समाजका घुमाउरा विभेद


समसामयिक विचार

– आनन्द रम्तेल
टाढाको विद्यालय भएकोले बिहानै तीनजना साथिहरु विद्यालय तिर लागे । बाटोमा काले नाम गरेको साथिले भन्यो–साथिहरु हामी तीनजना एकै साथ भर्ना भएको हो तर गुलियो मन पराउने सरले मेरो नाम सबैभन्दा पछाडि पारिदिनुभएछ किन होला ? अर्को साथिले भन्यो, हो त मेरो पछि तिम्रो नाम थियो मैले पनि सोध्न लागेको थिएँ भन्यो । त्यसपछि तेस्रो साथिले भन्यो हामी तीनैजनालाई थाहा भएन त्यसैले म घरमा गएर आमालाई सोधेर तिमीहरुलाई भन्छु भन्यो ।
साथिहरुले हुन्छ हुन्छ भनेर विद्यालयमा पुगे । बेलुका छोराले आमालाई  सोध्यो, मेरो साथि कालेको नाम अगाडि नै थियो तर सरले पुछारमा राखिदिनुभएछ किन होला ? हजृुरलाई थाहा छ । आमाले भन्नुभयो– हो र त्यसो भए गुलियो मनपराउने सरले होला । हो आमा भन्यो छोराले । त्यसपछि आमाले भन्नुभयो त्यसो त गर्न नै नहुने हो तर आजसम्म पनि समाजमा घुमाउरा विभेद गरिनै रहेका छन्, तर विद्यालयमा मात्र होईन कालेको आमा वडा सदस्य हो तर वडा कार्यालयमा, नगरपालिकामा, टोल सुधार समितिमा उपभोक्ता समितिमा, जहाँ जहाँ उनीहरुको सहभागिता हुन्छ त्यहाँ त्यहाँ पुछारमा नै नाम झुण्ड्याईदिएको हुन्छ भन्नुभयो । त्यसो त आजको कुरा पनि सुनाउँछु आज उपभोक्ता समिति गठन गर्न भेला भएको थियो, भेलामा कालेको अंकल आएर भने, म उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्छु भने । त्यसपछि ठूला घरे बा ले भने तिमी दलित भएर यसो भन्छौ भने, त्यसपछि अंकलले भने किन र दलितलाई अध्यक्ष बनाउनु हुँदैन र त्यसपछि बाले भने हुनत हुन्छ तर तिमी दलितको नाम मुनि हाम्रो नाम लेखाएको रेकर्ड नै छैन भने त्यसपछि अंकलले भने ए त्यसो पो हो आज थाहा पाएँ ठूला घरे बा कति महान हुनुहुँदो रहेछ भनेर भने अनि घरतिर लागे ।
आमाले भनेको कुरा ध्यान दिएर सुन्यो र आमालाई भन्यो म भोलि साथिहरुलाई सुनाउँछु, भोलिपल्ट बिहान तीनैजना भेला भएर विद्यालय तिर लागे बाटोमा साथिहरुले सोधे हिजोको कुरा के रहेछ त ! आमालाई सोधेर आयौ भने त्यसपछि आमाले सबै भन्नुभयो । अब म सुनाउँछु भन्दै आमाले भनेका कुरा सबै सुनायो । त्यसपछि अर्को साथिले भन्यो हाम्रा पुर्खाले गरेको विभेदलाई हामीले अन्त्य गर्नुपर्छ ।
त्यसपछि कालेले भन्यो हो साथिहरु म पनि धेरै पढेर बुझेर सरलाई सोध्छु तपाइँ कहिले परिवर्तन हुनुहुन्छ सर ? भनेर !
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments