कागेश्वरी मनोहरा नगरपालिका अगाडि काङ्ग्रेसको प्रदर्शन

फोटो :मनिष सिंखडा
लावण्य/साँखु ।  असार ७ गतेदेखि १० गतेसम्म हुन गईरहेको नगरसभा बहिष्कार गर्दै नेपाली कांग्रेसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालीका अघि प्रदर्शन गरेको छ ।
“२७ बुँदे माग यथाशिघ्र सम्बोधन गर्नुपर्यो भन्ने हाम्रो माग हो ” नेविसंघ नेता मनिष सिंखडाले ओटिभी नेपाललाई भने । राजनीतिक सहमति बिना र यसअघिका मागहरु सम्बोधन नगरिएकै कारण कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर परिषद बहिष्कार समेत गरेको उनको भनाई छ ।
यस अघि बिभिन्न २७ बुँदे माग मेयरसमक्ष राख्दै ज्ञापनपत्र बुझाएको काङ्ग्रेसले उक्त माग सम्बोधन नभएको भन्दै आज नगरपालीका अघि प्रदर्शन गरेको हो । कोरोनाले असर गरेको भन्दै नगरबाट लगाइएका सबै करमा ५० प्रतिशतसम्म छुट दिनुपर्ने मागसमेत उसको छ । कागेश्वरी मनोहरा नगरपालिकामा २,४ र ७ नं वडामा काङ्ग्रेसले जितेको थियो ।

Post a Comment

0 Comments