भक्तपुर क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार मीनबहादुर बाटाको परिचय



नेमकिपाकाको तर्फबाट भक्तपुर १(क) का प्रदेशसभा सदस्य उम्मेदवार कामरेड मीनबहादुर बाटाको परिचय

भक्तपुर क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार मीनबहादुर बाटाको परिचय

भक्तपुर जिल्ला, चाँगुनारायण नगरपालिका वडा नं. ५, छालिङ निवासी मीनबहादुर बाटा २०३० साल बैशाख २७ गते जन्मनुभएको हो । उहाँका पिता जुल्पे बाटा हुनुहुन्थ्यो भने आमा विष्णुमाया बाटा हुनुहुन्छ । उहाँकी आमा, श्रीमती, एक छोरी र एक छोरासमेत ५ जनाको परिवार छ ।

साधारण किसान परिवारमा जन्मनुभएका मीनबहादुर बाटाले राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनशास्त्रमा स्नातक, संगीतशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँ कानुनीरुपमा अधिवक्ता पनि हुनुहुन्छ । करिब दुई दशक अघिदेखि नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघमा आवद्ध भई राजनीति सुरु गर्नुभएका मीनबहादुर बाटा नेपाल क्रान्तिकारी युवा संघ छालिङ गाउँ समितिका अध्यक्ष, नेक्रायुसंघ चाँगुनारायण नगर समितिका अध्यक्ष हुँदै २०६५ असोज ३ र ४ गते सम्पन्न नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको सातौँ जिल्ला सम्मेलनबाट सदस्य पदमा निर्वाचित हुनुभयो भने २०७६ मंसिर २४–२५ गते सम्पन्न नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको आठौँ सम्मेलनबाट सचिव पदमा निर्वाचित हुनुभयो ।

२०६९ जेष्ठ १० गते सम्पन्न नवौँ जिल्ला सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो भने २०७१ चैत्र १२–१४ गते सम्पन्न दशौँ जिल्ला सम्मेलनबाट नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँ २०७२ चैत्र ५–७ गते सम्पन्न नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिको छैठौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभयो । २०७५ पौष १४–१५ गते सम्पन्न नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको एघारौँ जिल्ला सम्मेलनबाट पुनः नेक्रायुसंघ भक्तपुर जिल्ला समितिको अध्यक्षमा निर्वाचित हुनुभयो ।

नेपाल मजदुर किसान पार्टीको ३२ औँ केन्द्रीय परिषदपछिको पार्टी केन्द्रीय समितिको बैठकबाट का. मीनबहादुर बाटालाई नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय अध्यक्षमा चयन गरिनुभयो । हाल उहाँ नेपाल मजदुर किसान पार्टी चाँगु नारायण नगर समितिका सदस्य, नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सदस्य र नेमकिपा गण्डकी प्रदेशका सदस्यको रुपमा पनि सक्रिय हुनुहुन्छ ।

वि.सं. २०६२÷०६३ सालमा भएको प्रतिगमनविरोधी आन्दोलनमा नेमकिपाको तर्फबाट सक्रिय सहभागिता जनाउनुभएका मीनबहादुर बाटाले देशघाती एमसीसी सम्झौताविरुद्धको आन्दोलन, नागरिकता विधेयकविरुद्धको आन्दोलन, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलन, भारतीय विस्तारवादद्वारा गरिएको सीमा अतिक्रमणविरुद्धको आन्दोलन, महंगी, भ्रष्टाचारविरोधी आन्दोलन, साम्राज्यवादविरुद्धको आन्दोलनहरुमा सक्रिय सहभागिता जनाउनुका साथै पार्टीको निर्देशनअनुसार पार्टी कार्यक्रम र विभिन्न आन्दोलनहरुमा सहभागी हुन नेपालका अधिकांश जिल्लाहरुमा गएर काम गर्नुभयो । बि.सं. २०७२ असोज १६ गते नेपालमा भारतीय हस्तक्षेपविरुद्धको काभ्रेको बनेपामा भएको ¥यालीमा सहभागी हुँदा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

स्थानीय निकायको निर्वाचन नभई रिक्त रहेको अवस्थामा तत्कालिन छालिङ र चाँगुनारायण नगरपालिकामा पार्टीको प्रतिनिधित्व गर्दै लामो समयसम्म राजनैतिक दलको संयन्त्रमा बसेर चाँगुनारायणको विकास निर्माणका काममा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुभयो ।

उहाँ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङमा वडा अध्यक्ष पदका उम्मेदवार भई कडा प्रतिस्पर्धीको रुपमा उभिनुभएको थियो ।

स्रोत ः नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समिति, भक्तपुर

(यो स्तम्भमा विभिन्न क्षेत्र एवं प्रदेशका उम्मेदवारहरुको परिचय क्रमशः प्रकाशन हुनेछ । यसको लागि लिखितरुपमा हामीलाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।– सम्पादक) 

सम्पर्क : ९८४१७९४३२१ lwsandesh@gmail.com

Viber : 9843308483

Post a Comment

0 Comments