पुराना कुराहरु गर्दैमा ईतिहास
उल्टिँदैन । – पोखरेल
(नेकपा एमाओवादीका केन्द्रिय नेता
नेता एवं काठमाडौँ
क्षेत्र नं. २
बाट संविधासभाका उम्मेदवार
लिलामणी पोखरेल पार्टीभित्र र
बाहिर दुवैतिर भद्र
एवं जुझारु नेताको
छवी भएका नेता
हुन् । हाम्रा
सम्वाददाता एवं विशेष
सहयोगी पुष्कर खड्का र
मेरो उहाँसँग चुनावकै
विषयमा गत शनिबार
प्रज्ञा प्रतिष्ठानमा घोषणापत्र सार्वजनिक कार्यक्रम
लगत्तै भेटघाट भएको थियो
। सो अवसरमा
गरिएको कुराकानीमा आधारित अन्तर्वाताको
सारसंक्षेप यहाँ प्रस्तुत
गरिएको छ ।
– सम्पादक)
तपाइँले
काठमाडौँको क्षेत्र नं. २
बाटै उम्मेदवार दिनुको
कारण के होला
?
म
पार्टीको इमान्दार सिपाहीँ, पार्टीले
यसपाली काठमाडौँ उपत्यकामा हस्तक्षेप
गर्नुपर्छ भन्ने मान्यताका साथ
भूमिका निर्वाह गर्न पार्टीले
मलाई भनेकै कारण
यस क्षेत्रबाट मैले
उम्मेदवारी दिएको हो ।
यस
क्षेत्रमा पहिले झक्कु प्रसाद
सुवेदीले जित्नुभएको थियो, उहाँलाई
टिकट नदिनुको कारण
के होला ?
टिकट
कस्ले पाउने वा
नपाउने भन्ने कुरै हैन
। पार्टीले जहाँ
जे जस्तो अवस्थामा
खटाउँछ त्यस क्षेत्रको
जिम्मेवारी लिएर अगाडि
बढ्ने कुरा हो
।
तपाइँ
यस क्षेत्रको उम्मेदवार,
यस क्षेत्रको लागि
तपाइँको विकासको एजेण्डा के
होला ?
हाम्रो
पार्टीको प्रतिवद्धता पत्रको मूलभूत
एजेण्डा अनुसार नै हाम्रो
विकासको एजेण्डा तय हुने
हो । अहिले
महत्वपूर्णरुपमा तीनवटा विषय अगाडि
आएको छ । पहिलो त हामीले
संविधानको खाका जनता
समक्ष प्रस्तुत गरेका
छौँ । हामीले
संविधान बनाउन आफ्नो खाका
लिएर जनतामा जाने
नै हो ।
दोस्रो विषय समग्र
देशको विकासको खाका
हामीले प्रस्तुत गरेका छौँ
। समग्र देश
विकासको खाकासँगै यस क्षेत्रको
विकासको खाका पनि
तयार हुन्छ ।
हामीले शिक्षा, स्वास्थ्य, कृषि,
रोजगारी, पर्यटन विभिन्न विषयमा
ठोस खाका ल्याएका
छौँ । त्यसको
लागि हामीले नयाँ
मोडेल ल्याएका छौँ
। स्वाभाविकरुपमा जनप्रतिनिधीले
गर्नुपर्ने विकास निर्माणको लागि
आवश्यकताको सिद्धान्त अनुसार जनताकै
बीचबाट योजनाहरु ल्याएर उपयुक्त
स्थानको लागि उपयुक्त
योजना छनौट गरिनेछ
। त्यसपछि प्राथमिकताका
आधारमा विकास निर्माणका कुराहरु
अघि बढाईनेछ ।
गत
संविधानसभाबाट संविधान नबन्नुको दोष
कस्को ?
एकात्मकतावादीहरुले
मूलतः मुलुकमा भएको
आर्थिक सामाजिक परिवर्तनलाई स्विकार्न
नसक्नु नै यसको
लागि ठूलो व्यवधान
हो । यही
व्यवधानका कारण नै
संविधानसभाबाट संविधान नबनेको हो
।
अब
आउने संविधानसभाबाट चाहिँ
संविधान बन्ने ग्यारेन्टी के
?
