भारतमा करिब १ हजार भन्दा बढीको ज्यान जाने गरि स्वाईन फ्लूको आतंक फैलिएपछि नेपालमा पनि यो रोग सर्न सक्ने आँकलन गरिएको थियो । त्यसै अनुरुप नेपालले केही पूर्व तयारी गरेकै थियो । तर पनि अहिलेसम्म स्वाईन फ्लूकै कारण तीनजना विरामी नेपालमा पनि मरिसकेको छ ।
यस्तो अवस्थामा सर्वसाधारणलाई त्रास हुनु स्वाभाविकै हो । तर कुनै पनि चिकित्सकले आवश्यक सल्लाह नदिई चुप लागेर बसेको देख्दा चिकित्सकहरु पनि यसबाट बच्न सल्लाह दिनुपर्ने दायित्वबाट मात्र चुकेको नभई उनीहरुले गम्भीर गल्ती गरेको मान्नै पर्दछ । अधिकांश हस्पिटलहरुमा रुघा खोकीका विरामीले भरिन थाल्दा पनि विशेषज्ञ डाक्टरहरुले सही कुरा नभन्नु दुःख लाग्दो कुरा हो ।
हुनतः सुन्दरमणि दिक्षित लगायत केही डाक्टरहरुले दुई चार चक्की औषधी खाएपछि निको हुने स्वाईन फ्लूबाट डराउन नपर्ने तर सजग हुनुपर्ने बताएका छन् । साथै उनीहरुले जुन ढंगले स्वाइन फ्लूको सन्त्रास फैलाएको छ । सो आवश्यक नभएको धारणा समेत उनीहरुको रहेको छ ।
त्यसैगरि नेपाल र भारतमा प्रभावित भएको हात्तीपाईले रोग फाईलेरियाको औषधी खाने प्रतिशत समेत गाउँमा भन्दा सहर र राजधानीमै कम हुनु आश्चर्यजनक रहेको छ । सरकार हात्तीपाईले रोगको औषधी खुवाउन असफल भएको देखिन्छ ।
राजधानीका महँगा हस्पिटल र रिसर्च सेन्टरका डाक्टरहरुले आफ्नो न्युनतम चिकित्सकीय धर्म समेत ननिभाएकोमा केही बुद्धिजीवीले चिन्ता र आश्चर्य प्रकट समेत गरेका छन् ।
जे जस्तो भएतापनि प्रमुख रुपमा महँगा हस्पिटलहरुमा सबैको पहुँच नहुने भएकोले आम सर्वसाधारणको अनिवार्य रुपमा स्वास्थ्य विमा गरिएमा कसैलाई पनि औषधोपचार नगरि मर्न पर्दैन । अनि मृगौला फेल र मुटु रोग लागेको भन्दै मागेर गुजारा गर्ने प्रथा पनि स्वतः हटेर जान्छ । यतातर्फ सम्बन्धित मन्त्रालय, विभाग तथा प्रमुख दलका नेताहरुको ध्यान आकृष्ट हुन जरुरी रहेको छ ।
0 Comments
Thanks for your concerns