लावण्य÷साँखु । शंखरापुर नगरपालिकाले आफ्नो नगरपालिकाभित्र कला साँस्कृतिक ग्राम (मिनिएचर नेपाल) बनाउन पहल गर्ने निर्णय गर्नासाथ कला सास्ँकृतिक ग्रामका अभियन्ताहरु शंखरापुर नगरपालिकाका सबै वडाहरुमा के कस्ता सम्पदाहरु छन् । के कस्ता सम्भावनाहरु छन् भनि हेर्न बुझ्न ९ वटै वडाहरुमा स्थगलत भ्रमणमा गई स्थानीयको विचार बुझ्न थालेका छन् ।
‘कला सांस्कृतिक ग्राम नेपाल’ शंखरापुरमा बन्ने भएको छ । नेपालको सम्पूर्ण कला, साहित्य, संस्कृति झल्किने गरी शंखरापुर नगरपालिकामा ‘कला सांस्कृतिक ग्राम नेपाल’ निर्माण गर्न लागिएको हो ।शंखरापुर नगरपालिकाले डीपीआर निर्माणका लागि संगीतकार लक्ष्मण शेषको संयोजकत्वमा जेवी घले, वसन्त वित्यासी थापा र अष्ट लामासहित १५ जनाको कार्यदल गठन गरेको छ । कार्यदलले फाल्गुण १९ गते सोमवारबाट अध्ययन सुरु गरेको थियो । डीपीआर तयार पारेर नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउन संघीय सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ ।
शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठका अनुसार, कम्तिमा १० वर्षे योजनाका रुपमा नगरपालिकाले कला सांस्कृतिक ग्रामको काम अगाडि बढाएको हो । १५ जना रहेको कार्यदलले फाल्गुण २६ गते अध्ययन कार्य सकेको छ भने प्रतिवेदन तयारीको लागि केही दिन लागेतापनि चैत्र १ गते भित्र अध्ययन प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन नगरपालिकाले प्राप्त गरेपछि राष्ट्रिय नीति तथा कार्यक्रममा पारेर अगाडि बढ्ने नगरपालिकाको योजना रहेको छ ।

संगितकार लक्ष्मण शेषको संयोजकत्वमा गठित समितिका सचिव शंकर दुलालका अनुसार कला साँस्कृतिक ग्रामको प्रस्तावपत्र केही दिनमै पर्यटन मन्त्री योगेश भट्टराईलाई दिईनेछ । त्यस लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष समेत सोही प्रस्तावका लागि लविङ गर्नको लागि शेष नेतृत्वको टोलीले मूर्धन्य कलाकारहरुको टोलीका साथ विभिन्न शक्ति केन्द्रहरुमा जाने गरी कार्यक्रम तय गर्नेछ ।
आउँदो वर्षको सरकारको नीति तथा कार्यक्रममै पार्ने गरी कला साँस्कृतिक ग्राम शंखरापुरको अभियान जारी रहने वहाँको कथन थियो ।
शंखरापुर नगरपालिका कला सांस्कृतिक ग्राम नेपाल बन्यो भने यो मिनी नेपालका रुपमा रहने छ । यसमा नेपालको कला, साहित्य, संगीत, संस्कृति देखि सम्पूर्ण कुराहरु यहीँ हेर्न सकिने अध्ययन कार्यदलका संयोजक शेषको भनाई रहेको छ ।
संयोजक लक्ष्मण शेष भन्छन्, “सम्पूर्ण देवीदेवताका मन्दिर र तालहरु हुनेछन् । यो देशको जिवित संंग्राहलयका रुपमा रहने छ । नेपाल आएका हरेक पर्यटकले यहाँ आएपछि नेपालबारे सम्पूर्ण जानकारी लिन सक्ने छन् ।”


0 Comments
Thanks for your concerns