असोज २७ गतेदेखि कार्तिक ३ गतेसम्मको राशीफल – ज्यो. धनानन्द



मेष
साताको सुरुका दिनहरुमा इष्टमित्रहरुसँग भेटघाट होला भने भोजभतेरमा सहभागी हुने सम्भावना देखा परेको अलिकति खर्च बढेपनि साता रमाइलोसँग बित्नेछ मित्रबाट पाउनुपर्ने सहयोगमा कुनै कमी आउने छैन शैक्षिक क्षेत्रमा प्रगति हुने योग देखिन्छ
वृष
मित्रहरुसँगको भेटघाट गहिरो विषयमा विचार विमर्स हुने समय देखापरेको बौद्धिक स्तर त्यति सप्रिएको देखिन्न यो सातामा ठोस काम नबनेपनि भोजभतेरमा प्रशस्त सहभागिता जनाउनुपर्नेछ यात्राको सामान्य अवस्था रहेको देखिन्छ राम्रो साता रहेको भन्न सकिन्छ
मिथुन
आम्दानी खर्च बराबर जस्तै रहला आर्थिक स्थितिबारे मनमा भय उत्पन्न हुन सक्नेछ शैक्षिक क्षेत्रतिर खासै मन जाने देखिन्न व्यापार व्यवसायमा ज्यादा मन जाने देखिन्छ परिवारसँग राम्रो सम्बन्ध बन्ने देखिन्छ मध्यम खालको साता भएर बित्नेछ
कर्कट
साताको सुरुमा आम्दानी राम्रो हुनेछ तर विहीबार देखि खर्च बढ्नाले मन अशान्त बनाउला बेकारका काममा सहभागी हुनु पर्नेछ कृषि क्षेत्रमा संलग्न हुनुहुन्छ भने आरामको समय बित्नेछ व्यापारमा सामान्य समय देखापरेको शिव आराधना लाभदायक रहला
सिंह
साताका पछिल्ला दिनहरु अनुकूलसँग बित्नेछन् अप्ठ्यारोहरु आएपनि त्यसलाई समाधान गर्न सकिनेछ बाधा दिने रिस गर्नेहरु प्रशस्तै देखिन्छन् तर समय तपाइँको अनुकूल भएको हुनाले तिनीहरुको केही लाग्ने छैन गाढा रंगको प्रयोग साताको लागि राम्रो देखिन्छ
कन्या
बुधवारबाट समय राम्रो देखिन्छ खर्च गरेअनुसारको काम बन्नेछ केही नयाँ काम बन्ने समय रहेको काममा बाधाहरु भने आउनेछन् पारिवारिक स्वास्थ्यको चिन्ताले सताउने योग रहेको नोकरीमा आरामको मामला बन्न सक्नेछ धर्मकर्ममा मन जानेछ
तुला
पारिवारिक भेटघाटले मन प्रसन्न बनाउला सोमवार मंगलवार प्रगतिको समय देखिन्छ भने बाँकिका दिनहरुमा कठिनाईको सामना गर्नुपर्ला जुन क्षेत्रमा लाग्नु भएको त्यो क्षेत्रबाट रामै्र लाभ मिल्ने देखिन्छ धार्मिक कार्यमा मन जानेछ देवीको दर्शन महत्वपूर्ण बन्नेछ
वृश्चिकः
संघर्षपूर्ण साता रहेको संघर्षले सफलताको सोपान उकाल्ने देखिन्छ पहिला आएका अप्ठेराहरु यो साता हटेर जानेछन् माया पे्रेमको सम्बन्धमा माधुर्यता थपिनेछ साता राम्रो देखिन्छ खुट्टा तान्नेहरु सलबलाउन सक्नेछन् गणेशको आराधनालो सत्रु परास्त गर्न सकिनेछ
धनु
साता मध्यम खालको रहेको सफलता असफलता दुबै बराबरी हात लाग्नेछ परिवारबाट सहयोग पाउन सकिएला जस्तो देखिँदैन सफलता हातपार्न ठूलै मेहेनत गर्नुपर्नेछ बौद्धिक स्तर बढ्ने योग रहेको यात्राको सामान्य समय देखिन्छ मिष्ठान्न भोजन प्राप्ती हुनेछ
मकरः
काम गर्दा सोचविचार पु¥याउनुहोला सहयोग गर्नेभन्दा खुट्टातान्ने बढी सक्रिय भएको समय देखिन्छ आर्थिक कठिनाईको समय देखिन्छ स्वास्थ्यको क्षेत्रमा धन खर्चनुपर्नेछ पारिवारिक सम्बन्ध सामान्य रहनेछ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी होइनेछ शिव आराधनाले सहयोग गर्ला
कुम्भ
साताका सुरुका दिनहरु अनुकूल भएपनि पछिल्ला दिनहरु प्रतिकूल बित्नेछ शत्रुले निकै दुःख दिनेछन् बोल्दा विचार पु¥याउनु पर्ने देखिन्छ व्यापारको लागि भने रामै्र समय देखिन्छ पढाई लेखाईको क्षेत्रमा केही सुधार हुन थालेको देखिन्छ मायालुको सहयोग मिल्ने देखिन्छ
मीनः
मेहेनत साथ गरेका काममा सफलता अवस्य हात लाग्नेछ सही सल्लाह दिनेहरु भेट्न अलिक समय कुर्नै पर्ला व्यवसायको लागि समय मध्यम रहेको देखिन्छ नोकरीमा अनुकूल समय चल्नेछ सृजनात्मक कामले मन प्रसन्न बनाउने देखिन्छ देवीको दर्शन श्रेष्ठकर रहेको

Post a Comment

0 Comments