लावण्य /साँखु । गए रातिको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु नजिक बुल्कोटे भाेटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिका कारण ६ जना सम्पर्क बिहिन र १५ घर क्षति भएको स्थानीयले बताएका छन् ।
अरनिको राजमार्गको खाकदल देखि माथी दर्जनौं स्थानमा अरनिको राजमार्ग अब रुध्द भएकाले उध्दा रका लागी सेना तथा प्र’हरीहरुलाइ घ’टना स्थल पुग्न कठिनाइ भइरहेको वताइएको छ ।
बर्षका कारण स्थानीय ठाडो खोलाहरुबाट आएको बाढिका कारण भोटेकोशी नदिको बहाब अत्याधिक बढेकाले कोश आस पासका बजार तथा बस्तीहरुलाइ लाइ सचेत र सुरक्षी त रहन आग्रह गरिएको छ । घटनाको पूर्ण बिबरण संक लन हुँदै गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
#pnpkhabar
याे पनि समाचार
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिले सम्म २ जनाको श व भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।
बाह्र`बिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेका जिल्ला प्रहरी कार्यालय सिन्धु`पाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको श व फेला परेको छ । अरु तीन जना घा`इते भएका छन् ।
त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडो खोलामा आएको बाढीले कच्ची र पक्की गरी २० वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।
त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उनले बताए ।
घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।.राती करिव १२ बजे बाढी कारण आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ ।


0 Comments
Thanks for your concerns