चिया गफ— हाम्रो न्याय।

   राजु थापा खुलालटार

  आज म चिया पसलमा अलि ढिला पुगेँ।
एकजना भन्दै गरेका रहेछन-मान कि नमान, अब म जेठान; भने जस्तो फैसला गरे हाम्रो प्रन्याधिशले।

 सबै जना हा .. हा.. गरेर हलल्ल हॉसे।
 एकजनाले अलि प्रष्ट गरन भने।

  जेठान हुन लाई त बिधि र प्रकृया खोज्द छ समाजले भने , न्यायको फैसला जबर्जस्ति गरने?

 अर्को एकजना जंगिए- न्याएलाई पैसा संग साट्ने भएपछी अब किन कानुन बनाई रहन पर्यो? पैसा मात्र बनाए भै हाल्छ नि!!

 बिचमा धेरैले धेरै कुरा भन्न भ्याए। म चॉहि कानुनको बिद्यार्थि भएकाले केहि बोलिन। किन भने कानुन पढ्नेहरू सबै लाई एउटै नरले हेर्लान र बिथ्थामा गफ म तर्फ आईलाग्ला भनेर।

  सोच्न त मैले पनि सोचें- बिगत केहि बर्षदेखि हाम्रो न्याय केहि खलबलिएको छ, न्याय कानुन सम्मत नभएर तर्कसम्मत छन। हाम्रा न्यायहरूको असन्तोष सडक सम्म पूग्नु हुदैन, चियागफहरूमा गफिने खालको हुनुहुदैन, त्यसो भयो भने कानुनब्यबसाय कसरि गर्ने? न्यायको ढोका कसरी खुल्ला राख्ने?

Post a Comment

0 Comments