माघ मेला एवं एक महिने माधवनारायण व्रतको तयारी सुरु





 लावण्य/साँखु । आगामी माघ १५ गतेबाट सुरु हुने माघ मेलाको लागी साँखुमा तयारी सुरु भएको छ ।

यसै क्रममा यही पौष १५ गतेसम्ममा व्रत नाईके निक्र्याैल नभएमा समिति, पूजारी र साँवागणले व्रत नाईकेको खोजी गर्ने प्रचलन रहेको छ ।


यसरी नै व्रत पूजा एवं माघ मेला सञ्चालन तथा व्यवस्थापनको लागि यस वर्ष नयाँ समिति गठन भईसकेको र यही पौष २५ गते साधारण सभा गरी निवर्तमान समितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गर्ने कार्य हुने भएको छ ।
त्यसपछि बस्ने नयाँ कार्य समितिको बैठक र सर्वपक्षीय भेला तथा छलफलबाट माघ मेला सञ्चालनको लागि ठोस पहल गर्नेछ ।
तर साँखुमा मेला सञ्चालनको लागि आवश्यक तयारी भने सुरु गरिएको छ ।
माधवनारायण व्रत तथा मेला सञ्चालनको लागि साँवागणले समेत आफ्नो आन्तरिक तयारी सुरु गरिसकेको छ ।
यस अघि निवर्तमान समितिका महासचिव एलपी श्रेष्ठले भनेको भनि विभिन्न पत्रपत्रिकामा सार्वजनिक भएको विषयमा उहाँले मेला सञ्चालनको तयारी भईरहेको अवस्थामा “माघ मेला सञ्चालन नहुने” भनि प्रकाशित समाचार प्रति आपत्ति जनाउँदै यस वर्षको मेला सञ्चालन गर्नको लागि आगामी पौष २५ गते पद हस्तान्तरण भईसकेपछि कार्य प्रारम्भ हुने बताउनुभएको छ ।


Post a Comment

0 Comments