पुराना कुराहरु गर्दैमा ईतिहास उल्टिँदैन । – पोखरेल



पुराना कुराहरु गर्दैमा ईतिहास उल्टिँदैन पोखरेल
(नेकपा एमाओवादीका केन्द्रिय नेता नेता एवं काठमाडौँ क्षेत्र नं. बाट संविधासभाका उम्मेदवार लिलामणी पोखरेल पार्टीभित्र बाहिर दुवैतिर भद्र एवं जुझारु नेताको छवी भएका नेता हुन् हाम्रा सम्वाददाता एवं विशेष सहयोगी पुष्कर खड्का मेरो उहाँसँग चुनावकै विषयमा गत शनिबार प्रज्ञा प्रतिष्ठानमा घोषणापत्र सार्वजनिक कार्यक्रम लगत्तै भेटघाट भएको थियो सो अवसरमा गरिएको कुराकानीमा आधारित अन्तर्वाताको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको सम्पादक)
तपाइँले काठमाडौँको क्षेत्र नं. बाटै उम्मेदवार दिनुको कारण के होला ?
 पार्टीको इमान्दार सिपाहीँ, पार्टीले यसपाली काठमाडौँ उपत्यकामा हस्तक्षेप गर्नुपर्छ भन्ने मान्यताका साथ भूमिका निर्वाह गर्न पार्टीले मलाई भनेकै कारण यस क्षेत्रबाट मैले उम्मेदवारी दिएको हो
यस क्षेत्रमा पहिले झक्कु प्रसाद सुवेदीले जित्नुभएको थियो, उहाँलाई टिकट नदिनुको कारण के होला ?
टिकट कस्ले पाउने वा नपाउने भन्ने कुरै हैन पार्टीले जहाँ जे जस्तो अवस्थामा खटाउँछ त्यस क्षेत्रको जिम्मेवारी लिएर अगाडि बढ्ने कुरा हो
तपाइँ यस क्षेत्रको उम्मेदवार, यस क्षेत्रको लागि तपाइँको विकासको एजेण्डा के होला ?
हाम्रो पार्टीको प्रतिवद्धता पत्रको मूलभूत एजेण्डा अनुसार नै हाम्रो विकासको एजेण्डा तय हुने हो अहिले महत्वपूर्णरुपमा तीनवटा विषय अगाडि आएको पहिलो हामीले संविधानको खाका जनता समक्ष प्रस्तुत गरेका छौँ हामीले संविधान बनाउन आफ्नो खाका लिएर जनतामा जाने नै हो दोस्रो विषय समग्र देशको विकासको खाका हामीले प्रस्तुत गरेका छौँ समग्र देश विकासको खाकासँगै यस क्षेत्रको विकासको खाका पनि तयार हुन्छ हामीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन विभिन्न विषयमा ठोस खाका ल्याएका छौँ त्यसको लागि हामीले नयाँ मोडेल ल्याएका छौँ स्वाभाविकरुपमा जनप्रतिनिधीले गर्नुपर्ने विकास निर्माणको लागि आवश्यकताको सिद्धान्त अनुसार जनताकै बीचबाट योजनाहरु ल्याएर उपयुक्त स्थानको लागि उपयुक्त योजना छनौट गरिनेछ त्यसपछि प्राथमिकताका आधारमा विकास निर्माणका कुराहरु अघि बढाईनेछ
गत संविधानसभाबाट संविधान नबन्नुको दोष कस्को ?
एकात्मकतावादीहरुले मूलतः मुलुकमा भएको आर्थिक सामाजिक परिवर्तनलाई स्विकार्न नसक्नु नै यसको लागि ठूलो व्यवधान हो यही व्यवधानका कारण नै संविधानसभाबाट संविधान नबनेको हो
अब आउने संविधानसभाबाट चाहिँ संविधान बन्ने ग्यारेन्टी के ?
