रोटरी क्लब अफ साँखुको पदस्थापन कार्यक्रम



लावण्य/साँखु । रोटरी क्लब अफ साँखुका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ तथा पदाधिकारीहरुको पदस्थापन कार्यक्रम यही भाद्र ४ गते सम्पन्न भएको छ ।

त्यसैगरी रोट्रायक क्लब अफ साँखुका अध्यक्ष पलिस्था श्रेष्ठ एवं पदाधिकारीहरुको पदस्थापन कार्यक्रम पनि सोही समारोहमा गरिएको थियो ।

दुवै अध्यक्षहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण निवर्तमान अध्यक्ष बबिन राज श्रेष्ठ र दिपक दुलालले गराउनुभएको थियो ।

पदाधिकारीहरुलाई अध्यक्ष द्वयले शपथ ग्रहण गराउनुभएको थियो । सो कार्यक्रममा रोटरी क्लबका संस्थापक अध्यक्ष महेन्द्रलाल श्रेष्ठ एवं निवर्तमान अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments