त्यसै अनुसार सर्प, भ्यागुता, माछा, देव–दानव अनुसार विभिन्न जिवात्मा जिउँदै होम गर्दै खाक पार्दै लगेको हुन्छ । सबैलाई सन्तुष्ट पार्दै लगेको हुन्छ । बोकाको टाउको, जट्टा नरिवल खाक हुँदै जान्छ, होमको सामग्री पनि शेष हुदै जान्छ । होमको विधि पनि घट्दै जान्छ अन्तिममा अरु कोही बाँकी छ कि भनी प्रश्न गर्दा एउटा भयंकर राक्षस उत्पन्न भएर मलाई नरवली जन्माएर खान देऊ भनेर आउँछ, त्यस घडीमा कर्माचार्यले तान्त्रिक विधिबाट नरबलि उत्पन्न गर्ने समय समाप्त भइसकेको हुनाले आजबाट यसै इन्द्रायणी देवीको इलाकाभित्र कुनै पनि मानिस या पशुप्राणीहरुलाई दुःख कष्ट नदिनु होला अबको १२ वर्ष पछाडि नरबलि ल्याएर नरबलि चढाउँला अहिले भने श्री भगवती पूजारीको अङ्ग काटेर रगत चढाउँला भनेर भगवती पूजारीले धारिलो हतियारले आफ्नो बायाँ हातको कान्छी औँला रेटेर तुरुरु  रगतको धारो होमको आगोमा झारिन्छ, होम गर्ने कार्य समाप्त हुन्छ । अनि स्यू का भ्वय् आरम्भ हुन्छ ।
यस जात्रा सुरुको रातमा भगवती पूजारी र दोस्रो रात काल भैरव पूजारी, अन्तिम रात इन्द्रायणी पूजारीले होम गरि पूजा आजा गर्दछन् ।
स्यू का भ्वय् (टाउके भोज)को विधि ः
मसानमा होम गर्ने कार्य समाप्त भएपछि इन्द्रायणी मन्दिरको बाँयातर्फ खुल्ला चौरमा देवताहरुद्वारा सिठा, घोचाले बारेर (बले) छाप्रो बनाएको हुन्छ । त्यस छाप्रोमा तीन कवलका १६ द्वारेहरुको सहोदर दाजुभाइहरुको ठाउँमा बसी भोज खाइन्छ । भोज खाइसकेपछि स्यू का भ्वय् सुरु हुन्छ । सबै बोकाको ठाउको आठ भागमा काटेको हुन्छ । जसमध्ये दायाँ आँखा, बायाँ आँखा, दायाँ कान, बायाँ कान, दायाँ बङ्गारा, बायाँ बङ्गारा, थुतुनो आचार्यलाई, जिब्रो पूजा राख्नेलाई यसरी स्यू का भ्वय् समाप्त हुन्छ । भोज समाप्त भएपछि छाप्रो बनाउने देउताहरुलाई नेग, जोगको रुपमा हरेक दाजुभाइहरुबाट एक÷एक पाथी चिउरा दिन्छ । यसरी स्यू का भोजको कार्य सकिएपछि भण्डार कोठामा एक माना चामलको भात पकाएर विधिपूर्वक पूजा गरेर चारै दिशामा चढाउन लान्छ । यो भने सबै देवी देवतालाई विदा गर्नलाई चार दिशाको बाटो खोल्ने भनिन्छ । यसरी बाटो खोलेपछि देवी स्थानमा सबैले भोज चढाएर कँडालो उठाएर कँडालो भित्र दियो बालेर बाजागाजा सहित गाउँ भित्र्याइन्छ । यति कार्य सकिएपछि १६ द्वारेहरुको जात्रा सकिन्छ । यति बेला विहान ३÷४ बजेको हुन्छ ।

भाग–१०
तेस्रो दिनको जात्रा विधि ः
तेस्रो दिनको जात्रा आरम्भ गर्न सदा झैँ थकू जुजुको घरबाट बाजा बजाएर पूजा लगिन्छ र सर्वप्रथम थकू जुजुको पूजा गरिन्छ । पूजा सकिएपछि नियमित रुपले अरु गाउँलेहरुको पूजा हुन्छ । तेस्रो दिन अघिल्लो दिनको पूजा भन्दा धेरै नै कमी हुन्छ । यसरी द्वित्तीयाको दिनको पूजा समाप्त भएपछि अब रथ उठाउने पूजा थकू जुजुको घरबाट ल्याई अन्तिम समापनको पूजा गरिन्छ । सो पूजा सकेर देवी देवताहरुसँग विदाई गरी क्षमा मागेपछि सर्वप्रथम द्यः नायःबाट देवीको शीरबन्दी र पाता उठाई द्यः पाः, गाउँ नाइके समेत साथमा राखी म्ह फोर देउताको बाटो भएर ल्हाङ्गाचा, पेंकुमारी भएर आफ्नो माइतीघर द्यः छेँ मा पु¥याइन्छ र देवीको आसनमा विराजमान गराइन्छ । त्यसपछि श्री गणेश, श्री कुमारी, श्री इन्द्रायणी, श्री भैरवको रथ क्रमशः उठाई सिन्दूर जात्रा गरी जय जयकार मनाई रथलाई नचाउँदै नचाउँदै माथितिर ल्याइन्छ । काठको साँघु खोला तरेर फाँटमा प्रवेश गरिसकेपछि रथ विस्तारै अघि बढ्छ । इन्द्रायणीले द्यः छेँ बाटै जात्रा गर्दै ल्याएको रथ अवलोकन गर्नुहुन्छ । (मुसुक्क हाँसेर)
रथ नेवार गाउँमा पु¥याई रोकिन्छ । सबै घरको पूजा सकिएपछि गाउँबाट रथ उठाएर पुनः देउला गाउँमा लगेर राखिन्छ र जात्रा समाप्त हुन्छ । यसरी परम्परादेखि चलिआएको तीन वर्षे जात्रा यसै साल वि.सं. २०७३ मंसिर २८ गतेदेखि सुरु भएर मंसिर ३० गते समाप्त हुनेछ ।
श्री इन्द्रायणी कालिका माई, श्री अन्नपूर्ण भगवती, श्री काला भैरव तीन देवीले सबै श्रद्धालु भक्तजनहरुलाई सदा सदा कल्याण गरुन्, श्री इन्द्रायणी माइ की जय ।

Post a Comment

0 Comments