संविधान
बन्ने ग्यारेन्टी यसकारण
छ कि हिजो
हामीले संविधान बनाउनको लागि
सहमतीय प्रणालीलाई मात्र जोड
दियौँ प्रक्रियामा गएनौँ
। जसले गर्दा
संविधानसभा बिसर्जनतिर गयो ।
तर यस पटक
६ महिनासम्म सहमतीको
लागि प्रयास गर्ने
त्यसपछि प्रक्रियामा जाने हामीले
प्रष्ट घोषणा गरेका छौँ
। त्यत्तिबेलासम्म मिलेका
बुँदाहरुमा मिलेर र नमिलेका
बुँदाहरुमा मतदान प्रक्रियामा जान्छौँ
। त्यहाँ हामीले
हाम्रो एजेण्डाको पक्षमा दुई
तिहाई मत पाउँछौँ
भन्ने बिश्वास लिएका
छौँ । तर
त्यसो भएन भने
पनि जनमत संग्रहमा
गएर जनताको अभिमतबाटै
भएपनि नमिलेका बुँदाहरुको
छिनोफानो गरिनेछ । त्यसैले
यसपटक संविधान बन्छ
।
नेकपा
(–) माओवादी लगायत ३२ दल
चुनावमा आएन, यसले
संविधान बन्नमा के कस्तो
असर गर्छ ?
विमती
भएका कुराहरुले पद्धतीमा
केही पनि असर
गर्दैन भनेर निरपेक्षरुपमा
म भन्न चाहन्न
। तर पनि
यो महाअभियानमा ३२
दलका नाममा उहाँहरुले
ऐतिहासिक भूल गरेका
छन् । ३२
दलको नाममा व्यापक
जनमत छ भन्ने
पनि हैन ।
मुलुकमा हाल ९९
प्रतिशत जनता संविधानसभाको
चुनावको पक्षमा छ । संविधान निर्माण, आर्थिक
सामाजिक रुपान्तरणको लागि नयाँ
कार्ययोजना, देशको राष्ट्रियता यो
सँगसँगै जानुपर्छ भन्ने लाग्दछ
।
राप्रपा
नेपालले संवैधानिक राजतन्त्रको कुरा
आफ्नो घोषणापत्रमै उठाएर
चुनावमा होमिएको छ । यसमा तपाइँको
विचार ।
यो
धेरै पुरानो कुरा
भईसक्यो । ईतिहासको
गति अगाडि बढिसकेपछि
पछाडि फर्कँदैन ।
राप्रपाले त यो
विषय छोडिनै सकेको
छ । राप्रपा
नेपालका नेताहरुलाई पनि मेरो
सुझाव छ यो
विषय छोडिदिनुस ।
बरु नयाँ अग्रगामी
सोचका साथ अगाडि
बढौँ भन्ने मेरो
आग्रह पनि छ
उहाँहरुलाई । अग्रगामी
सोचका साथ गणतन्त्रलाई
सँस्थागत गर्नुको विकल्प छैन
। यसैलाई बलियो
बनाउनुको सट्टा पुराना कुराहरु
गर्दैमा ईतिहास उल्टिँदैन ।
मुलुकमा
कस्तो प्रकारको संघियता
हुनुपर्छ जातिय वा अन्य
?
हामीले
जातीय संघियता भनेका
छैनाँै । जातीय
पहिचान सहितको संघियता भनेका
हौँ । हामीले
भनेको जातीय पहिचान
सहितको संघियता भनेको आईडेन्टिटी
अफ कास्ट हैन
आईडेन्टिटी अफ नेसनालिटी
भनेका हौँ ।
यसलाई एकात्मकतावादीहरुले अपभ्रश
गरेर जातीय संघियताको
रुपमा ब्याख्या र
विश्लेषण गरेका छन्, यस्तो
हैन । जातीय
पहिचान भनेको पनि राष्ट्र
र राष्ट्रियता नै
भनेको हो ।
त्यसैका आधारमा प्रदेशको निर्माण
हुन्छ ।
उम्मेदवार
सुरक्षाकोलागि एमाओवादीले के कस्तो
पहल गरेको छ
?
हामी
जनताको बीचबाटै सुरक्षा पाउँछौँ
। हामी जनताका
पहरेदार हौँ ।
हामीलाई त्यस्तो कुनै असुरक्षा
महसुस भएको छैन
। तर यो
दायित्व भनेको हामी एउटा
पद्धतीमा बसेपछि राज्यको दायित्व
हो उम्मेदवारहरुको सुरक्षा
गर्नु । राज्यले
यसको ग्यारेन्टी गर्नुपर्छ
।
संसारमै
भूमिसुधार भएर प्रगति
भएको देश तपाइँको
नजरमा छन् ?