संविधान बन्ने ग्यारेन्टी यसकारण कि हिजो हामीले संविधान बनाउनको लागि सहमतीय प्रणालीलाई मात्र जोड दियौँ प्रक्रियामा गएनौँ जसले गर्दा संविधानसभा बिसर्जनतिर गयो तर यस पटक महिनासम्म सहमतीको लागि प्रयास गर्ने त्यसपछि प्रक्रियामा जाने हामीले प्रष्ट घोषणा गरेका छौँ त्यत्तिबेलासम्म मिलेका बुँदाहरुमा मिलेर नमिलेका बुँदाहरुमा मतदान प्रक्रियामा जान्छौँ त्यहाँ हामीले हाम्रो एजेण्डाको पक्षमा दुई तिहाई मत पाउँछौँ भन्ने बिश्वास लिएका छौँ तर त्यसो भएन भने पनि जनमत संग्रहमा गएर जनताको अभिमतबाटै भएपनि नमिलेका बुँदाहरुको छिनोफानो गरिनेछ त्यसैले यसपटक संविधान बन्छ
नेकपा (–) माओवादी लगायत ३२ दल चुनावमा आएन, यसले संविधान बन्नमा के कस्तो असर गर्छ ?
विमती भएका कुराहरुले पद्धतीमा केही पनि असर गर्दैन भनेर निरपेक्षरुपमा भन्न चाहन्न तर पनि यो महाअभियानमा ३२ दलका नाममा उहाँहरुले ऐतिहासिक भूल गरेका छन् ३२ दलको नाममा व्यापक जनमत भन्ने पनि हैन मुलुकमा हाल ९९ प्रतिशत जनता संविधानसभाको चुनावको पक्षमा संविधान निर्माण, आर्थिक सामाजिक रुपान्तरणको लागि नयाँ कार्ययोजना, देशको राष्ट्रियता यो सँगसँगै जानुपर्छ भन्ने लाग्दछ
राप्रपा नेपालले संवैधानिक राजतन्त्रको कुरा आफ्नो घोषणापत्रमै उठाएर चुनावमा होमिएको यसमा तपाइँको विचार
यो धेरै पुरानो कुरा भईसक्यो ईतिहासको गति अगाडि बढिसकेपछि पछाडि फर्कँदैन राप्रपाले यो विषय छोडिनै सकेको राप्रपा नेपालका नेताहरुलाई पनि मेरो सुझाव यो विषय छोडिदिनुस बरु नयाँ अग्रगामी सोचका साथ अगाडि बढौँ भन्ने मेरो आग्रह पनि उहाँहरुलाई अग्रगामी सोचका साथ गणतन्त्रलाई सँस्थागत गर्नुको विकल्प छैन यसैलाई बलियो बनाउनुको सट्टा पुराना कुराहरु गर्दैमा ईतिहास उल्टिँदैन
मुलुकमा कस्तो प्रकारको संघियता हुनुपर्छ जातिय वा अन्य ?
हामीले जातीय संघियता भनेका छैनाँै जातीय पहिचान सहितको संघियता भनेका हौँ हामीले भनेको जातीय पहिचान सहितको संघियता भनेको आईडेन्टिटी अफ कास्ट हैन आईडेन्टिटी अफ नेसनालिटी भनेका हौँ यसलाई एकात्मकतावादीहरुले अपभ्रश गरेर जातीय संघियताको रुपमा ब्याख्या विश्लेषण गरेका छन्, यस्तो हैन जातीय पहिचान भनेको पनि राष्ट्र राष्ट्रियता नै भनेको हो त्यसैका आधारमा प्रदेशको निर्माण हुन्छ
उम्मेदवार सुरक्षाकोलागि एमाओवादीले के कस्तो पहल गरेको ?
हामी जनताको बीचबाटै सुरक्षा पाउँछौँ हामी जनताका पहरेदार हौँ हामीलाई त्यस्तो कुनै असुरक्षा महसुस भएको छैन तर यो दायित्व भनेको हामी एउटा पद्धतीमा बसेपछि राज्यको दायित्व हो उम्मेदवारहरुको सुरक्षा गर्नु राज्यले यसको ग्यारेन्टी गर्नुपर्छ
संसारमै भूमिसुधार भएर प्रगति भएको देश तपाइँको नजरमा छन् ?
भूमिसुधारलाई के कसरी लाने भन्ने हो हामीले भूमिसुधारको कुरा गर्दा सामन्तवादी उत्पादन सम्बन्धलाई सुनिश्चित गर्ने भूमीहिनहरुलाई उनीहरुले गरिखाने ठाउँ बनाउने हो यसमा दुईवटा कुराहरु छन् एउटा सामन्तवादी उत्पादन सम्बन्धलाई अन्त गर्ने त्यसको ठाउँमा जनवादी ढंगले विकास राष्ट्रिय पूँजीको निर्माण गर्ने, उत्पादकत्व वृद्धि गर्ने, वैज्ञानिकीकरण गर्ने हो भने अर्को अविकसित अल्पविकसित मुलुकहरुमा जस्को जोत उस्को पोतको पनि आवश्यकता पर्दछ भूमीहिनहरु साह्रै दयनीय स्थितीमा बसिरहेको त्यसैले जमिन्दाहरुले ओगटीराखेको धेरै भूमीको राज्यले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्छ भन्ने हो
एक वर्षमा संविधान नबने जनमत संग्रहमा जाने भन्ने एमालेको प्रस्ताव कस्तो लाग्छ ?
एमालेको प्रस्तावमा कुनै ठोस बुँदा छैन हामीले ठोस ठोस भनेका छौँ हामीले पहिले सहमतीमा जान्छौँ भएन मतदानबाट दुईतिहाईबाट पारित गर्र्छौँ भएन भने मात्रै विवादित बुँदाहरुमा मात्रै जनमत संग्रहमा जान्छौँ त्यत्तिबेलासम्म केही बुँदाहरुमा सहमति हुन्छ नि तर एमालेको जनमत संग्रहको प्रस्ताव बडो अमूर्त के एमालेको, काँगे्रसको एमाओवादीको संविधान लिएर जनमत संग्रहमा जाने हो ?
यो क्षेत्रमा आफ्नो वर्चश्व स्थापित गर्ने आधार के हो ?
हामीसँग जनताका बीचमा जानको लागि चुस्त दूरुस्त संगठन हाम्रो यो क्षेत्रको वटै गाविस नगरका वटा वडाहरुमा सुदृढ संगठन जनपरिचालन नै हाम्रो आधार हो त्यसमा पनि जनताले संविधानसभामा कस्तो मान्छेको प्रतिनिधित्व गर्ने भन्ने पनि सोचेको त्यसैले हाम्रो यस क्षेत्रमा किल्लाकै रुपमा विकास हुँदैछ
तपाइँको निकटतम प्रतिद्वन्द्वी को होला ?
मेरो प्रतिद्वन्द्वी भन्नासाथ एकात्मक राज्यको सोँच भएका दल वा पार्टी जोसुकै पनि हुनसक्छन् उनीहरु नै मेरो प्रतिस्पर्धी हो तर यो चुनावमा त्यस क्षेत्रमा भाग लिएका आधारमा भन्दाखेरि त्यहाँ ढुलमुले चरित्रको एमाले पार्टी मेरो निकटतम प्रतिद्वन्द्वी हो त्यसका उम्मेदवार नै अहिले निकटतम प्रतिद्वन्द्वी जस्तो देखिन गएको
युवाहरुको विदेश पलायनमा तपाइँको विचार
मुलुकमा युवाहरुको विदेश पलायनको स्थितीलाई नियालेरै हामीले घोषणापत्रमै भनेका छौँ १५ वर्ष भित्र बेरोजगारहरुको स्थिती शून्यमा झार्नेछोँ त्यसको लागि रोजगार प्रवद्र्धनको लागि ठोस योजना ल्याएका छौँ विदेश पलायन भएका दक्ष वा अर्धदक्ष जनशक्तिलाई राष्ट्रमै योगदान गर्ने वातावरण बनाउनको लागि कृषी, उद्योग, व्यापार, पर्यटन आदि क्षेत्रमा प्रगति गरेपछि विदेशीहरु हामीकहाँ आउने वातावरण बन्दछ यसको लागि स्थिर बलियो सरकार चाहिन्छ त्यसैले नेकपा एमाओवादीलाई यसपटक पूर्ण बहुमत दिएर विजयी गराउनु पर्दछ
तपाइँको यस क्षेत्रको प्रतिनिधी तपाइँले जितेपनि वा हारेपनि यस क्षेत्रले के अपेक्षा राख्न सक्छ ?
