लावण्य/साँखु । भाग्योदय क्याम्पसका प्राध्यापक एवं भाग्योदय माध्यमिक विद्यालयका पूर्व शिक्षक श्रीराम श्रेष्ठका ममतामयी माता दुर्गादेवी श्रेष्ठको ७७ वर्षको उमेरमा यही असोज ३० गते निधन भएको छ ।
उहाँका चार छोराहरु र एक छोरी छन् । छाेराहरू श्रीराम, जयराम, राजाराम र सिताराम हुनुुुुुुुहुन्छ भने एकमात्र छाेरी करूणा श्रेष्ठ हुनुहुन्छ ।
उहाँलाई केही दिन अगाडि घरमै असजिलो महसुस भएपछि अस्पताल लगिएको थियो । त्यसक्रममा उहाँको सबैभन्दा पहिले पिपुल्स लाईफ केयर अस्पतालमा त्यसपछि सुषमा मेमोरियल अस्पतालमा, त्यसपछि खाङ्ग्री अस्पताल जोरपाटीमा उपचार गरिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको थियो ।
उहाँ नेपाली काँगे्रस क्षेत्र नं. २ का कोषाध्यक्ष संगिता श्रेष्ठका सासुआमा हुनुहुन्छ ।

0 Comments
Thanks for your concerns