भूमिसुधारलाई
के कसरी लाने
भन्ने हो ।
हामीले भूमिसुधारको कुरा गर्दा
सामन्तवादी उत्पादन सम्बन्धलाई सुनिश्चित
गर्ने र भूमीहिनहरुलाई
उनीहरुले गरिखाने ठाउँ बनाउने
हो । यसमा
दुईवटा कुराहरु छन् ।
एउटा सामन्तवादी उत्पादन
सम्बन्धलाई अन्त गर्ने
र त्यसको ठाउँमा
जनवादी ढंगले विकास र
राष्ट्रिय पूँजीको निर्माण गर्ने,
उत्पादकत्व वृद्धि गर्ने, वैज्ञानिकीकरण
गर्ने हो भने
अर्को अविकसित र
अल्पविकसित मुलुकहरुमा जस्को जोत
उस्को पोतको पनि
आवश्यकता पर्दछ । भूमीहिनहरु
साह्रै दयनीय स्थितीमा बसिरहेको
छ । त्यसैले
जमिन्दाहरुले ओगटीराखेको धेरै भूमीको
राज्यले नयाँ ढंगले
व्यवस्थापन गर्नुपर्छ भन्ने हो
।
एक
वर्षमा संविधान नबने जनमत
संग्रहमा जाने भन्ने
एमालेको प्रस्ताव कस्तो लाग्छ
?
एमालेको
प्रस्तावमा कुनै ठोस
बुँदा छैन ।
हामीले त ठोस
ठोस भनेका छौँ
। हामीले पहिले
सहमतीमा जान्छौँ । भएन
मतदानबाट दुईतिहाईबाट पारित गर्र्छौँ
। भएन भने
मात्रै विवादित बुँदाहरुमा मात्रै
जनमत संग्रहमा जान्छौँ
। त्यत्तिबेलासम्म केही
बुँदाहरुमा त सहमति
हुन्छ नि ।
तर एमालेको जनमत
संग्रहको प्रस्ताव बडो अमूर्त
छ । के
एमालेको, काँगे्रसको एमाओवादीको संविधान
लिएर जनमत संग्रहमा
जाने हो र
?
यो
क्षेत्रमा आफ्नो वर्चश्व स्थापित
गर्ने आधार के
हो ?
हामीसँग
जनताका बीचमा जानको लागि
चुस्त दूरुस्त संगठन
छ । हाम्रो
यो क्षेत्रको ९
वटै गाविस र
नगरका २ वटा
वडाहरुमा सुदृढ संगठन र
जनपरिचालन नै हाम्रो
आधार हो ।
त्यसमा पनि जनताले
संविधानसभामा कस्तो मान्छेको प्रतिनिधित्व
गर्ने भन्ने पनि
सोचेको छ ।
त्यसैले हाम्रो यस क्षेत्रमा
किल्लाकै रुपमा विकास हुँदैछ
।
तपाइँको
निकटतम प्रतिद्वन्द्वी को होला
?
मेरो
प्रतिद्वन्द्वी भन्नासाथ एकात्मक राज्यको
सोँच भएका दल
वा पार्टी जोसुकै
पनि हुनसक्छन् ।
उनीहरु नै मेरो
प्रतिस्पर्धी हो ।
तर यो चुनावमा
त्यस क्षेत्रमा भाग
लिएका आधारमा भन्दाखेरि
त्यहाँ ढुलमुले चरित्रको एमाले
पार्टी मेरो निकटतम
प्रतिद्वन्द्वी हो ।
त्यसका उम्मेदवार नै अहिले
निकटतम प्रतिद्वन्द्वी जस्तो देखिन गएको
छ ।
युवाहरुको
विदेश पलायनमा तपाइँको
विचार ।
मुलुकमा
युवाहरुको विदेश पलायनको स्थितीलाई
नियालेरै हामीले घोषणापत्रमै भनेका
छौँ १५ वर्ष
भित्र बेरोजगारहरुको स्थिती
शून्यमा झार्नेछोँ । त्यसको
लागि रोजगार प्रवद्र्धनको
लागि ठोस योजना
ल्याएका छौँ ।
विदेश पलायन भएका
दक्ष वा अर्धदक्ष
जनशक्तिलाई राष्ट्रमै योगदान गर्ने
वातावरण बनाउनको लागि कृषी,
उद्योग, व्यापार, पर्यटन आदि
क्षेत्रमा प्रगति गरेपछि विदेशीहरु
हामीकहाँ आउने वातावरण
बन्दछ यसको लागि
स्थिर र बलियो
सरकार चाहिन्छ ।
त्यसैले नेकपा एमाओवादीलाई यसपटक
पूर्ण बहुमत दिएर
विजयी गराउनु पर्दछ
।
तपाइँको
यस क्षेत्रको प्रतिनिधी
तपाइँले जितेपनि वा हारेपनि
यस क्षेत्रले के
अपेक्षा राख्न सक्छ ?