तपाइँको पछिल्लो शव्द हारेपनिको उल्लेखै गर्नुपर्दैन जस्तो मलाई लाग्छ हामी जनताप्रति यति विश्वस्त छौँ हाम्रो संगठन, हाम्रो एजेन्डालाई जनताले मत दिने कुरामा विश्वस्त भएकोले रुपमा विजय सुनिश्चित साथै यस क्षेत्रकै बासिन्दा भएको कारणले पनि यो क्षेत्रको विकास निर्माणको सरोकार मेरो आफ्नो पनि सरोकारको विषय हो त्यसैले यस क्षेत्रको विकास निर्माणका कार्यहरुसँग जोडिएर बसेको हुन्छु
शंखरापुर नगरपालिकाको घोषणा भएपनि कार्यान्वयन भएन तपाइँको विचार
सबैभन्दा पहिले संविधान बन्नुप¥यो त्यस अनुसार राज्य पुनर्संरचना हुनुप¥यो त्यसपछि नगरपालिका बनाउने वा गाउँ विकास समितिमै राख्ने वा अरु कुनै निकाय बनाउने भन्ने कुरा रहन्छ जहाँसम्म शंखरापुर नगर, साँखु वा लावण्य देशको कुरा , यो ऐतिहासिक नगरि हो तर पनि यो पीछडिएको एकात्मकतावादीहरु सामन्तीचरित्र बोकेकाहरुले नीहित राजनीतिक स्वार्थको लागि प्रयोग गरेर यसको विकास हुन दिएन तर यस ठाउँको विकासको लागि ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रहरुको संयोजन गरेर एकीकृतरुपमा विकास गर्न सकिने
स्थानीय निकाय नेतृत्वविहीन भएको कारण गाउँ गाउँमा भ्रष्टाचार मौलाएको यसलाई हटाउने उपाय के ?
संविधान नबनाईकन, राज्य पुनर्सरचना नगरिकन कसरी स्थानीय निकायको चुनाव हुन्छ कसै कसैले महिनाभित्र स्थानीय निकायको चुनाव गर्छौँ भनेका छन् त्यस्तो हावादारी कुरा गरेर काम छैन वर्षदिनपछि संविधान बनाउने अनि महिनाभित्र स्थानीय निकायको चुनाव हुन्छ त्यस्तो सम्भव छैन त्यसैले काम चलाउ पिरियडको लागि कर्मचारीको हातमा नेतृत्व गएको तर यसलाई राजनैतिक सहमतिमा नेतृत्व दिनुपर्छ जहाँसम्म संविधानसभापछिको स्थिर सरकार आएपछि भने यसकोलागि पनि नियामक निकायको व्यवस्था गरि नियन्त्रण गर्न सकिन्छ भन्ने लाग्छ कर्मचारीतन्त्र इमान्दार हुने हो भने केही थिएन तर तरल राजनैतिक स्थितीमा त्यसलाई पारदर्शी जनमुखी बनाउनको लागि हामीले हस्तक्षेप पनि गर्र्छौँ
पत्रकारहरुको भूमिका निर्वाचनको लागि कस्तो हुनुपर्छ ?
पत्रकारिता क्षेत्र भनेको राज्यको चौँथो अंग हो यसले जनमतलाई उलटपुलट पनि गर्न सक्छ किनभने सत्य कुराहरु ओझेलमा पर्ने झूठ कुराहरु जनतामा जाने हुनसक्छ त्यसैले सञ्चारमाध्यमबाट जनतामा सही कुराहरु गए भने निर्वाचन निस्पक्ष, धाँधलीरहित हुन्छ आफ्नो सही कुरा राख्न पनि मिडियाको भूमिका महत्वपूर्ण हुन्छ जनतालाई भ्रमित गर्ने कुराबाट मुक्त राखोस् यही मेरो शुभकामना पनि
अन्तमा यस पत्रिकामार्फत् आफ्ना केही भनाई राख्न चाहनुहुन्छ कि ?
 के अनुरोध गर्न चाहन्छु भने हाम्रो पार्टीको घोषणापत्रका आधारभूत कुराहरु जनताको बीचमा पु¥याउने काम गरिदिनुस् जनता अहिले पनि भ्रममा परिराखेका छन् उनीहरुलाई एकात्मकतावादी सोच भएकाहरु प्रलोभनमा फसाएर भोट मुठ्याउन खोज्नेहरुबाट सचेत हुनुपर्छ उनीहरुको प्रयत्नलाई असफल तुल्याउन भूमिका खेल्नोस् यही नै मेरो शुभकामना

Post a Comment

0 Comments