तपाइँको
पछिल्लो शव्द हारेपनिको
त उल्लेखै गर्नुपर्दैन
जस्तो मलाई लाग्छ
। हामी जनताप्रति
यति विश्वस्त छौँ
। हाम्रो संगठन,
हाम्रो एजेन्डालाई जनताले मत
दिने कुरामा विश्वस्त
भएकोले रुपमा विजय सुनिश्चित
छ । साथै
म यस क्षेत्रकै
बासिन्दा भएको कारणले
पनि यो क्षेत्रको
विकास निर्माणको सरोकार
मेरो आफ्नो पनि
सरोकारको विषय हो
। त्यसैले म
यस क्षेत्रको विकास
निर्माणका कार्यहरुसँग जोडिएर बसेको
हुन्छु ।
शंखरापुर
नगरपालिकाको घोषणा भएपनि कार्यान्वयन
भएन तपाइँको विचार
।
सबैभन्दा
पहिले संविधान बन्नुप¥यो ।
त्यस अनुसार राज्य
पुनर्संरचना हुनुप¥यो ।
त्यसपछि नगरपालिका बनाउने वा
गाउँ विकास समितिमै
राख्ने वा अरु
कुनै निकाय बनाउने
भन्ने कुरा रहन्छ
। जहाँसम्म शंखरापुर
नगर, साँखु वा
लावण्य देशको कुरा छ,
यो ऐतिहासिक नगरि
हो तर पनि
यो पीछडिएको छ
। एकात्मकतावादीहरु र
सामन्तीचरित्र बोकेकाहरुले नीहित राजनीतिक
स्वार्थको लागि प्रयोग
गरेर यसको विकास
हुन दिएन ।
तर यस ठाउँको
विकासको लागि र
ऐतिहासिक एवं पुरातात्विक
महत्वका क्षेत्रहरुको संयोजन गरेर एकीकृतरुपमा
विकास गर्न सकिने
छ ।
स्थानीय
निकाय नेतृत्वविहीन भएको
कारण गाउँ गाउँमा
भ्रष्टाचार मौलाएको छ यसलाई
हटाउने उपाय के
छ ?
संविधान
नबनाईकन, राज्य पुनर्सरचना नगरिकन
कसरी स्थानीय निकायको
चुनाव हुन्छ ।
कसै कसैले ६
महिनाभित्र स्थानीय निकायको चुनाव
गर्छौँ भनेका छन् त्यस्तो
हावादारी कुरा गरेर
काम छैन ।
वर्षदिनपछि संविधान बनाउने अनि
६ महिनाभित्र स्थानीय
निकायको चुनाव हुन्छ ।
त्यस्तो सम्भव छैन ।
त्यसैले काम चलाउ
पिरियडको लागि कर्मचारीको
हातमा नेतृत्व गएको
छ । तर
यसलाई राजनैतिक सहमतिमा
नेतृत्व दिनुपर्छ । जहाँसम्म
संविधानसभापछिको स्थिर सरकार आएपछि
भने यसकोलागि पनि
नियामक निकायको व्यवस्था गरि
नियन्त्रण गर्न सकिन्छ
भन्ने लाग्छ ।
कर्मचारीतन्त्र इमान्दार हुने हो
भने केही थिएन
। तर तरल
राजनैतिक स्थितीमा त्यसलाई पारदर्शी
र जनमुखी बनाउनको
लागि हामीले हस्तक्षेप
पनि गर्र्छौँ ।
पत्रकारहरुको
भूमिका निर्वाचनको लागि कस्तो
हुनुपर्छ ?
पत्रकारिता
क्षेत्र भनेको राज्यको चौँथो
अंग हो ।
यसले जनमतलाई उलटपुलट
पनि गर्न सक्छ
। किनभने सत्य
कुराहरु ओझेलमा पर्ने र
झूठ कुराहरु जनतामा
जाने हुनसक्छ ।
त्यसैले सञ्चारमाध्यमबाट जनतामा सही कुराहरु
गए भने निर्वाचन
निस्पक्ष, धाँधलीरहित हुन्छ ।
आफ्नो सही कुरा
राख्न पनि मिडियाको
भूमिका महत्वपूर्ण हुन्छ ।
जनतालाई भ्रमित गर्ने कुराबाट
मुक्त राखोस् यही
मेरो शुभकामना पनि
छ ।
अन्तमा
यस पत्रिकामार्फत् आफ्ना
केही भनाई राख्न
चाहनुहुन्छ कि ?
म
के अनुरोध गर्न
चाहन्छु भने हाम्रो
पार्टीको घोषणापत्रका आधारभूत कुराहरु
जनताको बीचमा पु¥याउने
काम गरिदिनुस् ।
जनता अहिले पनि
भ्रममा परिराखेका छन् ।
उनीहरुलाई एकात्मकतावादी सोच भएकाहरु
र प्रलोभनमा फसाएर
भोट मुठ्याउन खोज्नेहरुबाट
सचेत हुनुपर्छ ।
उनीहरुको प्रयत्नलाई असफल तुल्याउन
भूमिका खेल्नोस् यही नै
मेरो शुभकामना ।
0 Comments
Thanks for your concerns